Aawaj Nepal
Aawaj Nepal

मुकेश अम्बानीले छोराको विवाहअघि मुम्बईका ५० हजार पुलिसलाई पठाए मिठाइको डब्बा


आवाजनेपाल, २०७५ फाल्गुन २५ शनिबार


मुकेश अम्बानीले छोराको विवाहअघि मुम्बईका ५० हजार पुलिसलाई पठाए मिठाइको डब्बा

भारतको रिलाइन्स कम्पनीका अध्यक्ष मुकेश अम्बानीले छोरा आकाशको विवाह अघि मुम्बईका ५० हजार पुलिसलाई मिठाइको डब्बा पठाएका छन् । मुम्बईको मेट्रोपुलिसको हरेक पुलिस स्टेशनले यो मिठाईको डिब्बा पाएको छ ।

मुकेशका छोरा आकाश (२८) मार्च ९ अर्थात् आज श्लोका मेहता (२८) सँग विवाह गर्दैछन् । श्लोका हिरा व्यवसायी रसेल मेहता र मोना मेहताकी छोरी हुन् ।

एक पुलिस अधिकारीले नाम नबताउने शर्तमा पिटिआईलाई भने, ‘म पुलिस स्टेशन आएपछि मिठाइको डिब्बा पाएँ । मलाई थाहा भयो कि अम्बानी परिवारले आफ्नो छोराको विवाहको मौकामा हामीलाई यो उपहार दिएका छन् । ’

उनका अनुसार मिठाईको डब्बामा लेखिएको थियो, ‘आकाश र श्लोकाको विवाहको यो मौकामा हामीलाई तपाईंको आशिर्वाद र शुभकामनाको खाँचो छ ।’

यो सन्देश नीता–मुकेश अम्बानी, ईशा–आनन्द र अनन्तको तर्फबाट पठाइएको हो ।

दुई हजार अनाथ बालबालिका र ज्येष्ठ नागरिकलाई खान खुवाएः

मुकेश र निता अम्बानीले बुधबारदेखि विवाहको कार्यक्रम सुरु गरे । अम्बानी दम्पत्तिले दुई हजार अनाथ बच्चा र ज्येष्ठ नागरिकलाई खाना खुवाए । आकाश र श्लोकाले पनि बच्चालाई खाना खुवाए । मुकेश र निताले छोरीको ईशाको विवाह अघि पनि बालबालिका र वृद्ध–वृद्धालाई खाना खुवाएका थिए । राजस्थानको उदयुपरमा पनि ५ हजार बढीलाई खाना खुवाइएको थियो ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180