Aawaj Nepal
Aawaj Nepal

खाना पकाउने ग्यास पर्याप्त छ, अभाव हुँदैनः नेपाल आयल निगम


आवाजनेपाल, २०७५ फाल्गुन २१ मंगलबार


खाना पकाउने ग्यास पर्याप्त छ, अभाव हुँदैनः नेपाल आयल निगम

काठमाडौँ – उद्योगहरुमा पर्याप्त खाना पकाउने ग्यास स्टक रहेकाले बजारमा अभाव नहुने नेपाल आयल निगम र ग्यास उद्योगीहरुले बताएका छन् । ती निकायले हल्लाका पछि नलाग्न उपभोक्तालाई आग्रह पनि गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

कमिसन वृद्धिलगायत १० बुँदे माग रोखर ग्यास उद्योगीले शुक्रबारबाट ग्यास ल्याउने अनुमति (प्रोगेक्ट डेलीभरी अर्डर–पिडिओ) नउठाएपछि ग्यास अभाव हुन सक्ने आशंकामा उपभोक्ताले खाली सिलिन्डर भर्न थालेपछि उद्योगी र निगमले यस्तो आग्रह गरेका हुन् ।

सामान्य अवस्थामा जस्तै अहिले पनि दैनिक एक लाख सिलिन्डर ग्यास बजारमा पठाइरहेकाले अभाव नहुने निगम र उद्योगीले स्पष्ट पारेका हुन् । शुक्रबारदेखि पिडिओ नउठाए पनि पुरानो पिडिओको आधारमा सोमबार पनि ग्यास बुलेटले इन्डियन आयल कर्पोरेसन (आइओसी) को बरौनी, मथुरा, हल्दियालगायत रिफाइनरीबाट ग्यास लोड गरेको निगमले जनाएको छ ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180