Aawaj Nepal
Aawaj Nepal

टिका बम्जन : जिवनसँग हारेर पनि जितेका महान कलाकारसँगको कुराकानी(भिडियो सहति)


आवाजनेपाल, २०७५ भदौ १४ बिहीबार


काठमाण्डौ । चर्चित गीतकार, संगीतकार तथा गायक टिका बोम्जनले राष्ट्र र राष्ट्रियताका लागि ठुलो योगदान मात्र दिएका छैनन् धेरैको प्रेरणा स्रोत समेत बनेका छन् ।

२०३५ सालमा जन्मिएका टिका नेपाली सेनामा कार्यरत थिए । त्यहि क्रममा २०५९ सालमा २२ वर्षको उमेरमा उनले देश र जनताको सेवा गदै गर्दा आफ्ना दुवै हात गुमाएका थिए । काम गर्ने दुवै हात गुमाउँदा पनि उनले जीवनबाट हरेश नखाई आफ्नो कर्ममा लागी रहे । त्यहि बेला देखि आफ्नो मुखमा कलम च्यापेर गीत लेख्न थाले ।

उनका बहुचर्चित गायक, गायिकाहरुका साथै आफ्नै स्वरमा करिब ३०० भन्दा बढि गीत बजारमा ल्याई सकेका छन । टिका बोम्जनका माटोले माग्दैन आफैले दिनु पर्छ, छाँगाबाट झरना झर्यो, मार्यो मलाई मार्यो, दुखै दुख पाएँ, बार प्रिय बार काँडे तारले बार, तिमी मेरो हुनै पर्छ भनेको नि होइन, मेरी सानु, रोशी खोला, फूलबारीमा फूल फूल्यो लगायतका गीतहरु बजारमा चर्चित छन ।

उनी २०६० सालमा युथ फेडेरेशन युवा शान्ति दुत बनेका थिए, भने मुखैले सवै भन्दा धेरै गीत लेख्ने गीतकार, युनिक वल्र्ड रेकर्ड, एभरेष्ट आउटस्ट्याण्डीङ्ग एचिभमेन्ट, मिराकल अवार्ड, उत्कृष्ट संगीतकार, सर्वोत्कृष्ट गीत गायक, हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजीक अवार्ड लगायतका सम्मान उनले पाएका छन । बम्जनले एकल साभm पनि गरे । उनले हिमालयन नेपाली ईभेन्ट्स प्रालीको आयोजनामा गत बैशाख २८ गते आर्मी अफिसर क्लब भद्रकालीमा एकल साँझ सम्पन्न गरेको थिए । जहाँ धेरै स्रोता दर्शकको उपस्थीती रहेको स्मरण गर्दै उनी खुसी व्यक्त समेत गर्छन । जिवनसँग हारेर पनि जितेका महान कलाकार बम्जनको सफलता धेरैको प्रेरणा बनको छ ।

जीवनमा हारपछिको जीत र दुःखपछिको सुखलाई आत्मासाथ गर्ने उनको जीवन दर्शनलाई सबैले सम्मान गर्नुपर्छ ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180
370X180

धेरैपटक हेरिएको

370X180
370X180