Aawaj Nepal
Aawaj Nepal

यी हुन् दुनियाकै अनौठा केही विश्व कीर्तिमान


आवाजनेपाल, २०७५ फाल्गुन २७ सोमबार


यी हुन् दुनियाकै अनौठा केही विश्व कीर्तिमान

गिनिज बुकमा आफ्नो नाम दर्ज गर्नका लागि मानिसहरु के के सम्म गर्न पछि पर्दैनन् ! रेकर्ड कायम गर्नका लागि वर्षौँसम्मको मिहिनेत तथा अभ्यास र त्यागको फल प्राप्त गरेर गिनिज बुकमा नाम चढाएसँगै मानिसहरु रातारात चर्चित हुन्छन् ।

बितेको वर्ष सन् २०१८ मा पनि केही त्यस्ता कीर्तिमानहरु गिनिज बुकमा दर्ज भए । तीमध्ये केही यस्ता छन्ः

– विश्वमा सबैभन्दा लामा खुट्टा भएकी महिलाको कीर्तिमान रुसकी एकातेरिना लिसिनाले कायम गरेकी छिन् ।

उनको बायाँ खुट्टा १३२.८ सेमी र दायाँ खुट्टा १३२.२ सेमी लामो छ । अनौठो त के भने उनको घरका सबै सदस्यको उचाई ६ फिटभन्दा धेरै छ ।

– चीनकी यु जियांक्सिया विश्वमा सबैभन्दा लामो परेला भएकी व्यक्ति हुन् । उनको बायाँ आँखाका परेलाको लम्बाई १२.४० सेमी छ ।

गिनिज बुकमा दर्ज भएपश्चात् पनि उनका परेलाको लम्बाई लगातार बढिरहेको छ ।

– अमेरिकाकी आयना विलियम्स विश्वका सबैभन्दा लामो नङ भएकी महिला हुन् । उनको सबैभन्दा लामो नङ १०.९ इन्चको रहेको छ । जुन विश्व कीर्तिमान हो ।

– अमेरिकाको कोलोराडोका हन्टर इभन नामका व्यक्तिले लगातार ९ सय १० वटा बेलुन फुलाएर विश्व कीर्तिमान कायम गरे ।

– अमेरिकाकै लस एन्जल्सका बेनी हार्लेमको कपालको जुरो सबैभन्दा लामो छ । उनको कपाल जुरोको उचाई ५२ सेन्टीमिटर रहेको छ ।

– विश्वका सबैभन्दा होचो जोडी पालो ग्याब्रियल र सिल्भा बारास हुन् । उनीहरु दुबैको जिउको उचाई जम्मा १८१.४१ सेमी रहेको छ । उनीहरुको सन् २०१६ को डिसेम्बरमा बिहे भएको थियो ।

– अमेरिकाको मिसिगनमा रहेको एउटा बिरालो ४८.४ सेमी लामो छ। उक्त बिरालो विश्वकै सबैभन्दा लामो बिरालो हो ।

– बेल्जियमका इन्जिनियर जेफ पिटर्सले विश्वको सबैभन्दा गह्रौँ साइकल बनाएका छन् । उक्त साइकलको तौल ८६० किलो रहेको छ ।

– अमेरिकाका जिम एरिंगटन विश्वका सबैभन्दा बुढा बडी बिल्डर हुन् । उनको उमेर ८४ वर्ष रहेको छ । उनी पछिल्लो ७० वर्षदेखि बडी बिल्डिङ्ग प्रतियोगितामा सहभागी हुँदै आएका छन् ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180