Aawaj Nepal

झुठो उजुरी हाल्नेले सबै खर्चसहित क्षतिपूर्ति तिर्नुपर्ने


आवाजनेपाल, २०७५ साउन ३० बुधबार


काठमाडौं । भदौ १ बाट लागु हुन लागेको नयाँ मुलुकी देवानी संहिता ऐन २०७४ ले कसैले–कसैलाई झुठा उजुरी दिए उजुरीकर्ताले नै क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाले अब जो कसैले प्रमाणविना कसैमाथि उजुरी हाल्न सोच्नुपर्ने भएको छ ।

यसअघि रिसइवी राखेर पनि उजुरी दिनसक्ने र क्षतिपूर्तिको व्यवस्था नभएकाले झुठा उजुरी दिएर दुख दिने नियत देखिएकाले यो व्यवस्था गर्न लागिएको बताइएको छ ।

ऐनको दफा २८ मा झुठ्ठा उजुरी दिएको देखिएमा क्षतिपूर्ति भराइदिने व्यवस्था छ । जसको उपदफा १ मा कसैले कसैलाई दुख दिने वा हानिनोक्सानी पुर्याउने नियतले झुठा उजुरी दिएको ठहरेमा सम्बन्धित अदालतले त्यसरी झुठा उजुरीकर्ताबाट प्रत्यर्थीलाई मानसिब क्षतिपूर्ति भराइदिने उल्लेख छ ।

त्यस्तै उपदफा २ मा उपदफा १ बमोजिम भराइने क्षतिपूर्तिमा प्रत्यर्थीले अदालतमा आप्mनो प्रतिरक्षा गर्दा लागेको खर्च, अदालती दस्तुर र कानून व्यवसायीको खर्च समेत समावेश हुनेछ भन्ने व्यवस्था गरेको छ ।

Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180