Aawaj Nepal
Aawaj Nepal

आजको राशिफल : फागुन गते, आइतबार


आवाजनेपाल, २०७५ फाल्गुन १९ आइतबार


आजको राशिफल : फागुन गते, आइतबार

वि.सं.२०७५ साल फाल्गुन १९ गते । आइतबार । इस्वी सन् २०१९ मार्च ०३ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष । तिथि द्वादशी,२० घडी २२ पला,दिउसो ०२ बजेर ३८ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र उत्तराषाढा,०९ घडी १२ पला,बिहान १० बजेर १० मिनेट उप्रान्त श्रवण । योग वरियान,१८ घडी ०० पला,दिउँसो ०१ बजेर ४१ मिनेट उप्रान्त परिध । करण तैतिल,दिउसो ०२ बजेर ३८ मिनेट उप्रान्त गर,रातको ०३ बजेर ३७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा अमृत योग । चन्द्र राशि मकर ।काठमाडौँमा सूर्योदय ०६ बजेर २९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०४ मिनेट । दिनमान २८ घडी ५८ पला ।

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिने तथा पहुँच बिस्तार गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईँको काममा सहयोग हुनेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । नोकरी तथा व्यावसायिक क्षेत्रमा देखिएका चुनौतीहरूलाई चिर्दै गन्तव्यमा पुग्न सकिनेछ । पुराना कामहरू सम्पन्न हुने तथा राम्रो कमाई हुने हुँदा थप लगानी बढाउन सकिनेछ । प्रेम सम्बन्धहरूलाई विवाहमा परिणत गरी घर गृहस्थी सुचारु गर्ने समय रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय तथा परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक गर्न केही समय पर्खनुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। धार्मिक क्षेत्र तथा परोपकारी काममा सहभागी भई काम गर्ने अवसर जुर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कुटुम्ब तथा आफन्त सँगको आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुनाले बाहिरी तत्त्वहरूले प्रभावित पार्नेछ । अध्ययनमा ध्यान जानेछैन भने कार्यक्षेत्रमा काम बिग्रने तथा तपाईँको आलोचना गर्नेहरू बढ्नेछन् । पुराना समस्याहरू पुनः आइलाग्ने तथा शत्रुहरूले दुख दिनेछन् । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला दुख हुने अधिक सम्भावना रहेको छ । आकस्मिक धन तथा सम्पत्ति लाभ हुनेभएपनि तपाइकै कारणले टरेर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नोकरीमा समय खर्चिनेहरूका लागि समय राम्रो रहेको छ भने कार्यक्षेत्रमा राम्रो काम गर्न सकिने हुँदा तपाईँलाई विश्वास गरी थप कार्यभार सुम्पनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ प्रकृतिको कामगरि मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । ईमान्दारिता तथा लगानशिलताले पक्ष पहिल्याउन सहज हुनेछ । महंंगा तथा विलासी बस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर तान्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) इष्टमित्र तथा आफन्तका साथ रमाइलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ । अदालती निर्णयहरू तपाइकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरू किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउँदै लान सकिनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) अन्य क्षेत्रमा व्यस्त हुँदा पढाई लेखाइमा तपाईँको नाम अरूभन्दा पछि आउनेछ । प्रेममा अविश्वास बढ्नेछ भने सन्तान तथा छोराछोरीले तपाईँको काममा खासै सहयोग गर्ने छैनन् । भौतिक सम्पत्ति तथा विलासी सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा नचाहँदा नचाहँदै छुट्टिनु पर्ने बाध्यता आउनेछ । व्यवसायमा लगानी गरे पनि प्रतिफल प्राप्त गर्न केही समय कुर्नु पर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) जग्गा तथा पैतृक सम्पत्तिमा विवाद बढ्ने ग्रहयोग रहेकोेछ भने सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नसोचेको घटना घट्न सक्छ । राजनीति तथा समाजसेवामा तपाईँको प्रभाव कमजोर भएर जानेछ । व्यापार व्यावासायमा लगानी गरे पनि आम्दानी कम हुने हुँदा दैनिकी प्रभावित हुन सक्छ ध्यान दिनुहोला । उच्च महत्वकांक्षाले समस्या निम्तिन सक्छ ध्यान दिनुहोला । प्रेममा सामान्य विवाद बढ्नेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन्। रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाई लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो कामगरि प्रसिद्धि कमाउन सकिनेछ । सामाजिक सम्बन्धहरू सुदृढ भएर जानेछन् भने दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयमा काम गर्न सकिने भए पनि नतिजाको लागि केही समय कुर्नु नै पर्नेछ । आफन्त तथा कुटुम्बसँग अनावश्यक विषयमा विवाद हुने तथा टाढिनु पर्ने बाध्यता आउनेछ । बोल्दा ख्याल गर्नुहोला बोलीको गलत अर्थ लगाई आलोचना गर्ने सक्रिय हुनेछन् । पढाई लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । होटेल तथा रेस्टुरेन्टको व्यवसायबाट भनेजस्तो आम्दानी भए पनि अन्य व्यवसायमा मन्दी आउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागि हुने ग्रहयोग रहेको छ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । सामाजिक काम गरी नाम कमाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कुनै पनि आर्थिक कारोबार गर्दा सचेत हुँनुहोेला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेकोेछ । पढाई लेखाई तपाईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । काम तथा अध्ययनको सिलसिलामा विदेश यात्राको गतिलो सम्भावना रहेको छ । विदेशी सामानको व्यापार फस्टाएर जानेछ भने विदेशमा बसेर व्यापार व्यवसाय गर्नेहरूका लागि समय फलदायि रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) घर परिवार तथा समाजमा तारिफयोग्य कामगरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आए आर्जनका स्रोतहरू फराकिला हुनेछन् । खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाई लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा स्कुल कलेजमा शिक्षक तथा आफन्तहरू खुसी हुनेछन् । नयाँ प्रेम प्रस्ताव आउनेछ ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180