Aawaj Nepal
Aawaj Nepal

नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था ‘अत्यन्तै नाजुक’


आवाजनेपाल, २०७५ फाल्गुन १८ शनिबार


नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था ‘अत्यन्तै नाजुक’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेकाले बचाउन सकिने अवस्था न्यून रहेको अस्पतालले जनाएको छ ।

अधिकारीको उपचार भइरहेको काठमाडौंको मन्डिखाटरस्थित ह्याम्स अस्पतालले शनिबार पत्रकार सम्मेलन गरी उनका महत्वपूर्ण अंगहरुले काम गर्न छाडेको जनाएको छ ।

फोक्सो र मुटुको समस्या भइ विगत तीन हप्तादेखि पूर्वअर्थमन्त्री अधिकारी उक्त अस्पतालमा उपचाररत् छन् ।

अधिकारीलाई कृत्रिम श्वास–प्रश्वासका लागि ‘भेन्टिलेटर’मा राखिएको छ । उनी लामो समयदेखि छातीको संक्रमणबाट पीडित छन् ।

अधिकारीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिन मन्त्री, नेकपा नेता, शुभचिन्तकलगायत अस्पताल पुगेका छन् ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180