Aawaj Nepal
Aawaj Nepal

‘मिस नेपाल २०१९’मा लिभन वाइल्डकार्ड डाइरेक्ट इन्ट्री


आवाजनेपाल, २०७५ फाल्गुन २६ आइतबार


‘मिस नेपाल २०१९’मा लिभन वाइल्डकार्ड डाइरेक्ट इन्ट्री

काठमाडौं–लिभनले हिडन ट्रेजर मिस नेपाल २०१९ सँग हातेमालो गर्दै दोस्रो वर्षको लागि पनि सहकार्य गरेको छ ।

चर्चित सौन्दर्य प्रतियोगिताले यस वर्ष २५ औं वार्षिकोत्सव अर्थात् रजत महोत्सव मनाउँदैछ । लिभनले पनि देशमा आफ्नो यात्रालाई अघि बढाउँदै गैरहेको छ र हालैमात्र नेपालमा यसले आफ्नो प्रसिद्ध उत्पादनहरु माझ स्याम्पू र कण्डिसनरको शृँखला पेश गरेको छ ।

यसरी दोस्रो वर्ष पनि निरन्तर सहकार्य गर्नु नेपालका युवती एवं केही गर्ने चाहना बोकेका नारीहरु माझ विश्वासिलो तयारी साझेदार बन्ने लिभनको प्रतिबद्धता छ । ‘लिभन वाइल्ड कार्ड’ हालैमात्र आरम्भ गरिएको नयाँ लाइफस्टाइल एप् लिभअन मार्फत् मिस नेपाल २०१९ मा सिधै प्रवेश पाइने जानकारी दिएको छ ।

यसले आजका नयाँ पुस्ताका नारीहरुलाई मिस नेपाल २०१९ मा छिटो, सजिलो र प्रविधिमैत्री आवेदन पेश गर्न सहजता प्रदान गर्नेछ । छनौट चरणमा सहभागी हुन छुटाएपनि उनीहरुले लिभन लाइफ एप्को सहारा लिएर सजिलै आवेदन दिन र सहभागी बन्न सक्नेछन् ।

सहभागीहरु मध्ये एक जनाले मिस नेपालको फाइनलिस्टहरु मध्ये एकमा पर्न सफल हुनेछ । प्रतियोगितामा उनीहरु विश्वको जुनकुनै स्थानबाट पनि सहभागी हुन सक्नेछन् । मिस नेपाल २०१९ को घोषणाको अवसरलाई मध्यनजर राखेर लिभनले नवयुवती र ट्रेन्डी नेपाली नारीहरुका लागि आफ्नै किसिमको जीवनशैली एप “लिभन लाइफ” पनि प्रस्तुत गर्ने भएको छ ।

लिभन लाइफ सबै प्रकारका सौन्दर्य, स्टाइल र फेसन सम्बद्ध विषयको लागि एउटै समाधान बिसौनी हुनेछ । एपले स्टाइल प्रति सचेत, विविध सामग्रीहरु खोज्ने, इन्टरनेटमैत्री नारीहरुलाई उनीहरुको रुचीसँग जोडिन सहयोग गर्ने विश्वास गरिएको छ ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180