आगोले पोलिरहेको छ भने तुरुन्तै कम्बलले छोपेर घटनास्थलबाट बाहिर निकाल्ने र बाक्लो कपडाले छोप्ने ।
घटना भएको १५ देखि २० मिनेटभित्रै पोलेको अंग चिसो पानीमा डुबाउने ।
पानी नभएको अवस्थामा नरम कटनको कपडाले छोप्न पनि सकिन्छ ।
पोल्नेबित्तिकै मानिसको शरीरमा भएका औँठी, चुरा, माला, जुत्ता वा अन्य कसिलो सामग्रीलाई शरीरबाट उतार्ने । नत्र पोलेको भाग सुन्निएर पछि निकाल्नै अप्ठ्यारो हुन्छ।