Aawaj Nepal
Aawaj Nepal

हिउँले ढपक्कै ढाकियो चन्द्रागिरी (फोटो र भिडियो)


आवाजनेपाल, २०७५ फाल्गुन १६ बिहीबार


हिउँले ढपक्कै ढाकियो चन्द्रागिरी (फोटो र भिडियो)

बुधबारदेखि मौसममा आएको बदलीसँगै काठमाडौंको चन्द्रागिरी हिल्सलाई बिहिबार हिउँले ढपक्कै ढाकेको छ ।

राजधानीका चोभार हाइट, रामकोट, बुढानिलकण्ठ, नागार्जुन, भक्तपुर, दुवाकोट, बालकोटसहित विगतमा हिउँ नपर्ने स्थानमा पनि बिहिबार बिहान हल्का हिउँ परेको हो ।

चन्द्रागिरीमा भने बिहिबार रातीदेखि हिमपात भइरहेको चन्द्रागिरी हिल्स लिमिटेडले बताएको छ । यो अहिलेसम्मकै भारी हिमपात भएको कम्पनीले जानकारी दिएको छ । हिमपातका कारण त्यहाँको दृश्य निकै मनमोहक देखिएको छ ।

उपत्यकाबाट सबैभन्दा नजिकको दूरिमा रहेको चन्द्रागिरी हिल्समा हिउँ परेपछिको मनमोहक दृश्य हेर्न र केबलकार चढेर डाँडामा पुगेर हिँउ खेल्न थुप्रै मानिसहरु यतिबेला चन्द्रागिरी पुगेका छन् ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180