Aawaj Nepal
Aawaj Nepal

किराँत सुनुवार तथा राईले आफ्नो महान पर्व उँधौली यसरी मनाए (२७ तस्विर)


आवाजनेपाल, २०७५ पुस ७ शनिबार


काठमाडौं । मंसिर पुर्णिमामा मनाईने किराँत राईहरुको महान चाड उधौली पर्व शनिबार विभिन्न ठाउँमा कार्यक्रम तथा नाचगान गरि मनाएका छन् । यस उधौली चाडलाई लिम्बुहरूले चासोक तङनाम, किराँत राईहरूले साकेला, साकेन्वा, किराँत याख्खाहरूले चासुवा र किराँत सुनुवारहरूले फोलस्याँदर भन्दछन् । उधौली पर्वलाई न्वागी पुजा पनि भनिन्छ।

हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ ।

किराँत समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला उभौली मनाउने प्रचलन छ। उधौली पर्व विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ।

अन्नबाली पाकेको बेला आफ्ना देवीदेवता, पितृलाई अन्न तथा फलफूल चढाएर न्वागी पुजा गर्ने गरिन्छ। किराँतभित्र मुख्यगरी राई, लिम्बु, सुनुवार, याख्खा, जिरेल, सुरेल, हायु, धिमाल लगायतका जातिहरू पर्ने भएकोले जाति, स्थान र संस्कार अनुसार यो पर्व मनाउने आ–आफ्नो तरिकाहरू रहेका छन् ।

भाषा, संस्कार संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकोले आजभोलि उधौली चाडको अवसरमा संसारभर छरिएर रहेका किराँतहरूले चासो देखाउँदै गएका छन् ।

सुनुवार र राईले काठमाण्डौको गोकर्णमा साकेला तथा स्यादरको आयोजना गरेर मनाएका छन् । उपत्यकामा रहेका किराँतहरुले पुजा तथा नाचगान गर्दै यो पर्व मनाएका हुन ।

 काठमाण्डौको गोकर्णमा उँधौलीमा देखिएका केहि दृश्यहरु

   

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

सम्बन्धित समाचार

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180