Aawaj Nepal

साउदी अरबको शाही परिवारले आफ्नो अस्तित्वको लागि खतरा ठान्छ यी सात कुरा


आवाजनेपाल, २०७५ असोज २६ शुक्रबार


बीबीसी । साउदी अरबका पत्रकार जमाल खाशोज्जी साउदी शाही शासकको खुलेर आलोचना गर्थे । अरबी भाषाबाट अनुवाद गरिएका उनका लेख र रिपोर्टहरु वाशिंगटन पोस्टमा छापिन्थ्यो ।

उनै खाशोज्जी गत अक्टोबर २ दिउँसो साढे एक बजे इस्तानबुलमा रहेको साउदीको वाणिज्य दूतावास गएका थिए । त्यो बेलादेखि अहिलेसम उनी देखिएका छैनन् । 

साउदी अरबमा लोकतन्त्र छैन, त्यसैले त्यहाँ प्रेस स्वतन्त्रता पनि छैन । जमाल साउदी बाहिर बसेर त्यहाँको शाही शासकहरुको आलोचना गर्थे । साउदी अरब लोकतन्त्र र स्वतन्त्र प्रेसको वकालत गर्ने पत्रकारहरुबाट सतर्क रहन्छ ।

मध्य–पूर्व मामिलाका जानकार कमर भन्छन्, ‘साउदी राजा सलमाललाई सत्ता पल्टिने डरले सताइरहन्छ । यसैले उनी बलियो सेना र स्वतन्त्र प्रेसबाट सधैं सावधान रहन्छन् ।’

आगाका अनुसार साउदी सेना कमजोर हुनुको कारण यही हो किनकी त्यहाँका  शाही परिवारको मनमा कतै सेनाले देशको सत्ता हडप्ला भन्ने डर निरन्तर हुने गर्छ ।

साउदी अरबको गतिविधि
साउदी अरबले बहराइन र यूएईसँग मिलेर कतारविरुद्ध नाकाबन्दी लगायो । तब त्यो नाकाबन्दी हटाउन साउदी युवराज मोहम्मद बीन सलमानले कतारले अल–जजिरा टेलिभिजन च्यानल बन्द गराउनु पर्ने शर्त राखे । अल–जजीरा कतारको सरकारी लगानी भएको मिडिया हाउस हो । यसको प्रभाव बीबीसी र सिएनएन बराबर विश्वव्यापी हुँदै गएको छ । साउदीलाई अरब अल–जजिराको पत्रकारिता स्वीकार्य छैन ।

पछिल्लो हप्ता मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी राजा अमेरिकी सेनाको सहयोगबिना दुई हप्ता पनि सत्तामा रहन नसक्ने बताएका थिए । ट्रम्पले साउदीले आफ्नो सुरक्षाका लागि लगानी बढाउनुपर्ने पनि बताएका थिए ।

 

ट्रम्पको टिप्पणीलाई विश्वभरका मिडियामा साउदीको अपमानका रुपमा पेश गरियो । इरानका विदेशमन्त्री मोहम्मद जावेद जरीफले ट्रम्पले साउदी अरबलाई लगातार अपमान गरेको भन्दै उसले अब छिमेकीहरुलाई सहयोग गर्नेबारे सोच्नुपर्ने बताए ।

योसँगै प्रश्न उठछ कि कतै साउदी शाही परिवार डरको मानसिकतामा त बसिरहेको छैन ? साउदी अरब विश्वकै धनी देशहरुको सूचीमा पर्छ । तर प्रश्न उठेको छ के आफ्नो सुरक्षा समेत आफै गर्न सक्षम छैन ?  साउदीलाई चिन्तित बनाउने अरु डरहरु के के हुन् ?

विश्लेषकहरुको विश्वसमा पछिल्लो दुई वर्षमा साउदी अरबले केही यस्तो फैसला गरेको छ जसले ऊ समस्याबाट निक्लनुभन्दा फस्दै गएको छ । सन् २०१६ मा नाम चलेका शिया धर्मगुरु निम्र अल–निम्रसमेत ४७ जनालाई साउदीले फाँसी दिएको थियो ।

उसले यमनसँग युद्धविराम अन्त्य गर्यो । इरानसँगको कुटनीतिक सम्बन्ध समाप्त गरिदियो र सन् २०१७ मा कतारविरुद्ध नाकाबन्दीको घोषणा गरिदियो । यी फैसलाले साउदीलाई के फाइदा भयो  त ?

साउदीले ‘गरिब’ तथा सानो देश यमनलाई अहिलेसम्म जित्न सकेको छैन । साउदीले लगाएको नाकाबन्दीका कारण कतार साउदीले सोचेजस्तो कमजोर भएको छैन । इरानसँग थप दुश्मनी मोल्दै गएको छ । भनिन्छ कि साउदीले डरका कारण विभिन्न निर्णय लिने गरेको छ जुन पछि उसलाई भारी पर्ने गर्छ ।

साउदी अरबको मुख्य समस्या के हो ?
चर्चित पत्रकार तथा सम्पादक जेनिफर विलियम्सको विचारमा साउदी बाहिरी खतरा तथा आफ्नो कमजोरीको साथसाथै आफ्नो शासनको अन्तरविरोधमा जकडिएको छ । उनका अनुसार साउदीलाई जति बाहिरबाट डर छ, त्यति नै डर भित्रबाट पनि छ ।

सन् १९३२ मा औपचारिक रुपमै साउदी अधिराज्य बने देखिनै साउदी अरबले गम्भीर चुनौतीको सामना गर्नु परेको छ ।

इरानमा इस्लामिक क्रान्तिदेखिनै साउदी अरबले इरानप्रति सधैँ आफूलाई आक्रामक रुपमा प्रस्तुत गर्दै आएको छ । यस्तै व्यवहार साउदीको सबै छिमेकी देशहरुसँग छ भन्दा पनि हुन्छ ।

सन् १९७९ नोभेम्बरमा हतियारधारी इस्लामिक उग्रवादीहरुको समूहले मक्काको अल–हराम मस्जिदलाई कब्जामा लिएको थियो । कब्जा पछि उक्त समूहले हाउस अफ् साउदलाई गिराउने घोषणा गरेको थियो ।
यो घटनाले साउदीको प्रतिष्ठामा ठूलो चोट पुगेको थियो । तथापी यसका बाबजुद पनि साउदीमा शाही शासन चलिरह्यो । सन् २००० को दशकको मध्यमा अल–कायदाको चरमपन्थ बलियो भयो । तब पनि साउदीको शासन भने चलमल भएन ।

केही वर्ष अघि अरब क्षेत्रका कयैन देशहरुमा लोकतन्त्रको माग गर्दै नागरिक सडकमा उत्रिए । त्यो बेला पनि साउदी अरबमा कुनै असर परेन  यी सबै घटनाहरुलाई साउदी राजपरिवारको डरसँग जोडेर हेर्ने गरिन्छ ।

साउदी शासनमा रहेको डरको मुल जरो 
साउदीको नेतृत्वमा असुरक्षाको भावना बुझ्नको लागि केही तथ्यहरु जान्न जरुरी हुन्छ ।

इतिहासकार एलेक्सी वासिलिवले भीओक्सलाई दिएको इन्टरभ्यूमा भनिएको छ–साउदी अरबमा सातौं शताब्दीमा इस्लामको जन्मदेखि १८ औं शताब्दीसम्म विभाजित रह्यो ।

उनी भनेका छन्, ‘यहाँ सबै अरबीहरुसँग सत्ता थिएन । यो प्रायद्विपमा शान्ति र स्थिरता थिएन । सदियौंसम्म अरबका मानिस विभाजित थिए । धेरैजसोस–सानो राज्यमा बाडिएका थिए । उनीहरु घुमन्ते थिए र यीनका आ–आफ्ना गुट थिए । अरबमा घुमन्तेहरुबीच एकीकृत राज्यको परिकल्पना बिल्कुल थिएन ।’
जब साउदी अरबको जन्म भयो, यहाँका कबिलाहरुलाई एक गर्ने कोसिस गरिएको थियो । यो क्रम आज पनि जारी छ । साउदी शाही परिवारको बारेमा भनिन्छ कि उनीहरु नागरिकलाई एक बनाउनको लागि धर्म, पैसा र बलको प्रयोग गर्छन् ।

इरानमा सन् १९७९ मा इस्लामिक क्रान्ति भएपछि साउदीका लागि असुरक्षाको भावना बढ्यो । इरानी क्रान्तिले मुसलमान विश्वमा एक प्रतिस्पर्धी इस्लामिक शासनको विकल्प पेश गर्यो । यसले साउदी राजपरिवारको मनमा असुरक्षित पैदा गर्ने अवस्था थियो ।

इरानी क्रान्तिले राजतन्त्रलाई समाप्त गरिदिएको थियो । सन् १९७९ मा इरानी सर्वोच्च नेता अयातुल्लाह खोमेनीले खाडीका देशहरुमा अमेरिका समर्थित राजतन्त्रलाई फ्याक्न अपील गरे । उक्त अपीलमा उनले साउदीबाट पनि राजतन्त्र उखेलेर फ्याक्न भनेका थिए ।

इरान हुनत शिया मुस्लिम देश होला तर उसको शासन प्रणालीले मुस्लिम संसारको राजशाहीलाई चुनौति दिएको थियो । इरानले साउदीको तुलनामा आफैँलाई मुसलमानहरुको हितैषी भएको तस्वीर पेश गरेर साउदीलाई चुनौति दियो ।

साउदीको शाही परिवारको प्रासंगिकता साउदीको इस्लामिक साखसँग जोडिएको छ । साउदी इस्लामको रुढीवादी मानिने वहाबी धारालाई प्रोत्साहित गर्छ ।

 

साउदी शासकको डर
१.साउदी अरबको शाही परिवार सत्तामा आफ्नो पकड बनाइराख्न सधैँ सतर्क रहेको छ । जानकारहरुका अनुसार वर्तमान समयमा साउदी राजपरिवार भित्रै पनि मतभेद रहेको छ । साउदीलाई इस्लामिक विश्वमा कतै इरान त हावी हुने होइन भन्ने डर छ ।

२.राजतन्त्रविरुद्ध कतै साउदी नागरिकहरुले विद्रोह नगरुन् । इतिहासमा टयूनिसिया र इजिप्टमा जसरी नागरिकहरुले विद्रोह गरेर आफ्नो सत्तालाई फ्याक्ने हो कि भन्ने निरन्तरको भय छ ।

३.सुन्नी चरमपन्थीको बृद्धिसँग पनि साउदीलाई डल लाग्छ । कतै त्यीनले आफूहरुलाई भ्रष्ट र गैर–इश्लामिक घोषित गर्लान् भन्ने उसमा डर छ । यही कारण अल–कायदा र इस्लामिक स्टेटको उदय पनि साउदी शाही परिवारको लागि डराउने कुरा हो ।

४. पूर्वी प्रान्तहरुमा शियाको उदय पनि साउदीको लागि चिन्ताजनक छ । साउदी अरबको पूर्वी प्रान्तहरुमा ठूलो तेल भण्डार रहेको छ र सोही क्षेत्रमा अल्पसंख्यकको बसोबास छ ।

५.सीमामा इरानको बढ्दो प्रभावले पनि साउदी अरबको शासकहरुलाई अत्याउँछ । खास गरि बहराइन र यमनको सीमा क्षेत्रमा इरानको बढ्दो प्रभावबाट साउदी चिन्तित छ ।

६.यदि अमेरिकाले साउदी राजपरिवारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएर, पक्षधरता बदल्दै इरानतर्फ गयो भने पुरै स्थिति बदलिनेछ ।

७.मुस्लिमहरुको पवित्र स्थललाई लिएरु शाही परिवारबाट भरोसा उठ्ने डर छ ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180