Aawaj Nepal
Aawaj Nepal

नवलपरासीमा बस दुर्घटना, ५ जनाको मृत्यु


आवाजनेपाल, २०७५ कात्तिक ४ आइतबार


नवलपरासीमा बस दुर्घटना, ५ जनाको मृत्यु

 

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । दुर्घटनामा परी कम्तीमा ५१ जना घाइते भएका छन् ।

इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४ ५४ नम्बरको बस आइतबार बिहान ५ बजे अनियन्त्रित भइ सडकबाट खसेको हो । बसमा सवार ५ जनाको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले बताउनुभयो । मृतकहरुको नाम ठेगाना खुल्न नसकेको उहा“ले बताउनुभयो ।

बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले बताउनुभयो । दुर्घटनामा घाइते भएका ४२ जनाको भरतपुर र ९ जनाको स्थानीय मेडिकलमा उपचार भैरहेको उहाँले बताउनुभयो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

सम्बन्धित समाचार

370X180

धेरैपटक हेरिएको

370X180
370X180