Aawaj Nepal
Aawaj Nepal

सन्दीप लामिछानेको टोली लाहोर कलन्दर्सले आज इस्लामाबाद युनाइटेडसँग प्रतिस्पर्धा गर्दै


आवाजनेपाल, २०७५ फाल्गुन २५ शनिबार


सन्दीप लामिछानेको टोली लाहोर कलन्दर्सले आज इस्लामाबाद युनाइटेडसँग प्रतिस्पर्धा गर्दै

पाकिस्तान प्रिमियर लिग (पीएसएल) अन्तर्गत नेपाली युवा स्टार सन्दीप लामिछानेको टोली लाहोर कलन्दर्सले आज इस्लामाबाद युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयअनुसार बेलुका साढे आठ बजे सुरु हुनेछ ।

प्लेअफमा स्थान बनाउन लाहोर र इस्लामाबाद दुवैका लागि यो खेल उत्तिकै महत्वपूर्ण छ । लिगमा इस्लामाबादको यो अन्तिम खेल हो भने लाहोरको अझै एक खेल बाँकी छ ।

९ खेलबाट इस्लामाबादको ८ र ८ खेलबाट लाहोरको ६ अंक छ । लाहोर साविक विजेता इस्लामाबादसँग पहिलो लेगमा ५ विकेटले पराजित भएको थियो । बाँकी दुवै खेल जितेर प्लेअफमा पुग्ने लक्ष्यसहित दुवै टोली कराँची पुगेका छन् ।

यूएईमा जारी प्रतियोगिताका बाँकी दुई खेल लाहोर टिमले कराँचीमा खेल्नेछ । यसअघिको खेलमा पेशावर जाल्मीबिरुद्ध विकेट लिन नसकेका सन्दीपले ५ खेलमा १० विकेट लिइसकेका छन् ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180