Aawaj Nepal
Aawaj Nepal

जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने वैज्ञानिकहरुले राजनीतिक मुद्दा बोकेको ट्रम्पको आरोप


आवाजनेपाल, २०७५ असोज २९ सोमबार


जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने वैज्ञानिकहरुले राजनीतिक मुद्दा बोकेको ट्रम्पको आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने वैज्ञानिकहरुले ठूलो राजनीतिक मुद्दा बोकेको आरोप लगाएका छन् ।

अमेरिकी टेलिभिजन ‘सीबीएस’सितको कुराकानीमा उनले पृथ्वीको तापमान बढ्नुमा मानिस जिम्मेवार रहेकामा पनि आशंका व्यक्त गरे ।

राष्ट्रपति ट्रम्पले लाखौं रोजगारी गुमाउन नचाहेको भन्दै यस क्षेत्रमा ठूलो रकम खर्चने चाहनासमेत नरहेको बताए ।

राष्ट्रपति ट्रम्पले जलवायु परिवर्तनको आतंक लामो समय नरहने विश्वास व्यक्त गरे ।

वैज्ञानिकहरुले बढ्दो तापमान रोक्न सार्वजनिक गरेको आह्वानको एक हप्ताभन्दा कम समयमा उनको यस्तो भनाइ आएको हो ।

मानवीय व्यवहारका कारण जलवायु परिवर्तन भएकामा विश्वका अग्रणी वैज्ञानिकहरु एकमत छन् ।

गत हप्ता जलवायु परिवर्तनमा अन्तरसरकारी प्यानल नामक संस्थाको एक रिपोर्टले विश्वको तापमान ३ डिग्रीले बढ्न लागिरहेको भन्दै चेतावनी दिएको थियो ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180