Aawaj Nepal
Aawaj Nepal

अपडेटः जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो, ८ घाइते


आवाजनेपाल, २०७५ कात्तिक ४ आइतबार


अपडेटः जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो, ८ घाइते

रामेछाप– रामेछाप नगरपालिका–१ गोगनेमा शनिबार साँझ भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । सो दुर्घटनामा अरु ८ जना घाइते छन् ।
घाइतेमध्ये ५ जनाको सैनिक अस्पताल छाउनी र ३ जनाको काठमाडौँ मैडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।

जिपमा सवार रामेछाप नगरपालिका–१ गोठगाँउका ४५ बर्षीय दुर्गा बहादुर कार्की र सोही स्थानकी ७५ बर्षीया ललिमाया कार्कीको घटनास्थलमै मृत्यु भएको थियो भने जीप चालक सोही ठाउँका २६ वर्षीय हेम बहादुर खत्रीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खत्रीको उपचारको क्रममा धुलिखेल अस्पताल काभ्रेमा गएराती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

शनिबार साँझ पौंने ६ बजे रामेछापकै सालुबाट गोठपानीतर्फ जाँदै गरेको ना १ ज ४८ १२ नम्बरको जिप सडकबाट अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

सम्बन्धित समाचार

370X180

धेरैपटक हेरिएको

370X180
370X180