Aawaj Nepal
Aawaj Nepal

आजबाट सुरुहुँदै : ‘नेपालको पानी, जनताको लगानी : हरेक नेपाली जलविद्युतको शेयर धनी’


आवाज नेपाल, २०७५ फाल्गुन २ बिहीबार


आजबाट सुरुहुँदै : ‘नेपालको पानी, जनताको लगानी : हरेक नेपाली जलविद्युतको शेयर धनी’

काठमाण्डाै – सरकारले ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा गर्ने भएको छ ।

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले बिहीबार काठमाण्डाैमा एक कार्यक्रमका बीच आयाेजनाकाे घोषणा गर्न लागिएको जानकारी दिनुभएको हो ।

बुधबार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राष्ट्रियसभा गृहमा घोषणा गर्नुृहुने त्याे कार्यक्रममा जनताको छरिएर रहेको पूँजी परिचालन गर्ने योजना रहेको पनि स्पष्ट पार्नुभयो । स्वदेशी लगानीमै नेपालभित्र ३ हजार मेगावाटभन्दा बढी जलविद्युत आयोजना सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार सरकारले त्यस कार्यक्रमको औपचारिक घोषणा गर्न लागिएको हो ।

कार्यक्रमका लागि आवश्यक कानुनी प्रावधान र संरचना तयार भएकाले कार्यान्वयनका लागि त्याे कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको पनि मन्त्री पुनले स्पष्ट पार्नुभयो ।

‘नेपालको पानी, जनताको लगानी : हरेक नेपाली जलविद्युतको शेयर धनी’ भन्ने मूल नारा तय गरिएको यस कार्यक्रममा सरकारले ३ हजार ७ सय ७९ मेगावाट क्षमताको १९ वटा जलविद्युत आयोजना छनौट गरिसकेको छ । यस आयोजनामा सर्वसाधारणको ३९ प्रतिशत शेयर तथा प्रभावित क्षेत्रका जनताको १९ प्रतिशत शेयर रहने गरी कानुनी व्यवस्था पनि गरिएको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।

मन्त्री पुनले जनताको छरिएर रहेकाे पूँजीले धान्ने गरी त्याे आयोजना छनौट गरिएको बताउनुभयो । कार्यक्रमअन्तर्गत यस आयोजनाका लागि झण्डै ६ खर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180