Aawaj Nepal

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको रेडलाइट एरिया प्रस्ताव, के सम्भव होला रेडलाई एरिया बनाउन ?


आवाजनेपाल, २०७५ असोज ३ बुधबार


गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको रेडलाइट एरिया प्रस्ताव, के सम्भव होला रेडलाई एरिया बनाउन ?

काठमाण्डौ । प्रदेश न ४ अर्थात गण्डकी प्रदेश, जहाँ पर्यटन व्यवसायको अपार सम्भाब्यता छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने पर्यटन व्यवसायलाई विस्तार गर्न लागि नयाँ योजना ल्याएका छन् ।
पोखरालाई रेडलाइट एरिया तोक्ने र यौन ब्यबसायिलाई लाइसेन्स बाड्ने योजना उनले अघि सारेका छन् । यति मात्रै होइन, ति यौनकर्मीबाट कर उठाउनेसम्मका योजना मुख्यमन्त्रीले अघि सारेका छन् ।

गण्डकी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक औपचारिक कार्यक्रममा नै पोखरामा रेडलाइट एरिया तोक्ने र यौन व्यवसायको लागि लाइसेन्स बाँड्ने तयारीमा लागेको बताएपछि त्यसको समर्थन र विरोधमा सबै तिर बहस चर्किएको छ । अनेकौ संस्कृती र सभ्यतामा धनी देश नेपालमा रेडलाइट अर्थात बुझ्ने गरी भन्दा बेश्यालय खोल्ने योजना बहसमा आएको छ । अहिलेको अवस्थामा नेपालमा विदेशबाट आउने पर्यटकको लक्ष्य भनेको यौन प्यास मेटाउने नभै नेपालको प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक पक्षसँग साक्षात्कार हुनु रहेको पाइन्छ ।

इकोनोमिस्टमा छापिएको एउटा लेखमा दक्षिण एसियाको यौन व्यापारका सम्बन्धमा विज्ञ जोन फ्रेडेरिकले एक दशकअघिसम्म नेपालमा यौन उद्योग भूमिगत थियो । तर अहिले अघोषित रुपमा यौन व्यवसाय फैलिदै गएको छ । यो व्यवसायलाई समाजले पचाउन सकेको छैन भने राज्यले परिभाषित गर्न सकेको छैन । यस्तो अवस्थामा मुख्यमन्त्रीको अभिव्यक्ति चर्चामा मात्रै होइन, विवादमा पनि छ ।

व्यवसाय नियन्त्रण गर्न नसके पनि ब्यवस्थित गर्नुपर्नेमा दुईमत छैन । तर मुख्यमन्त्री गुरुङले भने झैँ वैधानिकता दिएर कर नै उठाउने वा अरु कुनै उपाय अपनाउने भन्नेमा समाज विवादित छ । नेपालमा यौन व्यवसाय कानुनी रुपमा प्रतिबन्धित छ । तर एक अध्ययनले नेपालमा व्यावसायिक रुपमा यौनकर्ममा लागेका महिलाको संख्या झन्डै ५५ हजार रहेको देखाएको छ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गरेको अध्ययनअनुसार नेपालमा महिला यौनकर्मीको संख्या न्यूनतम ४३ हजार आठ सय २९ देखि अधिकतम ५४ हजार एक सय ९७ छ । प्रतिवेदनले काठमाडौँमा सबैभन्दा बढी ९ हजार सात सय ८९ देखि ११ हजार ६ सय ७० महिला यौनकर्मी रहेको देखाएको थियो ।

महिला यौनकर्मीको संख्या उच्च रहेको जिल्लामध्ये भक्तपुर दोस्रो र ललितपुर तेस्रो नम्बरमा छन् । यौन व्यवसायलाई आधिकारिकता दिनु भन्दा पनि खुल्लमखुल्ला भइरहेको अवैध कामलाई कि त नियन्त्रण गर्नुर्पयो, त्यो नसकिने भए नियमन त गर्नैपर्ने हुन्छ ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180