Aawaj Nepal
Aawaj Nepal

यसरी बन्छ सानो कोठामा आकर्षक किचेन


आवाजनेपाल, २०७५ पुस १२ बिहीबार


सामान्यतया किचेन बनाउन भनेर घरमा सानो ठाउँ छोडिन्छ । अझ, काठमाडौंजस्ता सहरमा डेरामा बस्ने धेरैजसोले त आर्थिक मितव्ययिता पनि अपनाउनुपर्ने हुन्छ । अनि, रोजाइमा सानो किचेन नै हुने गर्छ । यद्यपि, कहिलेकाहीँ सानो किचेन भएकाले सामान व्यवस्थापन गर्न हम्मेहम्मे पर्छ । किचेनलाई डाइनिङका रूपमा पनि प्रयोग गर्नुपरे त अझ गाह्रो हुन्छ । उचित व्यवस्थापन यसको एउटै मात्र विकल्प हो । यी तरिका अपनाएमा सानो किचेनमा बढी सामान अटाउन सकिन्छ :

– स्ट्रेट वा एल सेटको कन्सेप्टमा किचेन व्यवस्थापन गर्दा निकै राम्रो हुन्छ । यसरी किचेन तयार गर्दा भुइँभन्दा पनि भित्ताको ठाउँ बढी प्रयोग हुन्छ ।
– किचेनभन्दा माथि प्रयोग गरिने टप क्याबिनेटमा सिसाको खापा प्रयोग गर्नु उत्तम हुन्छ । यसो गर्दा कोठामा पनि प्रशस्त ठाउँ खाली रहन्छ ।
– किचेनमा काम गर्ने व्यक्तिका लागि किचेन क्याबिनेटबाट अर्को भित्तासम्मको खाली स्थान कम्तीमा ६ फिटजतिको फराकिलो हुनुपर्छ । जसले किचेनमा काम गर्नेलाई निकै सहज बनाउँछ ।
– डाइनिङ पनि किचेनमै गर्नुपरेमा
फोल्डिङ टेबल प्रयोग गर्नुपर्छ । आवश्यकताअनुसार वर्गाकार या आयताकारको डाइनिङ टेबल प्रयोग गरी ठाउँको व्यवस्थापन गर्न सकिन्छ । तर, सोफाको चौडाइ भने बढीमा २० इन्च हुन जरुरी हुन्छ । किचेन सोफाको फेब्रिक पानीले असर नगर्ने खालको हुनुपर्छ ।
– डाइनिङ टेबल बनाउने हो भने घर्राको प्रयोग गर्दा अझ बुद्धिमानी हुन्छ । त्यस्तो घर्रामा चम्चा, काँटालगायतका अन्य स–साना सामग्री राख्न सकिन्छ ।
– सामान्यतया सानो कोठा भएको घरमा ओपन किचेन कन्सेप्ट नै बढी उपयुक्त हुन्छ । यसो गर्दा कोठा फराकिलो देखिनुका साथै बहुउपयोगी पनि हुन्छ ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

सम्बन्धित समाचार

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180