Aawaj Nepal
Aawaj Nepal

डाक्टर भन्छन नेपालका ५५ लाख मानीसमा मानसिक रोगको समस्या छ


आवाज नेपाल, २०७५ असार २१ बिहीबार


 

काठमाडौँ । नेपालमा ५५ लाख नागरिक कुनै न कुनै रूपमा मानिसक रोगबाट गुज्रिरहेका छन् ।

अहिलेसम्म १५ प्रतिशत मात्रै मानसिक रोगी उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको एक अध्ययनले देखाएको छ । त्यो पनि रोगले निकै च्यापिसकेको अवस्थामा ।

मानसिक रोगीलाई लक्षित गर्दै सरकारले वि।सं। २०४९ सालमा स्थानपना गरेको मानसिक अस्पताल देशकै अभिभावकको भूमिका निभाइरहेको छ ।

बर्सेनि बिरामीको सङ्ख्या बढ्दै गए पनि केन्द्रका अस्पताल भने ५० बेडमा सीमित हुनु परेको छ । बेड अभावकै कारण कतिपय बिरामी फर्कनुपर्ने बाध्यता छ ।

मानसिक रोगी कम भएर हो या सरकारले चासो नदिएर हो, मानसिक रोगी किन पाटन अस्पताल आउन मान्दैनन् रु आए पनि कुन अवस्थामा आइपुग्छन् रु निको हुने सम्भावना कति रहन्छ आदि विषयमा पाटन अस्पतालको अवस्थाबारे अञ्जु तामाङले निर्देशक डाक्टर मोहनराज श्रेष्ठ  सँग गरेको कुराकानी :

अस्पतालमा दैनिक सेवा लिनेको सङ्ख्या कति हुन्छ ?

दैनिक १ सय १० जनासम्म आउँछन् । नयाँ र पुराना गरेर १ सय २० जनासम्म हुन्छन् । यसमा पनि १० प्रतिशत जति बालबालिका छन् भने तुलनात्मक रूपमा महिला र पुरुषको सङ्ख्या बराबर नै छ । पहिला मानसिक रूपमा समस्या देखिएको बालबालिकालाई यही अस्पतालमा रिफर गर्ने चलन थियो तर अहिले बालबालिकामा भएको समस्याको बारेमा भने कान्तिबाल अस्पतालले हेर्ने गरेको छ । त्यसो भएको हुँदा उता जाने गरेका छन् । कान्तिमा विगत २ वर्षदेखि बाल मानसिक विशेषज्ञ भएको हँुदा धेरै बालबालिका उतै पठाउने गरेका छौँ ।

मानिसक रोगीहरू कुन अवस्थामा अस्पताल आइपुग्छन् ?

मानिसक रोगी सुरुमा धामीझाँक्रीमा जान्छन्, त्यसपछि जिल्ला अस्पताल अनि बल्ल तेस्रो पटक मात्रै अस्पतालमा आइपुग्छन् । समस्या देखिन साथ अस्पताल आउने भनेको १० देखि १५ प्रतिशत हुन्छन् होला । नेपाल सरकारको केन्द्रीय अस्पताल भएको कारण कडाखालका मानसिक रोगी यही अस्पतालमा आउने गरेका छन् । कडाखालको मानिसक रोग कुल जनसङ्ख्याको १ देखि २ प्रतिशतलाई मात्रै हुन्छ । तर हरेक रोगबाट दिमागमा असर हुने भएको कारण २० देखि ३० प्रतिशत जनसङ्ख्यामा सामान्य खालको मानसिक रोग हुन्छ । जसअन्तर्गत उदासिनता, मन आत्तिने, लागूपदार्थ दुव्र्यसनी जस्ता बिरामीहरू बढी देखिन्छ । पछिल्लो समय त्रि।वि। शिक्षण अस्पताल, प्रसूतिगृह, मेडिकल कलेजहरूमा मानिसक विभाग सञ्चालन गरिएको छ । त्यहीँ उपचार हुन्छ । कडा खालको मानसिक रोग प्रतिशतको आधारमा कम भए पनि नागरिकले हेर्ने दृष्टिकोण निकै फरक छ । मानिसक रोग भनेपछि यो बौलाएकै हो भन्ने ठान्दा रोगीलाई झनै समस्या भइरहेको छ ।

यस्ता कडा खालका रोगको उपचारपछि निको हुने सम्भावना कतिको हुन्छ ?

वंशाणुगत, बायोलोजिकल लगायत विभिन्न कारणले मासिनक रोग लाग्छ । यस्तै प्रतिस्पर्धा, असफलता, हरेक कुरामा तनावले पनि मासिक रोग लाग्न सक्छ । हाम्रो समाजमा उसले यो गर्यो । मैले गर्न सकिनँ जस्ता कुराले आफ्नो काममा सन्तुष्टि हुन नसक्दा पनि मानसिक समस्या हुन्छ । हामी आफ्नो कारणले होइन । अरूको कारणले दुःखी भइरहेका हुन्छौँ, जब एक अर्कामा तुलना गरिन्छ । बालबालिकाको हिसाबमा अरूले फस्ट डिभिजन ल्यायो भन्दैमा उसले पनि ल्याउनुपर्ने दबाब परिवारले दिँदा हीनता बोध हुने र मानसिक रूपमा नकारात्मक असर पर्छ । यस्ता विभिन्न समस्याले गर्दा मानिसले मादक पदार्थ, लागू पदार्थमा फस्न बाध्य हुन्छन् । तर परिवारमा यो पनि एउटा मानसिक रोग हो भन्ने कुराको बारेमा जानकारी नै हुन्न । रक्सी पछिल्लो समय धेरै व्यक्तिको तनावको औषधि बन्दै गएको छ । चाडपर्वमा खाने आफ्नो ठाउँमा छ तर अहिलेत रक्सीबिना बाँच्नै नसक्ने पनि छन् । यस्तो व्यक्तिलाई स्वास्थ्य परीक्षण गर्न जरुरी छ ।

अस्पतालको कुरा गर्ने हो भने भर्ना भएका ९० प्रतिशत मानिसक बिरामीहरू छन् । उनीहरूलाई आफूलाई के भएको हो, के गर्न हुन्छ के हुन्न भन्ने सबै कुरा थाहा हुन्छ । तर बिरामीले गर्ने व्यावहार, सोच, क्रियाकलापमा फरक भइरहेको हुन्छ । नेपालमा धेरैजसो मध्यपान र गाँजा खानेहरूमा बढी मानसिक समस्या देखिन्छ । सुरुमा साथीभाइ, रमाइलोका लागि खान्छन् अनि बानी बस्छ । त्यसपछि दूव्र्यसनमा फसेपछि मानिसक समस्या देखिन थाल्छ । यीमध्ये ७० प्रतिशत नियमित औषधि सेवनबाट निको हुन सक्छन् । बाँकी नियमित औषधि सेवन गरे पनि शतप्रति निको पार्न सकिँदैन ।

तर मानसिक रोग नियमित औषधि सेवन गरिएन भने बल्झिने सम्भावना बढी हुन्छ । एक पटक डिप्रेसन भयो भने दोस्रो पटक ५० प्रतिशतलाई हुने सम्भावना हुन्छ र तेस्रो पकटसम्म ९० प्रतिशतलाई दोहोरिने सम्भावना हुन्छ । सामान्य प्रक्रियामा आउने रोग हो भने ६ देखि १२ हप्तासम्म नियमित औषधि सेवन गरेको खण्डमा ठीक हुन्छ । त्यसपछि ६ देखि ९ महिनासम्म अर्को पटक औषधि खानुपर्ने हुन्छ । टिभी, मधुमेहको जस्तै यो रोगको औषधि पनि नियमित खानुपर्ने हुन्छ । मानसिक रोगीमा औषधि खाने अनि सामान्य अवस्थामा आएपछि छोड्ने प्रवृत्ति धेरै भएको हँुदा बल्झिने सम्भावना बढी हुन्छ ।

बिरामी मानिसक अस्पतालमा नआउनुको कारण केके हुनसक्छन् ?

अरू अस्पतालमा जानु र मानसिक अस्पतालमा आउनुको सिनारियो निकै फरक रहेको छ । टिचिङ अस्पतालमा मासिक रोगी लगियो भने खासै शङ्का गरिन्न । त्यहाँ सबै प्रकारको रोगको उपचार हुन्छ । तर हाम्रोमा सामान्य टाउको दुखेर उपचार गर्न आउँदा पनि मानसिक रोगी ९बौलाएर० आएको भन्ने छाप छाप पर्छ । यही कारणले पनि रोगीहरू अस्पताल आउन चाहँदैनन् । मुख्यतः युवा उमेरका महिलाहरू आउनै चाहँदैनन् । हाम्रो अस्पतालमा सीसीक्यामेरा राखेको छैन तर पनि यहाँ आएपछि चिनेको मान्छेले देख्यो भने ला यसलाई पनि मानसिक रोग लागेछ भन्ने अरूलाई पनि भनिदिने डर मान्छन् । त्यसैले बिरामी रोगभन्दा पनि अरूले थाहा पाउलान कि भन्ने डरले नै आउँदैनन् । यहीँका बिरामी पनि अल्का अस्पताल, टिचिङ अस्पताल जान्छन् । यहाँ आउने भनेका विपन्न परिवार, दुर्गम गाउँबाट आउने, उपचार गर्नुपर्यो भनेर चिठ्ठी बोकेर आउने मात्रै आउँछन् । यही कुरालाई विश्व स्वास्थ्य सङ्गठनले ट्रिटमेन्टग्याप भन्ने गर्दछ ।

अझै ८५ प्रतिशत मानसिक रोगी उपचारभन्दा बाहिर छन् । दुर्गमको नागरिकलाई पनि यहाँ आउनुपर्छ भन्ने थाहा छ तर आर्थिक अवस्थाको कारणले पनि आउन सकेका छैनन् । अज्ञानता, अन्धविश्वास र अशिक्षा जस्ता कुराहरूले अझै पनि मानसिक रोगीहरू स्वास्थ्य संस्थामा आउदैनन् ।

अस्पतालको नाम नै मानसिक राखेर पनि बिरामी आउन नचाहेका हुन् कि ?

त्यो पनि एउटा मुख्य कारण हो । मानसिक रोग भनेपछि धेरैले बौलाह, पागलका रूपमा नै हेर्ने गर्दछन् । यही कारण समाजको डर, अस्पतालमा जाँदा मलाई कसैले देख्ने हो कि भन्ने जस्ता डरले नै उपचारमा आउँदैनन् ।

मानसिक नामले नागरिकमा नराम्रो छाप बसेको छ । यसलाई हटाउने हो कि भन्ने कुरा पनि भएको छ । मुलुकी ऐनमा पनि निर्वाचनको आचारसंहिताको कुरा गर्ने हो भने उम्मेदवारले भर्ने फारममा ९बौलाह० अर्थात मानसिक रोग नभएको व्यक्तिले उम्मेदवारी दिनुपर्ने छ भनेर उल्लेख गरिएको छ । कानुनी रूपमा नै चलेको बौलाह शब्दलाई हटाउनुपर्ने कुरा पनि उठेको थियो । तर हटाउन गाह्रो छ ।

मानिसक रोगप्रति सरकारको चासो कस्तो छ ?

मानसिक स्वास्थ्यको कुरा गर्ने हो भने पहिलाको दाँजोमा केही मात्रमा परिवर्तन आएकै हो । कर्मचारी बढेका छन् तर सरकारको नजरमा मानसिक रोग पर्न सकेको छैन । मानिसक रोग यो सर्ने रोग होइन । मर्ने रोग पनि होइन । अनि सरकारले यो रोगमा बढाउनुपर्ने सेवा सुविधालाई खासै चासो दिएको छैन । अरू स्वास्थ्यमा दिएको सेवा सुविधा भन्दा निकै कम रहेको छ । एक आर्थिक वर्षमा १ करोड जति बजेट पर्छ । त्यसमा पछि ८० लाख जति तलब, भत्तामै सकिन्छ बिरामीलाई रासन, पानी, औषधि गर्दा नै सकिने हो । अस्पताल चल्ने भनेको आन्तरिक स्रोतबाट नै हो । मानसिक रोगीलाई जति हामीले सोचेका छाँै त्योभन्दा नितान्त फरक रहेको हुन्छ । मानसिक रोगीप्रति अपनाउनुपर्ने व्यवहारमा फरक हुनुपर्छ । उनीहरूको कुरा सुन्नुपर्यो । हामीले उपचार गर्दा कहिले पनि बिरामीबाट नराम्रो व्यवहार भएको पाएनौँ । तर उनीहरूसँग ठूलो स्वरमा बोल्ने हो भने पिट्न नै झम्टिने खालका पनि हुन्छन् । त्यो तपार्इं हामीमा भरपर्ने कुरा हो ।

एउटा अस्पतालले बिरामी धान्नुपर्दा कस्ता कस्ता समस्य आउँछन् छन् ?

केन्द्रीय अस्पतालका रूपमा मानिसक अस्पताल मात्रै रहेको छ । तर मानसिक भन्ने शब्दले नागरिकलाई समस्या भइरहेको छ । नेपालमा पछिल्लो समय सञ्चालन भएका मानिसक अस्पतालहरू भए पनि नाम मानसिक राखिएको छैन् । तर नेपाल सरकारले यही नाम राख्दा बिरामीहरू आउन सकेका छैनन् । नाम परिवर्तन गर्नुपर्छ भनेर छलफल पनि नभएको होइन तर अहिलेसम्म परिवर्तन हुन सकेको छैन । हामीले बिरामीसँग जनरल बेडको ५० रुपियाँ र क्याबिनको २ सय ५० लिने गरेका छौँ । भर्ना भएको बिरामीका लागि खाना फ्री र अस्पतालको फार्मेसीमा भएको औषधि पनि फ्री नै दिने गरेका छौँ । हाम्रो अर्को समस्या भनेको केन्द्रीय अस्पताल भए पनि हामीसँग ५० बेड मात्रै छन् । बाहिरी जिल्लाबाट बिरामी एम्बुलेन्स राखेर ल्याएको हुन्छ तर उपचारपछि बेड छैन भन्दै भारी मनका साथ बिरामी पठाउनुपर्ने बाध्यता छ । यो विषयमा सरकारलाई जानकारी पनि गराएका छौैँ । योजना छ तर काम छैन । योजना मात्रै भएर हुन्न सुनुवाइ पनि हुनुपर्यो । स्वास्थ्यमा पर्ने मुख्य रोगमध्ये मानसिक रोग पनि एक हो तर भनेको जस्तो काम भएको छैन । सय बेडमा लाने भनेर ओएनएम सर्भे गरेको ३ वर्ष भयो तर काम अहिलेसम्म भएको छैन ।

साइक्याट्रिक स्टाफनर्स १० जनाको दरबन्दी हो ६ जना कार्यरत छन् । नवौँ, दसौँ तहको पद ६ वर्षदेखि खाली छ । ल्याब टेक्निसियनको एक जनाको दरबन्दी हो, त्यो पनि खाली छ । प्रशासनमा मेडिकल रेकर्डर राख्ने नासु पनि खाली छ । नेपाल सरकारले स्वीकृत गरेको दरबन्दी खाली हुँदा अस्पतालले मासिक तलब दिएर करारमा कर्मचारी राखेका छौँ । यता पानीको पनि निकै समस्या रहेको छ । दैनिक अस्पतालका लागि एक ट्याङ्कर पानीले धान्ने गरेका छौँ । समस्याको कुरा गर्ने हो भने धेरै ठाउँमा समस्या नै समस्या छन् । यी विभिन्न समस्याको बाबजुत पनि नागरिकलाई प्रभावकारी सेवा दिने तयारीमा हामी लागिरहेका छौँ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180