Aawaj Nepal
Aawaj Nepal

भक्तपुरको प्रसिद्ध चाँगुनारायण मन्दिर (तस्विर तथा भिडियो)


आवाजनेपाल, २०७५ फाल्गुन १५ बुधबार


भक्तपुर – चाँगुनारायणलाई चम्पकनारायण, चँगुनारायण, गरुडनारायण आदि नामले पनि चिनिन्छ। परापूर्व कालमा यो मन्दिरको नाम के रह्यो भन्ने कुनै आधार छैन। लिच्छवी कालमा यस मन्दिरको नाम डोलाशिखर स्वामी थियो। चाँगुनारायण मन्दिर अवस्थित डाँडोको नाम डोलागिरी र यसको शिखरको स्वामीको रूपमा यिनलाई डोलाशिखर स्वामी भनिएको हो। मल्लकालमा यिनको नाम नेपाल भाषामा कथिन पुग्यो। नेपाल भाषामा ‘चाँप’लाई ‘च’ र ‘वन’लाई ‘गुँ’ भनिन्छ। त्यही चंगुनारायण अपभ्रंस भएर पछि चाँगुनारायण हुन गएको हो। सस्कृतमा यिनलाई चम्पकनारायण भनिन्छ।

     

भक्तपुर नगरबाट ६ कि.मी. उत्तरमा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्वपूर्ण रहेको पाइन्छ । काठमाडौं उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक हो । उपत्यकामा रहेको प्राचिन मन्दिरमा सवभन्दा पुरानो मानिने यस मन्दिरलाई सन् १९६९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो । तेलकोट भन्ज्याङ्ग-तेलकोट डाँडा-चाँगु आउने रुट उपत्यकाकै सबभन्दा राम्रो ट्रेकिङ्ग रुट मानिन्छ । साथै यो क्षेत्र नगरकोटको ट्रेकिङ गर्न तथा काठमाडौं उपत्यकाको दृष्यावलोकका लागि पनि प्रसिद्ध छ।

यो मन्दिर नेपालको मौलिक प्यागोडा शैलीको एक प्रतिनिधि बस्तुकलाको नमुना हो | यो लिच्छवीकालिन वास्तुकलाको नमुना हो | समय समयमा यसको जीर्णोद्धार हुदैँ आएको छ | मध्यकालमा राजा शिव सिंहकी रानी गंगारानी र १८औं शताब्दीको सुरुमा कान्तिपुरका शासक भास्कर मल्लको शासनकालमा भएको थियो | पछिल्लो समयमा केहि दशक अगाडि पनि यसको जीर्णोद्धार भएको थियो |[२]

यो मन्दिर चातुष्कोण आकारको छ | यसको पेटी एक तल्लाको मात्र छ | मन्दिर दुई तल्लाको रहेको छ | मन्दिरको तल्लो तलाको छानो टायलको र माथिल्लो छानो पित्तलको पातावाट बनेका छन् | दुवै तलामा मझौला आकारका झ्यालहरु रहेका छन् | दुवै तल्लामा चालिस टॅुडालहरु रहेका छन् | प्रत्येक टॅुडालमा तीन तहका मूर्तिहरू कुँदिएका छन् | माथिल्लो तहमा रुख-लहरा, बिचमा मुख्य देवता (मुख्यतः विष्णु र शिवका अनेक स्वरूपहरु), र तल्लो तहमा मानिस, पशुपंक्षीका मूर्तिहरू कुँदिएका छन् |

तल्लो तलामा गरुडबाहन विष्णुको प्रस्तर मूर्ति रहेको छ | यो तल्लामा चार दिशामा चार मुख्य ढोकाहरु रहेका छन् | प्रत्येक मूल ढोकाको दायाँ-बायाँ नखुल्ने ढोकाहरु बनाइएका छन् | पश्चिम पट्टीको ढोका प्राय खुला राखिन्छ | बेला बेलामा अन्य ढोकाहरु पनि खुला गरिन्छ | ढोकाका दायाँ-बायाँ गंगा, यमुना, तथा अन्य देवीदेवताका मूर्तिहरु राखिएका छन् | ढोकाहरुको माथि धातुवाट बनेका तोरणहरुमा विभिन्न कलाकृतिहरु कुँदिएका छन् |

यस मन्दिरको निर्माणमा काठ र इँटाको बढी र प्रस्तर तथा धातुको कम प्रयोग भएको छ | धातुको प्रयोग मूल ढोका, तोरण, गजुरमा भएको छ |

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180