Aawaj Nepal
Aawaj Nepal

बेहुलाले रक्सी खाएपछि बिहे रद्द !


आवाजनेपाल, २०७५ फाल्गुन २८ मंगलबार


बेहुलाले रक्सी खाएपछि बिहे रद्द !

बिहार । भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् ।

रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्नेगरी तय भएको थियो ।

बेहुलीका बाबु त्रिभुवन साहले भने ‘बेहुला यति धेरै मदिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगें भन्ने समेत पत्तो हुँदो रहेनछ । बिहे मण्डपमै उनले अभद्र व्यवहार देखाए, त्यसपछि छोरीले बिहे गर्न मानिनन् ।’

नातेदारहरुका अनुसार, बिहे मण्डपमा पनि बेहुला उभिन सक्ने अवस्थामै थिएनन् । बिहेका अरु संस्कार पनि उनी ठीकसँग गर्न सकिरहेका थिएनन् । त्यही भएर, बेहुलीले मण्डप छाडेर भागिन् ।

दुबै परिवारले बिहेका लागि कुमारीलाई राजी गराउने प्रयत्न गरेका थिए तर उनी सहमत भइनन् ।

अन्त्यमा, गाउँलेहरुले केटा पक्षले लिएको सबै दाइजो फिर्ता नगरेसम्म केटालाई उसको घर जान दिएका थिएनन् ।

भारतका बिहार र उत्तर प्रदेशका ग्रामीण इलाकामा बर्सेनि अवैध मदिरा सेवनबाट मानिसहरुको मृत्यु समेत हुने गरेको छ ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180