Aawaj Nepal
Aawaj Nepal

vaइथियोपिया विमान दुर्घटना : दुई मिनेट ढिला हुँदा फ्लाइट छुट्यो, ज्यान बचेपछि लेखे – म भाग्यमानी


आवाजनेपाल, २०७५ फाल्गुन २७ सोमबार


इथियोपियामा आइतबार भएको विमान दुर्घटनामा १ सय ५७ जनाको मृत्यु भएको छ । उक्त विमानमा ३५ देशका नागरिक सवार थिए ।

यद्यपि, ग्रीसका एन्टोनिया मावरोपोउलोस भने दुई मिनेटले गर्दा भाग्यमानी साबित भए । ढिला भएको कारण उनी प्रस्थान कक्षसम्म जान पाएनन् र फ्लाइट छुट्यो । यसले उनको ज्यान जोगियो ।

उनले यस विषयमा सुरक्षा गार्डसँग विवाद पनि गरे । पछि जब विमान दुर्घटना भएको खबर आयो उनले फेसबुकमा लेखे – आज मेरो भाग्यशाली दिन थियो ।

एथेन्स न्यूज एजेन्सीका अनुसार एन्टोनिस एक गैर सरकारी संस्था इन्टरनेशनल सलिड वेस्ट म्यानेजमेन्टका अध्यक्ष हुन् । उनलाई नैरोबीमा संयुक्त राष्ट्रसंघको पर्यावरण कार्यक्रममा जानु थियो । यसका लागि उनले आइतबारको इटी ३०२ फ्लाइट बुक गरेका थिए ।

यद्यपि, विमानस्थल पुगेर प्रस्थान कक्षसम्म पुग्न उनलाई दुई मिनेट ढिलो भयो । जसको कारण उनी विमानमा सवार नै हुन पाएनन् ।

फेसबुक पोष्टमा एन्टोनिसले लेखेका छन् – शुरुमा म निकै आक्रोशित थिए किनभने प्रस्थानकक्षसम्म पुग्न कसैले मलाई मद्दत गरेनन् ।

उनले पोष्टमा टिकटको फोटो राख्दै लेखेका छन्, ‘आज मेरो भाग्यशाली दिन थियो ।’

एन्टोनिसले विमान छुटेपछि कार्यक्रममा जान अर्को विमानमा टिकट बुक गरेका थिए । तर, सुरक्षाकर्मीले उनलाई विमानस्थलको प्रहरी कार्यालय लगे र विमान दुर्घटना भएको जानकारी दिए ।

त्यसपछि प्रहरीले एन्टोनिससँग सोधपुछ पनि गरेका थिए किनभने यात्रुहरु मध्यै एन्टोनिसको मात्र एक्ला यात्रु थिए जसको फ्लाइट छुटेको थियो ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180