Aawaj Nepal
Aawaj Nepal

विश्वका अर्बपतिकाे नयाँ सूचीमा नेपाली अर्बपति विनाेद चाैधरी २१२ स्थान माथि उक्लिए


आवाजनेपाल, २०७५ फाल्गुन २२ बुधबार


विश्वका अर्बपतिकाे नयाँ सूचीमा नेपाली अर्बपति विनाेद चाैधरी २१२ स्थान माथि उक्लिए

विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक भएको छ । फोर्ब्स म्यागजिनले सन् २०१९ सालका २ हजार १ सय ५३ जना अर्बपतिहरुको सूची सार्वजनिक गरेको हो ।

अर्बपतिहरुको यो संख्या अघिल्लो वर्षको भन्दा ५५ जनाले कम छ । त्यसमा समावेश भएकामध्ये ४६ प्रतिशत अर्थात ९ सय ९४ अर्बपतिहरुको सम्पत्ति अघिल्लो वर्षकोभन्दा घटेको तथ्यांकले देखाएको छ ।

यीमध्ये अत्यधिक धनीमा परेकाको कूल सम्पत्ति ८ दशमलव ७ खर्ब अमेरिकी डलर अघिल्लो वर्षको भन्दा ४ सय अर्ब अमेरिकी डलरले घटेको छ ।

समग्रमा अघिल्लो वर्षको भन्दा ११ प्रतिशत अर्थात २ सय ४७ मानिसहरु त्यो सूचीबाट बाहिरिएका छन् ।

सबैभन्दा बढी एशिया प्यासिफिक क्षेत्रबाट ६० जना कम परेका छन् । त्यसमध्ये अघिल्लो वर्ष भन्दा चीनका ४९ जना अर्बपतिहरु यो वर्ष घटेका छन् । यस्तै युरोप, मध्यपश्चिम क्षेत्र र अफ्रिकाले पनि आफ्नो स्थान गुमाएको छ ।

अमेरिकी क्षेत्र भने अमेरिका र ब्राजिलका कारण उँभो लागेको छ । यी दुई क्षेत्रमा अर्बपतिहरुको संख्या अघिल्लो वर्षको भन्दा अत्यधिक बढेको छ । त्यहाँ अहिले ६ सय ७ जना अर्बपतिहरु छन् । यो तथ्यांकले विश्वका २० मध्ये १४ अर्बपति अमेरिकामै भएकाे देखाएकाे छ ।

अमेजन कम्पनीका मालिक जेफ बेजोज यो वर्ष पनि विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचिमा परेका छन् भने उनलाई बिल गेट्सले पछ्याएका छन् अर्थात बिल दोस्रो स्थानमा छन् ।

सबैभन्दा धनी अर्बपति जेफ बेजोजको सम्पत्ति १ सय ३१ अर्ब अमेरिकी डलर छ जुन अघिल्लो वर्षको भन्दा १९ अर्ब अमेरिकी डलरले बढी हो । यस्तै माइक्रोसफ्टका मालिक बिल गेट्स ९६ दशमलव ५ अर्बसहित दोस्रो स्थानमा र बर्कसायर कम्पनीका मालिक वारेन बफेट ८२ दशमलव ५ अमेरिकी डलरसहित तेस्रो स्थानमा रहेका छन् ।

सूचिकाे आठौँ स्थानमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग (६२.३ अर्ब अमेरिकी डलर) र गुगलका संस्थापक ल्यारी पेज ५०.८ अर्ब अमेरिकी डलरसहित दसौं स्थानमा परेका छन् ।

नेपालबाट विनोद चौधरी यो सूचीमा कायमै छन्, उनी अर्बपतिको सूचिमा १ दशमलव ७ अमेरिकी डरलसहित १३ सय ४९ औँ स्थानमा रहेका छन् । अघिल्लाे वर्ष चौधरी १.३१ मिलियन डलरसहित १५६१ औँ स्थानमा थिए भने यसपाला उनकाे सम्पत्तिमा ३९० मिलियन डलर बढाेत्तरी भएर २१२ स्थान माथि चढ्दै १३४९ औ स्थानमा पुगेका हुन् ।

यो सूचीमा १ सय ९५ नयाँ अर्बपतिहरुले पनि प्रवेश गरेका छन् । यिनीहरुमध्ये सबैभन्दा धनी चिनिया वेब रिटेलर कम्पनी पिण्डुडुओका मालिक कोलिन हुवाआङ रहेका छन् ।

यस्तै सबैभन्दा कम उमेरमा अर्बपतिको सूचीमा नाम लेखाउनमा सफल कस्मेटिक कम्पनीकी मालिक २१ वर्षीया काइली जेनर बनेकी छिन् । उनले मार्क जुकरबर्गको रेकर्ड तोडेकी छिन् । जुकरबर्गले २३ वर्षको उमेरमा सबैभन्दा कान्छा अर्बपति भएको रेकर्ड राखेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कूल सम्पत्ति तीन दशमलव १ अर्ब अमेरिकी डलर छ ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180