Aawaj Nepal
Aawaj Nepal

प्रचण्डलाई भेट्न एक्कासी किन पुगे प्रियंका र आयुष्मान् ?


आवाजनेपाल, २०७५ फाल्गुन १४ मंगलबार


प्रचण्डलाई भेट्न एक्कासी  किन पुगे प्रियंका र आयुष्मान् ?

काठमाडौं । अभिनेत्री प्रियंका र अभिनेता आयुष्मान देशराज जोशी पछिल्ले समय समाजिक काममा ब्यस्त बन्दै जान थालेको समयमा यो जोडीले पूर्व प्धानमनत्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष र खानेपानी मन्त्री बिना मगरसँग भेटेर छलफल गरेका छन् । ही साता अघि मात्र सामाजिक काममा योगदान पुर्याउने उद्देश्यका साथ आयङ्का फाउन्डेशन दर्ता गरेपछि फागुन १५ गते बुधबारबाट विभिन्न स्थानमा कार्यक्रम गर्ने तयारी गरिरहँदा यो जोडीले पुष्पकमल दाहाल र बिना मगरसँग भेटघाट र छलफल गरेका हुन् ।

सुन्दरी नायिका प्रियंकाले सामाजिक संजाल इन्स्टाग्राम मार्फत यस कुराको जानकारी दिँदै लेखेकी छिन् आयंका फाउण्डेसनले फागुन १५ गते बुधबारबाट विभिन्न स्थानमा गर्ने कार्यक्रमको विषयमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू र खानेपानी मन्त्री बिना मगरज्यूसँग आज छलफल भएको छ । अमूल्य समयका लागि हार्दिक आभार । समयका लागि पूर्वप्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव गंगा दाहाल ज्यूलाई धन्यवाद ।” आयंका फाउण्डेसनले फागुन १५ गते बुधबारबाट विभिन्न स्थानमा गर्ने कार्यक्रम गर्ने तयारी गरिरहेको छ ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180