Aawaj Nepal
Aawaj Nepal

महिला–पुरुषहिंसा अन्त्य गरौं, एकै रथका दुई पांग्रा बनौं


आवाज नेपाल, २०७५ असार १६ शनिबार


नुवाकोटका सुमन खत्रीले ३५ बर्षको हुदाँ १७ बर्षकी युवतीसँग विवाह गरे । आफ्नै फुपूले खोजिदिएकी ललितपुरको केटी । भर्खर प्लस टु सकेकी छोरी अझै अगाडि पढोेस् र आफ्नै खुट्टामा उभियोस् भन्ने अभिलाषा बाबु–आमाको नभएकै त होला, केटा जापान बसेको भनेपछि बिहे गरियो । न उमेरले फरक पार्यो, न शिक्षाको नै अभाव खड्क्यो ।

अन्ततः परिवारकै सहमतिमा आफूभन्दा दोब्बर उमेरको केटासँग छोरीकै राजीखुशीमा विवाह गरिदिएर पठाइयो । विवाह पनि हतार हतारमै मन्दिरमा भयो । र, बिहे गरेको चार दिनपछि नै दुबैजना जापान गए ।

जापान केटीले सोचेजस्तो सजिलो थिएन । शहर झिलिमिली थियो । तर, संघर्षको पहाड आ–आफ्नै ।

विवाह गर्ने बेलैमा आफूभन्दा धेरै सानो उमेर भएकाले सुमनले हुन्न भनेको थियो तर केटीपट्टि र स्वयं केटीले नै सबै सहन सक्ने र आफू यस विवाहप्रति अत्यन्तै खुशी हुने बताएपछि बिहे भएको थियो ।

जापान गएको केही दिनपछि नै केटीमा परिवर्तन आयो । उसले के सोचेकी थिई, के भयो कुन्नी १ जहिल्यै रिसाउनन थाली । बोलीपिच्छे झर्कन थाली । सुमनसँग सँगै हिँड्न लाज मान्न थाली ।

अन्ततः दुबैजना नेपाल फर्किए । काठमाडौं जोरपाटीमा ऋण–धन गरेर बनाएको घर श्रीमतीका नाममा गरिदियो सुमनले । र, केही दिनको नेपाल बसाइपछि पुनः जापान फर्कियो ।

दोस्रोपटक उता गएपछि श्रीमती अलग्गै बस्न थाली । सुमन अहिले पहिलेजस्तै साथीहरुसँग बस्न थालेको छ । यता नुवाकोट घरमा बुढा आमा–बुवा छन् । उनीहरुलाई नराम्रो लाग्ला भनेर आफ्नो भत्किएको सम्बन्धका बारेमा सुमनले भनेको छैन । दुबैजना सँगै छौं भन्छ सुमन । यता आफ्नो बैवाहिक जीवनको कथा भने अर्कै छ । के यो पुरुषहिंसा होइन त रु

यो त एउटा उदाहरण मात्र हो ।

अलि अगाडि पोखराका एकजना दाइले सुनाउँदै हुनुहुन्थ्यो पोखरा लेखनाथ निवासी वहाँकै आफन्त पर्नेको घरमा घटेको घटना रे ।

ग्रिनकार्ड होल्डर छोराको धुमधामसँग विवाह गरेर अमेरिका गए दुलहा–दुलही । उता अमेरीकामा ल्यान्ड हुने बित्तिकै दुलहीले आफ्नो अमेरिकामै बस्दै आएको ब्वाइफ्रेण्डलाई बोलाई र त्यहीँ मगंलशुत्र फुकालेर दिईवरि दुलाहालाई ‘गुडबाई’ गरेर ब्वाईफ्रेण्डसँग गई रे ।

के हो यो रु पुरुषहिंसा होइन त  ?

यस्ता घटना सुन्दा ओठबाट फुत्कन्छ अनायसै बिचरा पुरुष १ यो त एउटा पक्ष हो पुरुषपीडित भएको । सुमन विवाह गरेर पनि एक्लो जीन्दगी जिउन विवश छ भने उता जीन्दगीभर लगाएर कमाएको पैसा खर्च गरेर विवाह गरेर केटीलाई अमेरिका पुर्‍याइदिने माध्यम पो बन्नु पर्‍यो लेखनाथको युवकले ।

हाम्रो समाजभित्र घट्ने यस्ता घटनाका प्रतिनिधि घटना मात्रै हुन् ।

पुरुषलाई तिरस्कार गर्दैमा अनि पुरुषलाई हेयको दृष्टिकोण राखेर पीडा दिँदैमा र पुरुषलाई अन्याय गरेर बर्षौंदेखि पुरुषले महिलालाई गरेको जस्तो व्यवहार गर्दैमा महिलाले आफ्नो अधिकार प्राप्त गर्ने होइन होला । बर्षौं बर्षपछि ‘पुरुषवादी’ भनेर फेरि पुरुषहरुले आफ्नो आवाज उठाउनुपर्‍यो भने के अर्थ नारी–पुरुष एक रथका दुईपांग्रा भन्ने उक्तिको रु

एउटाले अर्कोलाई उछितो काढ्नु र बदलाको भाव पैदा गर्नु भन्दा एकअर्काप्रति उदारभाव राख्दा कसको के बिग्रन्छ रु

कतिलाई लाग्न सक्छ, हामी पुरुषको दासत्वबाट थोरै मुक्तिको आभाशतिर ढल्कदैछौं । एकदुई नारीको बेइमानीको गाथा लेख्न किन हतार रु त्यो पनि स्वयंम नारी भएर ।

तर, नारी भएरै यो सोच आएको हो । नारीले मात्रै ठेक्का लिएको पनि छैन घर परिवार सम्माल्न अनि समाजलाई सही मार्गदर्शन दिन । तर, पुरुष आफैंमा अराजक छ, मनोमानी छ । फेरि नारी पनि उस्तै बनिदिन्छे भने कता जान्छ समाज ?

हुन त प्रत्येक निर्मित वस्तुहरु आफैंमा निश्चित उमेर लिएर आएका हुन्छन् । एक न एक दिन त्यसको विनाश अवश्यभावी छँदैछ । अन्त्य कसरी हुन्छ भन्ने मात्रको कुरा हो । यो पृथ्वी र हाम्रो पनि एक दिन अन्त्य हुन्छ नै । यस्तो पलभरको संसारमा आएर पनि हामी अजम्बरी पाएको जस्तो किन गर्छौं रु भावी पिँढीलाई नारी–पुरुष अलग जात भनेर किन चिनाउन लागिपर्छौ रु तँ नारी, म पुरुष भनेर लुछाँचुँडीमा अन्त्य हुनु भन्दा हामी र हाम्रो भन्न सिकाउन जरुरी छ ।

मान्छे हो दुवै प्राणी । दुबैको अस्तित्व बराबरी छ, यस ब्रह्माणमा । मलाई उदेक लाग्छ कहिलेकाँहि, एक नारीले ‘हामी बच्चा पाउने मेसिन होइन ।’ ‘हामी बच्चा पाउन सक्दैनौ ।’ भन्ने जस्ता आशयका नाराहरु जब अन्तराष्ट्रिय टीभी च्यालनमा देख्छु । नारीले आफ्नो जन्मसिद्ध पाएको उपहारलाई पनि अभिशाप ठान्नु के यो मानव विकास ध्वस्त हुने संकेत होइन ?

मलाई यहीनिर अचम्म लाग्छ । गर्व गर्नुपर्ने कुरामा हामी किन हीनताबोध गरिरहेका छौं रु सौन्दर्यलाई किन घृणा गरिरहेका छांै रु तँ पुरुष, म नारीभन्दा माथि गएर सोचौं । बस् हामी मानव हौं । त्यसपछि यावत कुरा आउँछन् ।

हो, कति नारीले अनेक नाममा भौतिकरुपमा जिउँदै जल्न परे को छन् । उनीहरु आगो पिएर जीवन धान्न विवश छन् । यो थाहा हुदाँहुदै पनि म थोरै पुरुषको वकालतमा उत्रिएकी छु । हामीकहाँ पीडक र पीडित अलग परिबेश र अलग समुदायका छन् । कहीँ भयंकर हिंसा सहेर बाँच्न विवस छन् महिलाहरु । कहीँ सास फेर्न सक्ने जति हिँसा सहेका छन् र सजिलैसँग बाँचेका छन् महिलाहरु दुःखको भारी बोकेरै पनि ।

हो यहीँनेर दुःखको भारी महिलामाथि मात्र छैन, पुरुषमाथि पनि छ भन्ने देखेँ । हिंसा पुरुषले पनि सहेर जीन्दगी घिसारिरहेको आफ्नै आँखाले देखेँ । त्यसैको प्रभावले केही लेखुँ लाग्यो र लेख्न बसेकी हुँ ।

२१ औं शताब्दिसम्म आइपुग्दासम्म हाम्रो नेपाली समाजमा कहिले दाइजोका नाममा महिलालाई जलाइन्छ त कहिले संस्कृति र परम्पराका आडमा महिलाहरु मर्न विवश हुन्छन् छाउपडीका नाममा । मलाई लाग्दैन कि यो पुरुषले मात्र गरेको अपराध हो । यसमा त सम्पूर्ण समाज नै दोषी देख्छु म । तर, विद्धानहरु यस विषयमा छलफल गर्न उद्दत्त छन्, निर्मूल गर्नपट्टि लाग्दैनन् कहिल्यै पनि ।

अचेल युवतीहरुले पनि बिदेश जाने आकांक्षामा, धनको प्रलोभनमा त्यसै गरी आफ्नो स्वार्थ पूर्तिका लागि पुरुषहरुलाई प्रयोग गरेका घटनाहरु प्रशस्त सुन्नमा आएका छन् । र, आमा–बुवाहरु पनि विदेश बस्ने केटा भनेपछि आँखा चिम्लेर छोरी दिन्छन् छोरीले सुखै पाउँछे भन्ने सुनिश्चितताका साथ । तर, किन छोरीलाई आत्मनिर्भर बनाउन छाडेर यो बाटो अपनाउँछन् शिक्षित अभिभावकहरु नै ?

यसरी यस्तो तरिकालाई नारीले चाँहि किन गर्न नहुने भन्न मिल्छ त रु यो एउटा हिंसा र विकृति नै हो नि । होइन त रु पहिले त हामीले सोच बदल्नु जरुरी छ । पुरुषहरुले जसरी हेपेका थिए त्यसै गरी हामीले पनि उनीहरुलाई हेप्नुपर्छ भन्ने छैन । बदला लिनुपर्छ भन्ने छैन ।

बराबरी त शिक्षामा, आर्थिकरुपमा अनि बौद्धिकतामा पो हुनुपर्‍यो । सामाजिक र राजनैतिकरुपमा हुनुपर्छ । पहिले आफू सक्षम हुनुपर्‍यो । यसरी नाटक गरेर जालझेल गरेर पनि कहिल्यै बराबरीमा पुगिन्न । यो क्षणिक हो ।

जुनदिन महिलाले पुरुषलाई र पुरुषले महिलालाई हिंसा गर्नुपर्छ भन्ने सिद्धान्तबाट हामी मुक्त हुन्छौं, त्यो समयदेखि हामी स्वतः हामीले कल्पना गरेको सधैं भनिने एक रथका दुई पाग्रा हुनेछौं भन्ने यो पंक्तिकारलाई लागिरहन्छ ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180