Aawaj Nepal
Aawaj Nepal

सुगौली सन्धीअघिको नेपाली भूमि फिर्ता गर्न माग


आवाज नेपाल, २०७५ माघ १२ शनिबार


सुगौली सन्धीअघिको नेपाली भूमि फिर्ता गर्न माग

काठमाडौँ – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले सुगौली सन्धीका क्रममा गुमेको नेपाली भूमि भारतले फिर्ता गर्नुपर्ने माग गरेका छन् ।

शनिबार नेपालले एक प्रेस विज्ञप्ति जारी गर्र्दै भारतले नेपाली भूमि फिर्ता नगरेर जघन्य अपराध गरेको आरोप लगाएका छन् ।

‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा छिमेकी देश इन्डियाको ७० औँ गणतन्त्र दिवसका अवसरमा भारतीय जनताप्रति हार्दिक बधाई र कृतज्ञता ज्ञापन गर्दछ । तर १९४७ अगस्त १५ यता विगत ७३ वर्षदेखि नेपालको करिब ६० हजार वर्ग किलोमिटर जमिन कब्जा गरेर त्यहाँ गणतन्त्र दिवस मनाउनु प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकारको घोर अपमान हो’, विज्ञप्ति भनिएको छ ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विगत डेढ दशकदेखि १८१६ मार्च ४ मा बेलायतसँग भएको सुगौली सन्धिमा गुमेर फिर्ता हुन बाँकी जमिनमा भारतले कायम गरेको उपनिवेशको तत्काल अन्त्यको माग गर्दै आएको कुरा पनि विज्ञप्तिमा स्मरण गरिएको छ ।

साथै मोर्चाले नेपाल र भारत सरकारलाई सन् १९६० मा संयुक्त राष्ट्र संघद्वारा पारित उपनिवेशको अन्त्यसम्बन्धी १५१४ नं. को प्रस्तावको पालना गरी संयुक्त राष्ट्र संघको निर्णयको सम्मान गर्न पनि आग्रह गरेको छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180