Aawaj Nepal
Aawaj Nepal

त्रिवि समाजशास्त्रका अध्यापकद्वारा छात्राहरुमाथि वर्षौ देखि यौन दुर्व्यवहार


आवाज नेपाल, २०७५ फाल्गुन २७ सोमबार


त्रिवि समाजशास्त्रका अध्यापकद्वारा छात्राहरुमाथि वर्षौ देखि यौन दुर्व्यवहार

करिब तीन वर्षअघि विश्वविद्यालयको निर्धारित समयसीमाअगावै आफ्नो स्नातकोत्तरको शोधपत्र (थेसिस) सक्नका लागि पूजालाई हम्मेहम्मे परिरहेको थियो । शनिबार एकदिनमात्र आफूले पूर्णकालीनरुपमा काम गर्ने गैरसरकारी संस्थामा छुट्टि हुने र सोहि दिन शिक्षक कृष्ण बहादुर भट्टचनले धोबिघाटस्थित उनको निजी निवासमा पूजाको शोधपत्रको ‘सुपरिवेक्षण’ गर्ने प्रस्ताव पूजालाई स्विकार्य नहुने कुरै रहेन ।

तथापी, उनको यो खुसी धेरै समय टिक्न सकेन । उनको त्रास र बेचैनीको पारो तब क्रमिकरुपमा बढ्न थाल्यो जब शिक्षकको घरको बैठक कोठाको सोफामा बसेर शोधपत्रमा काम गरिरकी उनको पिठ्युँ र तिघ्रामा भट्टचनको र्औलाहरु सलबलाइउन थाले ।

“म उहाँलाई मेरो अभिभावकलाई झैँ सम्मान गर्थेँ । त्यसैले सुरुसुरुका दिनहरुमा उहाँ मसँग टाँसिएर बस्नुहुँदा वा मलाई अँगालोमा बाँध्नु हुँदा त्यति वास्ता नगरी बस्थे,” किर्तिपुर निवासी २७ वर्षे पूजा भन्छिन् ।

तर केहि हप्ताहरु बितिसक्दा पनि भट्टचनको यौन दुर्व्यवहार कायमै रहेपश्चात पूजाले सिधै उनको प्रतिकार गरेको बताइन् । “सर, तपाईको क्रियाकलापले मलाई अप्ठेरो भइरहेको छ । हामी कृपया मेरो थेसिममाथिमात्र ध्यान दिउँ कि ?” पूजाले अध्यापक भट्टचनलाई भनेको सम्झन्छिन् ।

सन् २०१५ मा भट्टचनले आफ्नो थेसिसमाथि सुपरिवेक्षण गर्न सहमत भएपछि कृपा निकै हर्षित र उत्साहित थिइन् । अन्य सबै विद्याथीहरुले झै उनीपनि आफ्नो शोधमाथि छलफल गर्न भट्टचनको घरमा पुगिन् । र छलफलको यहि भेटघाटको क्रममा भट्टचनले बिस्तारै उनको शरीर छाम्न थालेको कृपा बताउँछिन् । शिक्षकको हर्कतको कारण उनले यति निरिह बनिन् कि केहि हप्तापछि उनले आफ्नो साथीलाई आफूसँगै लिएर जानुपरेको कृपा सम्झिन्छिन् ।

अर्की छात्रा स्मृतीको कथा पनि उस्तै नै छ । विश्वविद्यालयको अध्ययन सकेको तीन वर्षपछि नेपाली महिला, समाज र राजनीतिबारे सन्दर्भ सामाग्री उपलब्ध गराउने बहानामा भट्टचनले स्मृतीको साथीलाई ती पाठ्य सामाग्रीहरुभित्र पेन ड्राइभमा “विशेष सामाग्री” नामक फोल्डर बनाएर द बेष्ट ओरल सेक्स एभर – हर गाइड टु गो डाउन् र सि कम्स् फ्रस्टः द थिङ्कि¨ म्यान्स गाइड टु प्लेजरिङ वोमन जस्ता पुस्तकको विद्युतीय संस्करण उपलब्ध गराएका थिए । यी पुस्तकको विषयवस्तु पाठ्य सामाग्रीसँग सम्बन्धित थिएन ।

“विश्वविद्यालयको थेसिस सक्नैपर्ने हुनाले हामी बास्तवमै चिन्तित थियौं र सो कुरा बाहिर ल्याएर त्यस्तो ठूलो मान्छेसँगको सम्बन्ध बिगार्ने हाम्रो हैसियत थिएन,” हामीसँगको अन्तर्वाताको क्रममा पूजाले भनिन् ।

माथि उल्लेखित तीनजना भूतपूर्व विद्यार्थी तथा उनीहरुका साथीहरु, जसको थेसिसमा भट्टचनले सुपरिवेक्षकको रुपमा भूमिका निभाएका थिए, सँगको अन्तर्वाताको आधारमा काठमाडौं पोष्टले गरेको अनुसन्धानको क्रममा त्रिवि समाजशास्त्रका यी ६५ वर्षे अध्यापकमाथि बिगत धेरैदेखि लुकेर बसेको यौन उत्पीडनाको आरोप सतहमा आएको छ । तीन महिना अघि रेकर्डमा प्रकाशित लेखमार्फत दुई जना महिलाहरु, मनिषा लम्साल र निशा शाहले नाम नखुलाई यौन प्रताडनको आरोप लगाएको व्यक्ति अरु कोहि नभएर यिनै भट्टचन भएको समेत पुष्टि हामीले गरेका छौ । त्यो लेख आएको केहि हप्तापछि कान्तिपुर दैनिकमा एक संयुक्त लेखमार्फत मनिषा लम्साल र निशा शाहले कहि कतै नाम उल्लेख नगरी त्रिविका एक अध्यापकले कसरी आफूहरुलाई अनुपयुक्त ढंगबाट छोएको, अंगालो हालेको र आफूहरुप्रति लक्षित अशोभनिय यौनिक अभिव्यक्ति बोलेको लगायतको विवरण खुलाइ एक लेख प्रकाशित गराएका थिए । उनीहरुको सो लेख समाजिक संजालमा ब्यापकरुपमा सेयर भएको थियो ।

यस पत्रिकाले सत्यतथ्य घटनालाई बाहिर ल्याउनका लागि अन्तर्वार्ता गरेको माथि उल्लेखित तीनजना भूतपूर्व विद्यार्थी तथा उनीहरुका साथीहरुको गोपनीयताको लागि तथा भविष्यमा हुनसक्ने आक्रमण वा बेइज्जतीलाई निवारण गर्नका लागि उनीहरुको वास्तविक नाम कहिँकतै प्रयोग गरिएको छैन । माथि उल्लेखित तीनजनासहित हामीले अन्तर्वाता लिएका सबै विद्यार्थीहरुले यदि उनीहरुको नाम सार्वजनिक भएमा भट्टचनको ‘प्रतिष्ठा’ तथा ‘माथिल्लो पहुँचको कारण’ आफ्नो करियरमा क्षति पुग्ने चिन्ता व्यक्त गरेका थिए ।

“उहाँ यति प्रतिष्ठित हुनुहुन्छ कि मानिसहरुले हाम्रोभन्दा पनि उहाँकै पक्ष लिनेछन् । फेरी घटना भएको यत्तिका वर्षपछि सोबारे बोलेकाले मानिहरुले उल्टै हामीमाथि औंला उठाउन सक्दछन्,” कृपा आफ्नो चिन्ता यसरी व्यक्त गर्छिन्, “यस्तो प्रतिकुल परिस्थितीको सामना गर्न म तयार छैन ।”

सन् २०१५ मा आफ्नो सेवाबाट अवकास पाएका भट्टचनले निवृत्त हुनुअघि सुपरिवेक्षण गरिरहेको थेसिसको कामलाई निरन्तरता दिइरहे ।

काठमाडौं पोस्ट्मा यो समाचार प्रकाशित भएपछि कृष्ण बहादुर भट्टचनले यी आरोपहरु निराधार भन्दै यहि प्रकाशनको सम्पादकलाई चिट्ठी पठाएका थिए। सो चिठ्ठीमा उनले यी आरोपहरुको खण्डन गर्दै आफू संलग्न भएको आदिवासी जनजाति आन्दोलनमाथि प्रहार गर्ने प्रयत्न यो समाचारबाट भएको दाबी गरेका छन्। त्यसको केहि हप्तापछि बेलायत-नेपाल प्रज्ञा प्ररिषदले “त्रिभुवन विश्वविद्यालयका एकजना सेवानिवृत्त प्राज्ञको विरुद्धमा यौन दुर्व्यवहार र दुराचरण गरेको भनि लागेको आरोपको बारेमा हालसम्म कुनै छानबिन नभएकोमा र विश्वविद्यालयभित्र यस्तो विषयको कारबाही गर्ने उचित प्रक्रियाको व्यवस्था नभएकोमा” चिन्ता व्यक्त गर्दै विज्ञप्ति जारी गर्यो। र यहि महिना त्रिभुवन विश्वविद्यालयमा लैंगिक हिंसा र दुर्व्यवहार अन्त्यको लागि संस्थागत संयन्त्रको आवश्यकताबारे अन्तरक्रिया कार्यक्रमको आयोजनासमेत भयो ।

पोष्टसँगको अन्तर्वातामा भट्टचनले आफूमाथिको आरोपलाई गलत र आधारविहिन भन्दै अस्विकार गरे । भने उनीमाथि यौन शोषणको अभियोग लगाउँदै भूतपूर्व विद्यार्थीहरुले लेखेको लेखप्रति उनले अनविज्ञता समेत प्रकट गरे ।

“म अचम्ममा परेको छु,” उनले टेलिफोनमार्फत भने, “यसभन्दा अघि मैले यस्तो कहिल्यै सुनेको थिइन ।”

“अध्ययन गर्नको लागि मसँग प्रशस्त सामाग्रीहरु छन् । मानिसले लेखेका वा छपाएका हरेक सामाग्री पढेर बस्ने फुर्सद मसँग छैन,” उनी भन्छन्, “कहिलेकाही तपाईले मान्छे चिनेको हुनसक्छ तर उनीहरुको अनुहार वा नाम नसम्झन पनि सक्नुहुन्छ । मैले हजारौं विद्यार्थीहरुको थेसिसमा सुपरिवेक्षकको रुपमा काम गरेको छु ।”

पोष्टले हासिल गरेको लम्साल र शाहको थेसिममा विश्वविद्यालयका अन्य तीनजना पदाधिकारी सहित भट्टचनको पनि नाम ‘थेसिस सुपरभाइजर’को रुपमा उल्लेख भएको छ ।

पोष्टसँग कुरा गर्ने तीनै जना छात्राहरुले भट्टचनले आफूहरुमाथिको अनिक्षित यौन व्यवहारको क्रियालाई कम गर्नु साटो झन् बढाएकाले मौनता तोड्नु परेको बताए ।

उनीहरुका अनुसार शिक्षकको व्यवहारले आफूहरुलाई अप्ठोरोमा पारेको गुनासो गर्दा भट्टचनले माफी माग्नुको सट्टा उल्टै आफ्नो व्यवहारको बचाव गर्न खोजेका थिए ।

“अनि के भयो त ? तिम्रो माया लागेर पो मैले यसो गरेको त,” उनका अनुसार उनको प्रतिकारपछि भट्टचनले यस्तो जवाफ दिएका थिए, जसको कारण केहि नभएको झैँ गरी उनले आफ्नो थेसिसको काम सक्नतिर लागेकी थिइन् । र अर्को शनिबार भट्टचनले फेरी उनको शरीर सुम्सुम्याउन थालेका थिए ।

कुकृत्यबारे बारम्बार सम्झाउँदा पनि भट्टचनले केहि नभएझैँ जस्तो व्यवहार गर्दा आफू नराम्रोसँग त्रसित भएको कृपा सम्झन्छिन्।

“सर मलाई एकदमै नराम्रो लागिरहेछ,” भट्टचनले उनको तिघ्रामाथि आफ्नो हात खेलाइरहँदा उनले एक दिन भनेकी थिइन् । सोफाबाट उठेर प्रतिकार गर्न खोज्दा भट्टचनले उनलाई भनेका थिए, “म त यस्तै पो छु त ।”

कृपाका अनुसार धेरै पटक बलजफ्ि तपूर्वक अंगालोमा कसेर भट्टचन यसो भन्दै पन्छिन खोज्दथे, “म तिमीहरुलाई आशिर्वाद दिदैंछु।”

तर भट्टचनले भने उनीमाथि लागेका सम्पूर्ण आरोपहरुको खण्डन गरेका छन् । “मैले मेरा कोहि पनि महिला विद्यार्थीहरुलाई अप्ठेरोमा पार्ने काम गरेको छैन ।,” उनी अगाडि थप्छन्, “यदि मैले साँच्चिकै त्यस्तो केहि गरेको थिएँ भने मलाई पहिले नै भनेको भए हुन्थ्यो ।”

भट्टचनको यस्तो व्यवहारबारे अनविज्ञ कक्षाकोठाका अन्य विद्यार्थीहरुको नजरमा उनी एक सम्माननीय शिक्षक थिए । आफ्नो जीवनको ३४ वर्ष अध्यापनमा बिताएका र त्रिवि समाजशास्त्र विभागका संस्थापक सदस्य भट्टचनले न्याय, अधिकार, महिला सशक्तिकरण र सिमान्तकृत समुदायप्रतिको लगाव र सम्मानका कारणा विद्यार्थीहरुको नजरमा विशेष प्रतिष्ठा कायम गरेका थिए ।

यूनिभर्सिटी अफ क्यालिफोर्नीया–बर्कलेबाट डक्टोरेट डिग्री हासिल गरेका भट्टचन निबृत्त हुनुअघिसम्म पनि आदिवासी समुदायको अधिकारको क्षेत्रमा एक प्रमुख विज्ञकोरुपमा हेरिन्थे भने सोहि विषयमा उनले अनेर्कौ राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यशालामा सोधपत्र समेत प्रस्तुत गरेका थिए । त्यसो त उनी विभिन्न टेलिभिजन कार्यक्रमहरुमा पनि अतिथीको रुपमा निरन्तर रुपमा उपस्थित हुनेगर्दथे ।

तर २८ वर्षे विनाले रेकर्डमा भट्टचनको नामै उल्लेख नगरी छापिएको लेख पढ्ने बित्तिकै उक्त पिडक भट्टचननै हो भनेर चिन्न कति पनि समय लागेन ।

त्यसो त व्यक्तिगतरुपमा विनाले कहिल्यै भट्टचनको प्रत्यक्ष यौन शोषण भोग्नुपरेन तर २०१४ देखि २०१६ सम्म उनीसँग अध्ययन गरेकी यी २८ वर्षिय यूवतीले आफ्ना किशोरी साथीहरुले भट्टचनको अश्लिल तथा अनुपयुक्त प्रतिक्रियाहरुलाई “ह्या, हुन्दे । यो मन्छे यस्तै हो” भनेर बेवास्ता गरेको बताउँछिन् ।

“तपाई जब उसको नजिक जानुहुन्छ तब तपाईले थाहा पाउनुहुन्छ, उ कस्तो मान्छे हो भनेर,” उनी भन्छिन् ।

ग्राजुएसन गरेको केहि वर्षपछि स्मृती, उनको सहपाठी र त्रिविबाटै समाजशास्त्र विषयमा ग्राजुएसन गरेका अर्को एकजना साथी, जो भट्टचनले आफूहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउने पछिल्लो तीन महिलाहरुमध्येको एक हुन्, ले विनासँग भट्टचनले स्मृतीलाई ‘के तिमी समलिंगी हौ ?’ भनेर सोधेको बताएका थिए ।

“कक्षाभित्र र बाहिर छात्राहरुको यौनिकतासँग सम्बन्धीत विषयहरुमा टिप्पणी जनाउनु भट्टचनको विभिन्न अनुपयुक्त क्रियाकलापहरुमध्ये एक थियो,” उनी भन्छिन् ।

पर्बतका ३० वर्षे अनिलले आफ्ना महिला सहपाठीहरुसँगको अन्तरक्रियाद्वारा भट्टचनको अनैतिक व्यवहारबारे थाहा पाएका थिए । “कुनै सन्दर्भबिनै भट्टचनले दोहोरो अर्थी विशेषगरी यौनिक प्रकृतिका कुराहरु गर्ने गर्दथे,” २०१५ मा स्नातकोत्तर पढाइ सकेका अनिल बिगतका कक्षाहरु सम्झँदै बताउँछन् ।

विश्वविद्यालयमा अध्ययनरत सो समयमा अनिल स्मृती तथा अन्य एक दर्जन विद्यार्थीहरुजस्तै कक्षा सकिएपछि भट्टचनसँग अन्तरक्रिया गर्ने एवं फुर्सदको समय रमाइलो गरेर सँगै बिताउने गर्दर्थे । किर्तिपुर नजिकैको चिया पसलमा भेट्नुका अलावा उनीहरु सँगै फुटसल खेल्ने, पैदल यात्रामा निस्कने वा नजिकैको प्रख्यात रेष्टुँरा लहनाका परिकारहरुसँग रमाउने गर्दथे ।

यस्तै भेटघाटको क्रममा, अनिल सम्झन्छन्, २०१६ अगष्ट महिनाको एउटा झरीको दिन भट्टचनले आफ्नो एक महिला साथीको तिघ्रामा बारंबार छोइरहेको देखे । सो दिन उनीहरु सबैजना आफ्नो शिक्षक भट्टचनको जन्मदिन मनाउन भेला भएका थिए ।

“त्यतिबेला मलाई असध्यै अप्ठेरो लागिरहेको थियो र मेरो सो महिला साथीले पनि अप्ठेरो महसुस गरेको उनको मुहारमा प्रष्टै देखिन्थ्यो,” उनी थप्छन्, “मेरो हैरानी एवं बेचैनीको कुनै सिमा थिएन । तर कुर्सीको अर्को छेउमा सर्नुबाहेक मैले त्यति बेला केहि गर्न सकिन ।”

पोष्टले सो पीडित महिलालाई स्पष्टरुपमा पहिचान गर्न सकेन तर हामीले हासिल गरेको सो जमघटको फोटो र सो समयमा त्यहाँ उपस्थित अन्य तीनजना विद्यार्थीहरुसँगको कुराकानीपछि परिवारका सदस्य तथा अन्य विद्यार्थीहरुले घेरिएका भट्टचन सोहि महिला विद्यार्थीको छेउमा बसेको तथ्यलाई पोष्टले सुनिश्चित गरेको छ ।

रेकर्ड र कान्तिपुर दैनिकमा दुईवटा लेखहरु प्रकाशित भएपछि कैंयौ विद्यार्थीहरु (जोसँग पोष्टले कुराकानी गर्यो) भट्टचनको कुकृत्यको कुराबारे खासखुस भएपश्चात समाजशास्त्र विभाग र विश्वविद्यालयका अधिकारीहरुले उनीमाथि कस्तो कारबाही तोक्छन् भनेर हेर्न पर्खिरहेको बताए । तर पोष्टसँगको कुराकानीको क्रममा अभियोग लगाउने महिलाहरुले उजुरी दर्ता नगर्दासम्म विश्वविद्यालयले केहि गर्न नसक्ने अधिकारीहरुले बताए ।

“यदि हामीसमक्ष उजुरी लिएर आएमा हामी उनीहरुको विषयलाई सम्बोधन गर्नेछौ ,” विश्वविद्यालयका उपकुलपती तीर्थ राज खनिया बताउँछन्, “मिडियामा जानुअघि हामीसमक्ष उनीहरुले कुरा राख्नुपथ्र्यो ।”

गएको महिना पोष्टसँगको अन्तर्वार्तामा विश्वविद्यालयका अधिकारीहरुले समाजशास्त्रअन्तर्गत छात्राहरुले बताएजस्तो घटनाहरु भएकोप्रति आफूहरु जानकार नरहेको बताए ।

उपकुलपती खानियाका अनुसार यौन दुर्व्यवहारको घटनाहरु नियमन गर्नका लागि विश्वविद्यालयभित्र कुनै स्वत्रन्त शंयन्त्र नभएता पनि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले यी र यस्ता अन्य सामान्य उजुरीहरु हेर्ने गर्दछ ।

आफू मातहतको कर्मचारीको यौन दुराचारबारेको समाचार बाहिर आइसक्दा पनि विश्वविद्यालयको समाजशास्त्र विभागद्धारा हालसम्म कुनै पनि बक्तव्य बाहिर आएको छैन । तर विभाग प्रमुख डा. तुलसी राम पाण्डले आफ्ना सहकर्मी अध्यापक तथा विद्यार्थीहरुसँग सो घटनाबारे छलफल भइरहेको बताए ।

“यदि विद्यार्थीहरु हामीसमक्ष आएमा सो शिक्षक को हुन् भनेर पहिचान गर्न हामीलाई कुनै समस्या छैन,” पाण्डे भन्छन् ।

विश्वविद्यालयका संकाय सदस्यहरुले कार्यालयमा कार्यस्थल र प्राज्ञहरुका लागि विभिन्न सुविधाहरुको अभावका कारण अध्यपकहरुले बाहिर अनौपचारिक स्थानकहरुमा अनौपचारिक रुपमा शोधपत्रको सुपरिवेक्षण गर्नुपर्ने बाध्यता रहेको औंल्याए ।

“यसले विशेषगरी छात्राहरुलाई शोषणको जोखिममा पारेको छ,” सन् २०११ मा पाटन क्याम्पस्मा पूर्णकालीन अध्यापकको रुपमा प्रवेश गरेकी नीति अर्याल खनाल भन्छिन् । हाल अष्ट्रेलियामा डक्टरेटको अनुसन्धान गरिरहेकी उनले देशको सबैभन्दा पुरानो विश्वविद्यालयले पीडकमाथि कारबाहिको प्रक्रिया सुरु गरी महिला विद्यार्थी एवं प्राज्ञिकहरुमाथिको यौन हिंसाका घटनालाई निवारण गर्नका लागि ब्यवसायिकताको विकासमा जोड दिन समय खर्चनु नहुने बताइन् ।

“यस्तो संवेदनशिल घटनाबारे सार्वजनिकरुपमा बोल्ने विद्यार्थीहरुलार्ई मेरो पूर्ण समर्थन छ र म उनीहरुलाई सम्पूर्णरुपमा विश्वास गर्छु,” उनी बताउछिन् ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180