Aawaj Nepal
Aawaj Nepal

स्वास्नी हराएको सूचना : कथा


आवाज नेपाल, २०७५ साउन ५ शनिबार


उज्जन पौडेल

ठुस्स गनाएको काखी सुँघेर एक स्वाटमा जाँडको बटुको रित्याएपछि काइँलो बाहिरिन्छ । उसको खातामा निक्कै हिसाब बाँकी छ । सधैँ एक दुई बटुका जाँड रित्याएर खातामा पैसा चढाई ऊ त्यसैगरी बाहिरिने गर्छ । “यो मोराले कहिल्यै पैसा तिर्ने भएन”, होटेल साहुनी आजित भएर बेलाबेला ठूल्ठूलो स्वरले हपार्ने गर्थी ताकि ऊ लाजले पैसा तिरोस् । काइँलो भालि पल्टै लगेर सुक्का मोहोर होटेलको टेबलमा झारिदिन्थ्यो गरर्र्र्र्र् । ऊ त्यसो गर्दा साहुनीले गरेको बेइज्जतको भरपाई भएको ठान्दथ्यो । त्यसैको खुसियालीमा ऊ त्यो दिन तीन गुणा बढी पैसाको ट्वाँक स्वाट्ट पार्दिन्थ्यो । उधारो रकम घट्नुभन्दा झन् थपिँदै जान्थ्यो ।

काइँलो नराम्रो मान्छे होइन । उसको मनमा कसैप्रति गुनासो छैन । उसलाई सबैभन्दा बढी गुनासो छ त आफैप्रति, आफ्नै नसिबप्रति । ऊ कसैको पाप सोच्दैन । आफ्नै जीवनका दुलोहरू टाल्नमै बितिरहेको छ, उसको उमेर । ऊ एकातिर टाल्छ, अर्कोतिर दुलो भ्वाङ बनिसकेको हुन्छ । उसले जाँडको पैसा नतिर्नु नियोजित होइन । उसले अरू धेरै उधारो चलाएको छ, मानौँ ऊ नियोजित होइन तर उसको जीवन सुनियोजित छ ।

जाँडले उसलाई खासै छँुदैन । मान्छे भन्छन्, जाँड खाएपछि दुःख भुलिन्छ तर उसमा यो भनाइ बिल्कुल निराधार सावित हुन्छ । सायद जाँडभन्दा दुःखले बढी मात चढाउँछ उसलाई । ऊ जाँड खाएका बेला झन दुखित देखिन्छ । उसको अनुहारको गम्भीरता कहिल्यै तन्किएर हाँस्दैन । विष बढी भएपछि जसरी औषधी बेअसर हुन्छ, उसको जीवन त्यही विषादीभन्दा केही फरक छैन । उसको जीवन यति विषाक्त छ, मानौँ एकदमै विषालु सर्पको विष उसको पीडाको छेउमा अमृत लाग्छ । जाँडले उसलाई आज पनि खासै छोएको छैन, उसलाई छोएको छ त दशाले । सायद त्यही दशा निमिट्यान्न पार्न ऊ हर साँझ जाँडको सहायता लिन्छ । जाँडले बुझ्छ उसको दशा, पोखाइदिन्छ उसका वेदनाहरू, हलुका बनाइदिन्छ भारी मन । जाँड बढी लागेको दिन निक्कै रुन्छ काइँलो । भाउन्न भएर हल्लिरहेको हुन्छ उसको शरीर तर भावनाहरू निक्कै सशक्त हुन्छन् त्यसबेला । ऊ संसारलाई जितेर निस्किएको महान् योद्धा सम्झिन्छ आफूलाई अनि क्रोधसहित बाटोभरी पोख्दै हिँड्छ आर्तनादका भारी भाकाहरू । उसलाई समाजले जँड्याहा भनोस् या फटाहा उसमा कुनै विष्मय र प्रतिकार गर्ने उत्साह छैन । ऊ जाँड खाएको बेला जितेको योद्धा भए पनि वास्तवमा जीवनदेखि हारेको हरुवा हो । सधँै हार्ने हरुवालाई जित्ने अभिलाषा पनि निकै कम हुँदो रहेछ क्यारे त्यसैले होला काइँलो जितको सँघारमा पुगेर पनि जानाजान हारिदिन्छ अचेल । सायद ऊ सन्तुष्ट हुन्छ अरूलाई बनाउनमै तर ऊ कहिल्यै बन्ने भएन । उसको जीवनकाल मातिएरै बित्ला भन्ने डर उसको परिवारलाई पनि छैन किनकि परिवार भएर पनि एक्लिएकोे मान्छे हो काइँलो ।

काइँलाको परिवारमा काइँली र दुई सन्तान थिए । एउटा छोरो एउटी छोरी । छोरी उमेर पुगेकी थिई । गिद्दे नजरहरू उसलाई चाख्न मरिहत्ते गर्थे । छोरीको बिहे गर्न ज्यानै बेच्नुपथ्र्यो उसले । बायाँ पट्टिको किड्नी बेचेर बनाएको सानो छाप्रोले पनि गती छाड्दैथियो । कतै घरभित्रै घुम ओढ्नु नपरोस् ऊ चिन्तित रहन्थ्यो । पोहोर सालको वर्षामा केही दिन घुम ओढेरै कटाएको रात ऊ कहाँ भुल्न सक्थ्यो र रु उसले आङको लुगा फाटेर धेरै ठाउँ टालेको थियो तर ऊ त्यसको मतलब गर्दैनथ्यो । ऊ आफ्नौ लुवाइमा खासै गम्भीर नभए पनि स्वास्नी र छोरीकोमा निक्कै गम्भीर हुने गथ्र्यो । कहिलेकाहीँ काइँलीको काखमा सुतेर “काइँली चोलो धेरै नधो हई खिइएर चाँडै च्यातिन्छ” भन्न विवश थियो । ऊ लाचार थिएन तर लाचारी देखाउन बाध्य थियो । काइँली गहभरी आँशु बोकेर भन्थी ‘मेरो त चोलो च्यातिए पनि लाउँला छोरीको हालत बिजोग छ ।’ यस्तो सुन्दा ऊ गुलाफको शयनमा सुतेर काँडाले घोचेको अनुभव गथ्र्यो । मुखियाकी छोरीले लगाएर फ्याँक्न ठीक पारेको घाँघर मागेर ल्याई आफ्नी छोरीलाई लगाइदिएको थियो काइँलाले दुई वर्ष अगाडि । दुई सालमा निक्कै बुट्टेदार भइसकेको थियो घाँघर । मक्किएर जहाँ छुँदा पनि च्यातिएला जस्तो घाँघरलाई देखाउँदै काइँलो भन्थ्यो ‘जोगा है छोरी, अर्को महिना अर्कै व्यवस्था गर्छु’ तर त्यो अर्को महिना कहिल्यै आउँदैनथ्यो । छोरी ‘बुबा मलाई यो घाँघर सानो भयो, तैपनि मेरो उमेर घाँघर लाउने होइन’ भन्न थालेकी थिई । छोराको टाउजर च्यातिएर लाज देखिन्थ्यो । छोरो धन्न सानै छ यसो सोच्दै ऊ लामो सास फाल्थ्यो ।
काइँलाले यदि पढेको भए जागिर भेट्ठाउँथ्यो पनि होला तर सिलोटमा क लेखेर सुरु भएको उसको पढाइले कहिल्यै ख सम्म लेख्न भ्याएन । ऊ छोराको भविष्य आफ्नो वर्तमानसँग तुलना गर्न थालेको थियो । कतै मेरो छोरो पनि म जस्तो भयो भने उसको मानसपटलमा एकाएक काला बादलहरू मडारिन्थे । ऊ बारम्बार आँशुका ढिक्काहरू खसालेर ती काला बादलहरू हटाउने प्रयत्न गथ्र्यो तर विवशताले उसलाई खिचिरहन्थ्यो । संसारमा विपरीत धु्रवहरू एक अर्कालाई आकर्षित गर्छन् भने सम धु्रवहरू विकर्षित तर विडम्बना गरिबी र समस्या एकै धु्रवहरूको मेल थियो उसको जीवन ।

एक दिन मुखियाकोमा जाँदा ऊ निक्कै खुशी भएको हुँदो हो, त्यसैले ऊ मुखियासँग निकैबेर रोयो पनि । ती आँशुहरू दुःखका थिएनन्, हर्षले छचल्किएका थिए । त्यस दिन मुखियाकी छोरीलाई सानो भएको नयाँ लुगा उसले पाएको थियो । मुखिनीको पुरानो धोती र मुखियाकै थोत्रे ज्वारीकोट र सुरुवालसमेत उसले पाएको थियो । ऊ जति खुशी मुखियाकी छोरीको लुगा पाउनमा भयो, त्यति खुशी त उसले आफ्नो जीवनमा सायद पहिले कहिल्यै अनुभव गरेको थिएन । ऊ फुरुङ्ग हुँदै मुखिया परिवारको कृपाप्रति कृतज्ञ भएर फर्कियो । उसलाई त्यो दिन दशैँ आए बराबर भएको थियो । ऊ त्यति खुशी थियो मानौँ संसारमा भएका हर चीजबीजहरू सुख ऐस आराम उसले झोलीभर सँगालेर घर ल्याएको थियो तर उसको त्यो खुशी लामो समय टिक्न सकेन । उसकी छोरी ऊ आउनुपूर्व नै नयाँ पहिरनमा ठाँटिएर बसेकी थिई । उसले त्यो लुगा कसले दिएको सोध्न नपाई छोरीले उत्तर दिई “चौतारे हवल्दार बाकोमा काम गर्न आको नयाँ केटाले देको । राम्रो छ है बा रु” काइँलाको रिसको सीमा नाघिसकेको थियो, झन हवल्दार बाकोमा काम गर्ने केटाले दिएको भनेपछि उसका कन्सिरीका रौँ पनि ताते । आवेशमा काइँलाले छोरीलाई दुई चड्कन लगायो । उसको रिस किन पनि बढेको थियो भने गाउँभर उसको छोरीको र त्यो केटाको चर्चा व्यापक थियो । कोही तेरी छोरीलाई मकैबारीमा रङ्गेहात भेटेको थिएँ भन्थे त कोही फापरबारीमा तर उसले अरूको कहिल्यै विश्वास गरेको थिएन । मान्छेले पखालेका होलान् खसालेका होलान् ऊ त्यही सोच्थ्यो । उसकी छोरीले नराम्रो काम गर्ली, लोभ र मोहमा फसेर आप्mनो परिवारको इज्जतलाई नङ्ग्याइदेली भन्ने उसले कहिल्यै सोचेको पनि थिएन । “तँलाई अर्काले सित्तँैमा दिएको लिनुपर्छ रु त्यसको नियत खराब छ । यो लुगा लगेर फिर्ता गरिदे” रुखो हुँदै काइँलाले छोरीलाई सम्झाएको थियो । “भो बा आदर्शका कुरा नगर । आदर्शले मेरो लाज ढाकेको भए म अर्काले देको लाउन्न थिएँ । खान्नथेँ । तिमीले पनि के नै देका छौ र रु अरूले लगाएर फालेको थोत्रो थाङ्नामा छोराछोरीको लाज ढाकेँ भनेर घमण्ड नगर” छोरी फन्किएर हिँडेकी थिई । काइँलो अवाक् भएको थियो । सोच्दैथ्यो गरिवको एउटै धन इमान छोरीले जरै छिमोल्ने भई ।

भोलिपल्टको घाम काइँलाको घरमा उज्यालो बोकेर आएको थिएन, त्यसको सट्टा भयानकता बोकेर उदाएको थियो । काइँलाकी छोरी घरमा थिइन । ऊ कहाँ गई कसैलाई थाहा भएन । काइँली झन् त्यसबारे विल्कुल अनभिज्ञ थिई । काइँली एउटा कुनामा बसेर निक्कैबेर रोई । काइँलो अर्को कुनामा बसेर पश्चातापमा जलिरह्यो । सानो छोरो आमा बुबाको चर्तिकलाले रनभुल्लमा थियो, किंकर्तव्यविमूढ । बेलाबेला काइँला–काइँलीले छोरी भनेर कोकोहोलो गर्दा ऊ पनि केही क्षण अनुहार विरूप पारेर दिदी भनिदिन्थ्यो । “तिमीले गर्दा मेरी छोरी घर छाडेर गई मेरी छोरीलाई जसरी पनि खोजेर ल्याऊ” काइँली अर्धचेत हुनेगरी विलाप र आर्तनादमा डुबिरहेकी थिई । छोरीसँगको वियोगको पीडा ऊ अनुहारमा छताछुल्ल पोखिरहेकी थिई । काइँलो सोही घडीमा धिक्कार्दै थियो आफनो जीवनलाई । ऊ नियाल्दै थियो । उसले तय गरेका उपलब्धिहीन यात्राहरूलाई र छामिरहेको थियो खाटा नबसी दुखिरहने आला घाउहरूलाई । भविष्यप्रतिको सोच र गन्तव्यविहीन पाइलाहरूले उसलाई भतभती पोलिरहेका थिए । मानौँ ऊ अत्यधिक गर्मीमा मरुभूमिको यात्रा गरिरहेको थियो । कठिन यात्रामा छिचोल्दै थियो, काँडेदार बुट्यानहरू । हुन पनि उसले तय गरेको बाटो मरुभूमी भन्दा किमार्थ फरक थिएन । उसले उद्यम गरेको थियो, उसको जीवन व्यर्थ थिएन । हातका दश नङ्ग्रा खियाएर बिहान बेलुकी परिवारलाई खोलेसम्म खुवाँउथ्यो । उसले राम्रो खुवाउन लुवाउन कोसिस गरेकै थियो तर समयले नै उसलाई लत्याएर लाछी बनाइदियो । “सायद नियतीले पनि कमजोरलाई नै मात खुवाउँदा रहेछन् । समय पनि कमजोरलाई नै मार खुवाउन चलिरहँदो रहेछ । मृत्यु पनि कमजोरलाई थप पीडा दिइरहन नजिक आउँदो रहेनछ” ऊ बेलाबेला यस्तै हारेको अभिव्यक्ति दिन्थ्यो ।

काइँलो आफूलाई अपराधी महसुस गर्न थालेको थियो । उसको अपराध केवल छोरीलाई गलत कदम नउचाल्न सम्झाउनु थियो । “के छोराछोरीको इच्छा आकाङ्क्षा पूरा गर्न नसक्दैमा उनीहरूप्रतिको हाम्रो अधिकार सकिन्छ रु” ऊ खाली जेलिन्थ्यो यही प्रश्नमा । उसको मनमा ग्लानि थियो । उसले फकाउन बोलेका वाक्यहरूको यस्तो अनर्थ लाग्ला सायद उसले कल्पनासमेत गरेको थिएन । मनचित्तै नसोचेको कुरो हकिकत भएर उसको अगाडि उभिएको थियो । काइँलो जन्मिदै टुहुरो जन्मेको मान्छे । उसले बाबुआमाको छत्रछाया कहिल्यै अनुभव गर्न पाएन । सायद त्यसैले होला उसले आफ्ना छोराछोरीलाई बाबुले दिने स्नेह र सुरक्षा दिन सकेन । यसमा काइँलाको गल्ति तिल बराबर पनि देखिँदैन ।

भोलिपल्टदेखि काइँलो ‘छोरी हराएको सूचना’ बोकेर हिँड्न थाल्यो । कसैले पनि उसकी छोरीलाई देखेको भन्दैनथे । ‘भागी होला नि कुुुुनै ठिटोसँग उमेर पुगेकी छोरी कहाँ घर बस्छन्’ भन्थे कोहीकोही । हवल्दार बाकोमा काम गर्न बसेको केटो पनि काइँलाकै छोरी हराएको दिनदेखि बेपत्ता थियो । त्यसैले शङ्का गर्ने प्रशस्त आधारहरू पनि थिए र गाउँलेले कुरा काट्ने मेलो पनि । ‘पक्कै त्यही केटाले भगायो तेरी छोरीलाई’ गाउँभरी आलोचनाकी पात्र भएकी थिई उसकी छोरी । पानी पँधेरादेखि ग्राम पञ्चायतसम्म यही विषयले भरिएको हुन्थ्यो । काइँलाले निरन्तर खोजिरह्यो तर पनि केही उपलब्धि हात लागेन । यता काइँला र काइँलीबीचको सम्बन्धमा यही विषयले ठूलो दरार पैदा गरिसकेको थियो । उनीहरू कुकुर बिराला भएका थिए एकले अर्कोलाई देख्नासाथ झम्टिहाल्ने । एक दिन छोरीकै खोजीको सिलसिलामा बजार घुम्दै गर्दा एकजना मान्छेले उसकी छोरी बम्बईमा देह व्यापारमा संलग्न रहेको कुरा भनिदियो । म पनि सुतेको छु तेरी छोरीसँग काइँलो निलो कालो भयो । छाँगाबाट खसेजस्तो भयो काइँलो । सिसाको गिलास झरयाम्म गरेर फुटेजस्तै गरी फुटयो उसको मन । त्यो साँझ निक्कै पिएर घर पुग्यो काइँलो । घरमा बसेर छोराछोरीलाई समेत हेर्न नसक्ने नकचरी भन्दै बूढीलाई निर्ममतासँग कुट्यो बूढाबूढी दुवै बेस्कन रोए । बूढी पीडाले रोइ बूढो त्योभन्दा ठूलो दुःखले रोयो ।

भोलिपल्टदेखि काइँली पनि घरमा बसिन । काइँली तीन चार दिनसम्म घर फर्केर आइन । सायद निर्घात कुटाइले निकै आहात पु¥यायो काइँलीको मनमा । काइँलोलाई कसैलाई नपरेको पीर आइप¥यो । हावा हुण्डरीको एक झोँकाले तहसनहस पारिदियो उसको घर । घर भनेको मन्दिर हो, मन हो । खै कहाँ गयो उसको मन्दिर रु कहाँ हरायो मन रु एकदमै बहुलाजस्तै भयो काइँलो । जर्जर भयो उसको जीवन । काइँलो “स्वास्नी हराएको सूचना” बोकेर हिँड्न थाल्यो । घरमा केवल ऊ र एउटा नाबालक छोरो मात्र भए । कहिलेकहीँ स्वास्नी खोज्न जाँदा छोरालाई पनि साथै लिएर हिँड्थ्यो काइँलो, बैगुनीको मन पग्लिन्छ कि भनेर । छोराले भोक लाग्यो भनेर कराउँदा सडकको पेटीमा माग्न राखिदिएर ऊ निरन्तर बूढी खोज्दै भौँतारिन्थ्यो । छोराले मागेर जम्मा गरेको अलिकति पैसाले छोरालाई खुवाउँथ्यो त बचेको पैसाले ऊ भट्टीमा गएर एक बटुका जाँड स्वाट्ट पाथ्र्यो र केही क्षण शितल पाथ्र्यो जलिरहेको आँतलाई ।

अस्ति भट्टीमा बसेर जाँड खाँदै गर्दा उसको र मेरो भेट भएको थियो । उसले त्यो भट्टीमा मलाई नौलो देखेर सोध्यो ‘मेरी स्वास्नी देख्नुभएको छ रु’ मलाई एकाएक यस्तो प्रश्न सुन्दा लाग्यो ऊ कुनै पागल हो या स्वास्नी पीडित । मैले टाउको हल्लाएर छैनमा उत्तर दिँए । उसको छोरो निकै खिन्न देखियो मेरो जवाफप्रति । काइँलोले भन्यो, ‘भेट्नुभयो भने खबर गर्दिनु हई । छोरो टुहुरो छ रे भनेर अनि सुनाइदिनु, छोरासँगै टुहुरो भएको लोग्नेको व्यथा ।’ यति भन्दै काइँलो बाहिरियो । जाँदाजँदै छोराले पनि आँशु झारेर रुँदै भन्यो ‘बा जाँडले गर्दा खिनाउटे भइसके बाउ छोराको माया लाग्छ रु कि लाग्दैन रु भनेर सोधिदिनुु है’ भन्दै बाउसँगै पछिपछि लाग्यो । मलाई ती बाउ छोराको अनुहारले निकै पिरोलिरहे । त्यसैले कृपया काइँलाकी स्वास्नी भे्रट्टाउनुहुनेले उसलाई सम्झाई बुझाई गरेर घर पठाइदिनु होला । उसलाई अभागी बाबु छोरा पर्खी बसेका छन् । म पनि काइँलाकी स्वास्नीको खोजीमा छु, ऊ कहाँ छे थाहा भए खबर पाऊँ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180