Aawaj Nepal
Aawaj Nepal

आज रोज डे !! माया साट्न पनि विदेशी गुलाफकै भर


आवाजनेपाल, २०७५ माघ २४ बिहीबार


आज रोज डे !! माया साट्न पनि विदेशी गुलाफकै भर

 

गुलाफ प्रेमको प्रतिक हो । यही गुलाफ साटेर एक अर्कालाई माया गर्छु भन्ने अनुभूति दिलाउन पनि विदेशी फूलकै सहारा लिन्छन् नेपालीहरु ।

जोडीहरुले साटासाट गर्ने गुलाफ धेरैजसो भारतबाट आयात हुने गरेको छ । नेदरलयाण्डबाट पनि यो फूलको आयात हुन्छ । यद्यपि नेदरल्याण्डको फूल केही महङ्गो पर्नेभएकाले बिक्री कम हुने भन्दै यस पटक नेदरल्याण्डबाट फूल नल्याइने पुष्प व्यवसायी संघले जनाएको छ ।

प्रणय दिवसलाई लक्षित गरेर भारतबाट १ लाख ६० पिस गुलाफ भित्रने भएको छ । पुष्प व्यवसायी संघका महासचिव विश्वमणी पोखरलेले नेपाली उत्पादनले नधान्ने भएकाले भारतबाट सो परिणामको गुलाफ ल्याइन लागेको बताए ।

उनका अनुसार यस वर्ष १ करोड रुपैयाँको गुलाफको कारोबार हुनेछ । कतिपय व्यवसायीले गुलाफ भित्र्याइसकेका छन् भने कतिपयले भित्र्याउँदैछन् ।

विशेषगरी प्रणय दिवसलाई लक्षित गरेर गुलाफको फूल भित्रने गर्छ ।

महासचिव पोखरले गुलाफका लागि तातो मौसम चाहिने तर प्रणय दिवस जाडो मौसममा हुने भएकाले नेपाली मागलाई धान्न नसकिएको बताउँछन् ।

गुलाफको पात राम्रोसँग फक्रन नसक्ने फक्रे पनि कालो भएर आउने जस्ता समस्याका कारण विदेशबाट फूल आयात गर्नुपरेको उनको तर्क छ ।

प्रणय दिवस हरेक वर्षको फेब्रुअरी १४ मा पर्ने गर्छ । त्यसको हप्तादिन अगाडीबाटै विभिन्न डे मनाइने गरिन्छ ।

आज रोज डे हो । माया गर्ने जोडीहरुले आजकै दिन रोज साटासाट गरेर माया दर्शाउने गर्छन् । रातो गुलाफ प्रेम र मनोभावनाको प्रतिक हो ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180