Aawaj Nepal
Aawaj Nepal

निर्वाचनको पूर्वसन्ध्यामा शरीफको प्रष्ट उत्तराधिकारीको अभाव


आवाजनेपाल, २०७५ असार १३ बुधबार


 

–विक्रम सुद

नयाँ दिल्ली, भारत, । पाकिस्तानमा आगामी महिना निर्वाचन हुँदैछ । र सन् २०१७ पछिको घटनाक्रमलाई हेर्दा पूर्वप्रधानमन्त्री नवाज शरीफको उत्तराधिकारीका लागि कुनै प्रष्ट लाइन देखिएको छैन ।

कतिपयले निर्वाचनको समय बाहिरिनेले शरीफलाई कुनै क्षति पु¥याउने छैन भनिएता पनि त्यहाँको राजनीतिमा सहयोग फिर्ता लिने र पलायन हुने क्रम बढेको छ । यसले पाकिस्तानी तेहरीक–ए–इन्साफका नेता तथा पूर्वक्रिकेट खेलाडी इमरान खानका लागि अवसर दिलाएजस्तो देखिन्छ ।

सन् २०१८ जुलाई २५ मा हुने निर्वाचनले पाकिस्तानी सैनिक मुख्यालय होस् वा रावलपिण्डीमा होस कतै न कतै चिन्ता थपिएको छ ।

डिप स्टेटको चिन्ता सन् २०१३ मा शरीफले निर्वाचन जितेसँगै शुरु भएको हो । कुनै समय उनीहरूबाट संरक्षित शरीफले अहिले सत्ताको वरपर नै हुनुहुन्छ । उहाँको सेनासँगको सम्बन्ध सन् १९९९ मा जनरल मुशर्रफले गरेको सैनिक ‘कू’सँगै विग्रिएको थियो ।

समस्या के देखिएको छ भने नवाज शरीफले अवज्ञाका सङ्केत देखाउन थालिसक्नुभएको छ र आफ्नै तवरले सोच्न थालि सक्नुभएको छ । उहाँलाई पार्टीको सरकारलाई संगठित गर्न नदिन पनि सकिने सम्भावना छ ।

इमरान खानको महत्वकांक्षा निपुण देखिएको छ र सन् २०१४ मा गरिएको उहाँको प्रसिद्ध ‘अजादी मार्च’ले धनवान र पाकिस्तानी मुलका क्यानेडाली नागरिक ताहिर अल काद्रीबाट उपयुक्त सहयोग लिएर भएको भन्ने गरिन्छ । खानको मार्चका कारण पञ्जावको जनजीवनमा हप्तौँसम्म अर्थपूर्ण प्रभाव छाएको थियो । तत्कालिन समयका सेना प्रमुख अस्फाक पर्वेज कायनीले पञ्जावलाई सामान्य अवस्थामा ल्याउन हस्तक्षेप नै गर्नुपरेको थियो ।

जव जनरल मुशर्रफपछि शरीफ सत्तामा पुग्नुभयो र उहाँले मुशर्रफमाथि अभियोग लगाउन चाहनुभयो । तर जनरल राहिल शरीफले यस कार्यमा हस्तक्षेप गर्नुभयो र मुशर्रफलाई पूर्वप्रधानमन्त्री शरीफको बदला लिने मौका उम्काइदिनुभयो । यसपछि गरिएको अर्को आन्दोलन अर्थात् बरेल्वी सुन्नीवादी तेहरिक लाव्वैकले गरेको धर्नालाई जनरल वाज्वाको पहलमा मिलाइयो ।

सन् २००८ र सन् २०१३ मा शरीफको दलले लगातार निर्वाचित बनेर पाँचवर्षे दुई कार्यकाल सम्हाल्यो र अहिले नयाँ निर्वाचन हुँदैछ । पाकिस्तानको इतिहासलाई हेर्दा पाकिस्तान स्वतन्त्र भएदेखि नै कुनै पनि प्रधानमन्त्रीले आफ्नो पूर्णकार्यकालभर सत्ता सम्हाल्न पाएको पाइदैन । यहाँको राजनीतिमा कार्यकालको बीचमा नै सत्ता छोड्नु एक विशेषता नै भएको छ ।

जनरल जियाको सन् १९८८ मा रहस्यपूर्ण विमान दुर्घटनामा मृत्युभएपछि असिफ जर्दारीको पाकिस्तान पिपुल्स पार्टी ९पीपीपी० ले सरकारमा सन् २००८ को निर्वाचन परिणामले मात्र प्रवेश दियो । यदि सन् २००७ बेनजिर भुट्टाको हत्या नभएको भए यो सरकार भुट्टोको हुनसक्ने थियो ।

पाकिस्तानमा दुई वा तीन प्रमुख पार्टीबीच नै राजनीतिक बागडोर घुमिरहेको छ । यसमा हरेक पटक एउटा समूहको दक्षिणपन्थी डिप स्टेटसँगको सहकार्य रहने गर्छ ।

जिया र मुशर्रफका बिचमा पाकिस्तानले धेरै अनुहारलाई प्रधानमन्त्रीका रूपमा देख्यो । यसबीचमा पटक पटक सेनाले जिम्मेवारी सम्हाल्यो ।

कमजोर शरीफको आवश्यक

नवाज शरीफले सन् २०१३ मा १२४ सीटमा विजय भएपछि बहुमतका लागि चाहिने १३७ सीटका लागि अन्य समूहसँग मिलेर गठबन्धन सरकार बनाउनुभयो । शरीफको नयाँ रूप पहिले ९सन् १९९०० को दक्षिणपन्थी व्यक्तित्वभन्दा फरक थियो । उहाँले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सत्ता आरोहणको शुभारम्भमा पनि सहभागी हुनुभयो । साथै एक्कासी पाकिस्तानको राइविन्डमा शरीफकी नातिनीको विवाहसमारोहमा सहभागी हुने मोदीको निर्णयमा साथ दिँदै आतिथ्य दिइयो ।

भारतसँग एक्कासी उहाँको मिलन र भारत–पाकिस्तानबीच शान्ति वास्तविक अर्थमा नै सम्भव छ भन्ने स्वतन्त्र भावका कारण पाकिस्तानी सेनालाई मनोवैज्ञानिक असहजता महसुस गरायो ।

पाकिस्तानी सेनालाई संविधानको १८औँ संशोधनले चिन्तित तुल्यायो । संशोधनले पाकिस्तानी सेनालाई राजनीतिक क्रियाकलापलाई उल्ट्याउन सक्ने हस्तक्षेपलाई निषेध गरिदियो ।

शरीफ पछि हट्नुभएन । उहाँले मुल्लाहलाई चिन्तित पार्ने केही अन्य काम पनि गर्नुभयो । उहाँले ताब्लिघी जमातमाथि विद्यालयमा प्रशिक्षण गर्नमाथि लगाइएको प्रतिबन्धमा सहमति जनाउनुभयो । उहाँको सरकारले सन् २०११ मा गभर्नर सालेम तासीरलाई हत्या गर्ने प्रहरी अधिकारी ममताज काद्रीलाई फाँसी दियो । बालबिबाह रोक्न उहाँको सरकारले पहलकदमी लियो, घरेलु हिंसा अन्त्यका लागि कानून ल्यायो र यूट्युब सेवालाई खुला ग¥यो ।

योजना अनुसार काम अघि बढ्न नसक्दा सन् २०१६ सम्ममा मुल्लाहहरू फिका बनिसकेका थिए र डिप स्टेटले असहज महसुस गरिरहेको थियो । शरीफ आधुनिकताअघि लरबराउनुपर्ने थियो र सन् २०१८ मा हुने निर्वाचनसम्म समभावले बाटो लिनुपर्ने थियो । पहिलो उद्देश्य शरीफलाई पुनःनिर्वाचित हुनबाट रोक्नुरहेको थियो । दोस्रो उद्देश्य उहाँको प्रतिस्थापन सहज बंशमा आउने हुनुप¥थ्यो । यसमा इमरान खान सफल हुनुभयो ।

पश्चिमासँग पश्चिमाजस्तो देखिने तर घरेलु पुरातनवादी समूहसँग पनि मिल्ने र सेना तथा धार्मिक समूहले चाहेअनुरूप हुने इमरानखान पाकिस्तानीबीच एउटा निर्विकल्प नाम थियो । महत्वाकांक्षी इमरानले पनि आफ्नो क्षमतालाई राजनीतिमा अर्पिनु भएको छ । उहाँले जितेमा सेनाको सहयोग हुनेछ । जमाते उत दावाजस्ता पुरातनवादी समूह फरक व्यानरबाट लड्ने छन् । उनीहरूले सरकार चलाउन आवश्यक सीट नजित्न सक्नेछन् तर यसले अर्को समूहका भोटलाई काट्न मद्दत पु¥याउने छ ।

पानामा पेपरबाट सन् २०१६ मा बाहिरिएको सूचनाले नवाज शरीफको परिवारले संयुक्त अधिराज्य ९बेलायत० मा लाखौँ अमेरिकी डलर बराबरको अकूत सम्पत्ति र कम्पनी स्थापना गरेको र शरीफका छोरा हसन र हुसैन तथा छोरी मार्यामले बेलायतमा धेरै किसिमको सम्पत्ती राखेको खबर बाहिरियो ।

‘डिप स्टेट’ले आफ्नो क्षमतालाई देखाउन थालेको छ । सन् २०१६ अप्रिलसम्ममा आइपुग्दा सेना प्रमुख जनरल राहिल शरीफले देश तथा विदेशमा पनि जवाफदेहिता देखिनुपर्ने बताउनुभएको छ ।

सूचनाप्रति प्रतिक्रिया जनाउँदै सन् २०१७ को मे महिनामा नवाज शरीफलाई उहाँको दुबईमा रहेको कम्पनीको कारोबारको विवरण सार्वजनिक नगरेको भन्दै पदमा रहिरहन अयोग्य घोषणा गरियो र अनुसन्धान शुरु गरियो ।

यसले शरीफलाई लगातार दुई कार्यकाल प्रधानमन्त्री हुने अवसर अन्त्य गरिदियो । यसले पाकिस्तानमा प्रजातन्त्र र भारतसँगको शान्तिको सम्भावनालाई टाढा पु¥याएको छ । विस्तारै पाकिस्तानको शक्ति सेनाको हातमा जाने सम्भावना बढेको छ । यसको सङ्केत सेनाप्रति बफादार मानिने व्यक्तिको वोलिचिस्तानजस्ता प्रान्त सरकारमा आउनुले देखाइसकेको छ ।

शरीफको राजनीतिक भविश्य प्रष्टै देखिनेगरी लडखडाउन थालेको छ । नवाज शरीफको उत्तराधिकारीका लागि प्रष्ट अवसर देखिएको छैन । कतिपयले शरीफ सत्ता बाहिर रहनुले उहाँको दलमा कुनै प्रभाव नपर्ने बताउने पनि गरेका छन् ।

शरीफको दल कमजोर भएमा इमरानलाई मौका मिल्ने प्रशस्त सम्भावना रहेको छ । निर्वाचन अघिका अभ्यासले निर्वाचनलाई स्वतन्त्र र स्वच्छ बनाउने सङ्केत देखिएका छन् । तर नतिजा पश्चिमाको प्रभावलाई आकर्षित गर्ने खालको देखिदैन ।

शरीफलाई कमजोर पार्न गरिएको ‘अपरेसन दङ्गाल’ सफल भएको छ । यससँगै नाटकको पहिलो दृष्य सकिएको छ । आगामी दिनले अघिल्लो भागलाई कसरी प्रस्तुत गर्ने हो हेर्न अझै केही समय पर्खनु पर्ला । ९विक्रम सुद भारत सरकार रिसर्च एन्ड एनालाइसिस विङ्गका पूर्वसचिव हुनुहुन्छ । रासस

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180