Aawaj Nepal
Aawaj Nepal

बाँकेमा देउसीभैलो खेल्ने क्रममा झडपः ९ घाइते, १० पक्राउ


आवाजनेपाल, २०७५ कात्तिक २३ शुक्रबार


बाँकेमा देउसीभैलो खेल्ने क्रममा झडपः ९ घाइते, १० पक्राउ

बाँके । बाँकेको जानकी गाउँपालिका–५ बनिया गाउँमा दुई पक्षबीच देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा झडप भएको छ । झडपमा नौ जना घाइते भएका छन् ।

गएराति १० बजेतिर भैलो खेल्ने क्रममा मदिरा सेवन गरेका दुई युवा समूहबीचको विवाद कुटाकुटमा परिणत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।
प्रहरीले सो घटनामा संलग्न १० युवालाई नियन्त्रणमा लिएको थियो ।

झडपमा घाइते भएका नौ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरी घर फर्किएका छन् ।

उक्त गाउँका युवाले मदिरासँगै लागुऔषधसमेत सेवन गरी बेलाबेलामा स्थानीयवासीलाई दुःख दिने गरेको गाउँका अगुवाहरूले बताए ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180