Aawaj Nepal
Aawaj Nepal

रामेछाप दोरम्बाको अर्गानिक किबी बजारमा


आवाजनेपाल, २०७५ कात्तिक २० मंगलबार


रामेछाप । रामेछापको दोरम्बा गाँउपालिका १ डडुवाका राङदान तामाङले उत्पादन गरेको अर्गानिक  किबी बजारमा आएका छन् ।

तामाङले निजि ९० रोपनी जग्गामा उत्पादन गरेको किबी सर्वसाधरणका लागि बजारमा ल्याएको हो । यस अघि उनले विभिन्न प्रयोजनका लागि मात्र प्रयोग गर्दै आएका थिए ।  

तामाङले उत्पादन गरेको किबी अहिले राजधानी र सदरमुकाम मन्थलीको बजारमा उपलब्ध हुनेछ । नेपाली बजारमा भारतीय किबी विक्रि हुँदै आएका तथा भारतीय किबी तुलनात्मक रुपमा महंगो भएकाले सर्वसाधरणले पनि खानसक्ने गरी बजारमा उपलब्ध गराएको तामाङले बताए ।
गत बर्ष उनले उत्पादन भएको आधा किबी विभिन्न प्रयोजन तथा बजारमा पठाए पनि आधा जति किबी मदिरा उत्पादनका लागि प्रयोग गरेका थिए ।
यो बर्ष उनले उत्पादन गरेको किबी सबै बजारमा पठाउने र सर्वसाधरणलाई सस्तो मूल्यमा उपलब्ध गराउने बताए ।
अहिले भारतीय किबीको बजार मूल्य ६ सय भन्दा माथि छ । तर उनले यो बर्ष २०० देखि ३०० रुपियाँमा सर्वसाधरणलाई उपलब्ध गराउने जनाएको छ ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180