Aawaj Nepal
Aawaj Nepal

सारङ्गीसंग जीवनका कयौँ दिन र रात विताएका बर्ता गन्धर्बसंगको कुराकानी मंगलबार राती नौ बजे…प्रत्यक्ष


आवाज नेपाल, २०७५ मंसिर ३ सोमबार


सारङ्गीसंग जीवनका कयौँ दिन र रात विताएका बर्ता गन्धर्बसंगको कुराकानी मंगलबार राती नौ बजे…प्रत्यक्ष

काठमाण्डौँ । सारङ्गी नै जीवन र जीवन नै सारङगी हो गन्धर्वको अर्को परिचय । सारङ्गी अचेल धेरै बजाइदैनन् । बजाइन्छ त केबल कुनै सभा हुनपर्छ अनि कुनै ठूलै मेला ।

सारङ्गी पहिचान, पेशा र पुर्खाको संस्कृतीको रुपा लिने गन्धर्वहरु पनि अचेल थोरै नै देखिन्छ । संस्कार र संस्कृती नै लोप भईसकेको छ अचेल नेपालका धेरै पुराना कला पेशा अनि हाम्रो पहिचान ।तर जीवनको दशकौँ विताएका बर्ता गन्धर्व भने उनलाई सारङ्गी बजाउन मै रुचाउछन् । उनी अचेल सहर गाँउका मेलापात र जात्रामात्रामा उनको सारङ्गी बज्ने गर्दछ ।

नेपाली सांगितक क्षेत्रमा सारंगी रेटेर नै एउटा छुट्टै पहिचान बनाउँन सफल सारंगी बादक बर्ता गन्धर्ब यतीखेर चारैतिर चर्चामा छिन् । द भोईस अफ नेपाल रियालीटी शोमा उनको प्रस्तुती हेर्ने जो कोहि उनको कला र गलाबाट मोहित त हुन्छन नै लोक संस्कृतीलाई जगेर्ना गर्नु पर्छ भन्ने पनि धेरै भेटिन्छन् । द भोईस अफ नेपालको टप २४ मा पुगेर बर्ता बाहिरिए पनि आज बर्तालाई नचिन्ने भन्दा चिन्नेको संख्या धेरै छन् । बाटोमा हिड्दा, गाडितिर हिड्दा बर्तासँग कुरा गर्न खोज्ने, सेल्फी लिन खोज्ने धेरै भेटिन्छन् । चारैतिर सबैले गरेको सम्मान तथा माया देखेर उनलाई धेरै खुसी लागेको उनी आफै बताउँछिन् ।

उनी सानो छँदा बा आमाले जर्बजस्ती सारंगी भिराईदिएको पललाई सम्झँदै आज आएर आफ्नो कर्म प्रति गर्ब गर्छिन । उनको यो कलाले देश विदेशमा स्थान पाएको त छदै छ आफ्नो जिवनयानमा समेत केहि सहज बन्दै गएको छ । सारंगी रेटेर हिड्ने बर्ता नेपाल संगित विद्यालयबाट औपचारीक शिक्षा हासिल गरेपछि विभिन्न ठाउँमा सारंगी शिक्षकको रुपमा सारंगी सिकाउँदै आएकी छिन् ।

हामीले उनको सारङ्गी, स्वर, कला, गला र संगीतलाई समेट्ने प्रयास गरेका छौँ । उनीसंग गरेको कुराकानी मंगलबार बेलुका ९ बजे आवाजनेपालको यूट्यूटब च्यानलको प्रिमियर मार्फत प्रत्यक्ष प्रसारण हुनेछ ।

मंगलबार बेलुका ९ बजे प्रिमियर मार्फत लाइभ हेर्नका लागि यो लिंकमा जानुहोस्

 

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180