Aawaj Nepal
Aawaj Nepal

सुन तस्कर प्रकरणका भुरा माछा पक्रिए तर ठुला माछाहरु कुन नदिमा पौडि खेलि रहेका छन ? सभामुख महोदय


आवाजनेपाल, २०७५ साउन ३० बुधबार


प्रतिनिधि सभाको आजको बैठकमा सभासदहरुलेले विभिन्न विषमा प्रश्न उठाएका छन् । वानेश्वर संसद भवनमा जारी बैठकमा सुन्य समय लिएर बोल्ने संसदहरुले प्रश्नहरु उठाएको हुन ।

शुन्य समयमा बोल्दै सभासद मिना सुब्बाले सरकारको काम केहि महिना अगाडि आसावादी भए पनि अहिले आएर किन अलमलीयो भन्दै प्रश्न गर्नु भएको छ ।

सुन तस्कर प्रकरणका भुरा माछा पक्रिए तर ठुला माछाहरु कुन नदिमा पौडि खेलि रहेका छन भन्दै उहाँले प्रश्न उठाउँनु भएको छ । असारे विकासको नाममा विभिन्न सडक विकासको नाममा लतरपतर गर्नेहरुलाई सरकारले किन जोई राजा मानिरहेको छ भन्दै प्रश्न उठाउँनु भएको हो ।

त्यस्तै सभासदल विमला नेपालीले दलित समुदायको अवस्था देशै भरी नाजुक रहेको र छुवाछुतले झन विकराल रुप लिएको बताउँनु भयो । छुवाछुतमा विवेदध गर्नेलाई कडा कारबाहिको माग गरेका छन् ।

त्यस्तै भरत कुमार साहले केन्द्रमा मात्र हैन प्रदेशमा पनि कर अनावश्यक रुपमा बढाईएकोमा विरोध गरेका छन् । प्रदेश स्तरमा साईकल मोटरसाईकलमात्र नभएर बाख्रा, गाई, मकै बेच्दा समेत कर तोकिएको आपत्ती जनाउँनु भएको हो । करको नाममा जोतिषदेखि पुरान भन्ने पण्डितलाई समेत कर तोकियोमा यो देशको संघियता नै खतरमा गएको बताउँनु भयो ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180
370X180

धेरैपटक हेरिएको

370X180
370X180