Aawaj Nepal
Aawaj Nepal

नेपालमा नै ८० वर्षे विद्यार्थी, जसको लोभ लाग्दो दैनिकी


आवाज नेपाल, २०७५ असार १३ बुधबार


जनकपुर । बिहान पाँच बजे उठेर नित्यकार्य सम्पन्न गरी कक्षा कोठाहरू सफा गर्छन् ।

त्यसपछि नुहाईधुवाई, पूजापाठ गरी काँधमा झोला बोकी कलेजका लागि हिँड्छन् ।

६ः३० बजे उनी कलेज पुगिसक्छन् ।

७ बजेदेखि कलेजमा पढाइ सुरु हुन्छ ।

चार विषय पढ्छन् उनी त्यहाँ ।

९ः३० बजे कलेजबाट निस्केर आफ्नो स्कुल फर्कन्छन् उनी ।

उनी खाना खाएर १०ः३० बजेदेखि ४ बजेसम्म आफ्नो स्कुलमा पढाउँछन् ।

४ बजेदेखि ६ बजेसम्म स्वयम् अध्ययन गर्छन् ।

६ बजेदेखि जानकी मन्दिरतिर घुम्न जान्छ ।

७ः३०–८ बजे उनी घर फर्कन्छन् ।

खाना खाएर एकछिन टिभी हेर्छन् ।

अनि राति नौ बजे सुत्छन् ।

यो दिनचर्या हो एकजना ८० वर्षीया रामनारायाण प्रसाद मण्डलको ।

साउन १५ गते ८१ वर्ष टेक्न लागेका रामनारायण मण्डल जनकपुरको रामसागर रामस्वरूप बहुमुखी क्यम्पसमा बिहान अङ्ग्रेजी साहित्य पढ्न जान्छन् ।

शिक्षा अधिकारीबाट स्वेच्छिक अवकाश लिएका रामनारायण मण्डल भन्छन्, ‘मलाई धेरै थकाइ लाग्छ भने थकाइ मार्नका लागि पढ्न थाल्छु । केही पढेपछि मलाई रिल्याक्स हुन्छ ।’

मैथिली, हिन्दी, नेपाली साहित्यका जानकार रामनारायण मण्डललाई अङ्ग्रेजी साहित्यको बारेमा जान्न मन लागेर उनी कलेज धाउन थालेका छन् ।

अङ्ग्रेजी पढ्न थालेपछि उनलाई दुइटा फाइदा भएको छ ।

एक त अङ्ग्रेजी साहित्य के हो रु त्यो बुझ्न पाए ।

अर्को उनी आफैले स्थापना गरेका बोर्डिङ स्कुलका प्रिन्सिपल हुन् ।

त्यहाँ उनी अङ्ग्रेजी विषय पढाउँछन्, त्यसमा पनि सहयोग मिलेको छ ।

क्याम्पसमा प्रध्यापकदेखि विद्यार्थी सबै उनीभन्दा कान्छा छन् ।

सबैले उनलाई आदर गर्छन् । उनी यो उमेरमा साइकल चढेर क्याम्पस पढ्न जान्छन्, यसले धेरैलाई प्रेरणा मिलेको छ ।

उनी भन्छन्, ‘म प्रायः सधँै कलेज जान्छु, मलाई सबैले सम्मान गर्छन्, चाहे त्यो मलाई पढाउने ३० वर्षका ठिटो होस् वा ५५–६० वर्ष लाग्नै लागेका बुढो १ मलाई नआएका कुराहरू सरसँग सोध्छु सरहरूले पनि बताइदिनुहुन्छ, कतिपय अवस्थामा त सरहरूले घरमै पनि तपाईं आउनुस्, त्यहीँ पढाइदिउँला भनेर पनि ‘अफर’ गर्नुहुन्छ र म जान्छु पनि ।’

कलेजमै भएको बेला रातोपाटीसँग फोनमा कुरा गर्दै उनी भन्छन्, ‘सँगै पढ्ने विद्यार्थीहरूसँग कहिलेकाहीँ क्यान्टिनतिर चिया खान पनि जान्छु । सबैलाई मसँग एउटै जिज्ञासा राख्छन्, अङ्कल यो उमेरमा तपार्इं किन पढ्न थाल्नुभएको रु सबैलाई म एउटै जवाफ दिन्छु, शिक्षा कहिल्यै बुढो हुँदैन, बाँचुन्जेलसम्म अध्ययन गर्नुपर्छ ।’

धनुषाको धनौजी गाउँपालिका–५ बहुअर्वा गाउँका रामनारायण मण्डल भन्छन्, ‘उमेरले बुढो भए पनि शिक्षा कहिल्यै बुढो हुँदैन र मलाई पढाइभन्दा अरू कुनै केहीमा आनन्द लाग्दैन । जीवनमा शिक्षा जतिको महत्व केहीमा नरहेको भन्दै उनी भन्छन्, शिक्षा रह्यो भने जीवन त्यतिकै उज्ज्वल हुन्छ, जीवनमा कन्फिडेन्ट हुन्छ । खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ पढ्ने मनलाई उमेरले रोक्दैन ।’

उनको राजनीति

समाजमा देखिएको विकृति र विसङ्गति हटाउनका लागि रामनारायण जागिर छाडेर राजनीतिमा आएका थिए ।

जागिर छाड्नुको मुख्य कारण राजनीतिक भए पनि सहायक कारण घरायसी पनि थियो ।

उनले घरायसी कारण बताउन नचाहे पनि जागिरबाट स्वेच्छिक अवकाश लिनुमा राजनीतिलाई नै मुख्य मान्छन् ।

उनले भने, ‘राष्ट्रिय पञ्चायतको चुनावमा भाग लिनका लागि शिक्षा अधिकारीबाट राजीनामा दिएको थिए ।’

धनुषाका हेमबहादुर मल्लको विरुद्धमा त्यतिबेला चुनाव लडेका रामनारायण मण्डल त्यतिबेला निकै चर्चामा आएका थिए ।

शिक्षा अधिकारी जस्तो पदबाट राजीनामा दिएर राजनीतिमा आउनुलाई कतिपयले सकारात्मक रूपमा लिएका थिए भने कतिपयले नाकारात्मक रूपमा ।

तर उनले चुनाव जित्न सकेनन् । चुनावमा पराजित भएपछि उनी फर्केर राजनीतिमा कहिल्यै आएनन् ।

राजनीति गर्ने इच्छा उनको नभएको पनि होइन । तर भाग्यले साथ नदिएपछि अर्कै बाटो रोज्न बाध्य भए ।

जागिर छाडेर नै राजनीतिमा लागेपछि त्यसलाई छाड्ने कुरा थिएन ।

एक दिन भारत उडिसाका गुरु महारजासँग उनको भेट भयो ।

तिनै गुरु महाराजले उनलाई ‘राजनीति फाप्दैन, अरू नै केही कारोवार गर्नुस्’ भन्ने सल्लाह दिए । त्यसपछि राजनीतिबाट उनी टाढिए ।

उनले राजनीति छाडेपछि जनकपुरमा आफ्नै घरमा सीता विद्यालय आश्रम ९स्कुल० सञ्चालन गरे ।

शिक्षा क्षेत्रबाट आएका रामनारायण मण्डलले स्कुल राम्रैसँग सञ्चालन गरे । राम्रै चल्यो । दुई ब्याच एसएलसी पनि भयो ।

पछि त्यसलाई उनले बेचेर धर्म कर्मतिर लागे ।

बाहुनका विरुद्धमा गायत्री

स्कुल बेचेर उनी गायत्री परिवारसँग जोडिए ।

गायत्री परिवार एउटा धार्मिक समूह हो । जसको आफ्नै विधि विधान र विचार छन् ।

तराई मधेसका बाहुन ९झा०हरूले ले विवाह, पूजापाठ र श्राद्धहरूमा गर्ने पूजापाठ र क्रियाकर्म उनलाई मन परेको थिएन ।

मृत्युको क्रियाकर्म गर्न १३–१४ दिन लगाउँथे । एउटा ब्राह्मणले एकै दिनमा तीन चारवटासम्म विवाह भ्याउँथे ।

यो देखेर रामनारायण मण्डल दुखित हुन्थे ।

उनी भन्छन्– ‘यो कस्तो परम्पार, कस्तो संस्कार रु एउटा ब्राह्मणले एक दिनमा तीन चारवटासम्म विवाह र पूजा गराउँथे । कसरी गराउँथे रु यो त सरासर गलत काम थियो । ठग्ने काम हुन्थ्यो । त्यही भएर म गायत्री परिवारसँग जोडिएँ । त्यसको पुजन विधि, मृतकको काजक्रिया मलाई मन पर्यो । म अहिले पूजापाठ पनि गराउँछु । काजक्रिया गराउँछु ।’

शिक्षा व्यवसाय होइन, सेवा हो

उनी गायत्री परिवारसँग १० वर्षसम्म निरन्तर रहे ।

प्रवचनहरूमा जाने । कार्यक्रममा भाग लिने ।

होमजाप मन्त्र उच्चारण गर्ने काम पनि उनले गर्थे ।

२०७१ सालमा उनले पुनः एउटा स्कुल खोले । हुन त उनी अहिले पनि गायत्री परिवारसँग जोडिएकै छन् तर पहिला जतिको समय त्यसका लागि दिन्न ।

अहिले पनि उनी समय भ्याएसम्म जान्छन् । पूजा गराउँछन् । मन्त्रोच्चारण गर्छन् । त्यसका साथै बिहान कलेज, दिउँसो आफ्नो स्कुल, सामाजिक सेवामा व्यस्त हुन्छन् ।

उनका स्कुलमा ६ कक्षासम्म पढाइ हुन्छ । ७ कक्षा थप्ने तयारीमा छन् ।

स्कुल उनको आफ्नै घरमा छ । त्यो स्कुलको उनी आफै प्रन्सिपल हुन् । त्यहाँ पढाउँछन् पनि ।

तर त्यसबापत उनी त्यहाँ तलब लिँदैनन् । विद्यार्थीबाट उठ्ने पैसाले शिक्षकलाई तलब खुवाउँछन् ।

केही रकम बच्यो भने त्यसलाई उनले त्यही स्कुलमै लगानी गर्छन् ।

उनी भन्छन्, ‘त्यसबाट एक पैसा पनि फाइदाको नाममा रकम लिएको छैन, बरु कहिलेकाहीँ घरबाट लगानी लगाउँछु । उनी थप्छन्, ‘मेरा लागि स्कुल व्यवसाय होइन, सेवा हो । म त्यहाँ पढाउँछु र प्रिन्सिपल पनि छु । एक पैसा लिन्न बरु लगानी लगाउँछु ।’

स्कुलमा उनी मात्र होइन, उनकी श्रीमती, उनका छोरा र बुहारी पनि काम गर्छन् ।

पूरै पारिवारिक वातावरणमा स्कुल चलाइरहेका छन्, रामनारायण मण्डल ।

उनलाई हात मुख जोड्ने समस्या छैन । पैत्रिक सम्पत्ति छँदैछ, त्यसमा जनकपुरमा उनको घर छ । घरको भाडाबाट पनि पैसा आउँछ ।

उता काठमाडौँमा एउटा छोरा र एउटी छोरी पनि जागिरे छन् ।

अर्थात घरमा कोही पनि बेरोजगार छैनन् । त्यही भएर रामनारायणलाई कमाउनुभन्दा सेवा गर्नमा मज्जा आउँछ भन्छन् ।

उनी सामाजिक सेवाका लागि विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध छन् ।

शनिबारका दिनहरू पनि प्रायः सङ्घ संस्थामा नै बित्छन् ।

अङ्ग्रेजी साहित्य

साउन १५ गते ८१ वर्षमा पुग्दैछन् । तैपनि उनको जोश जाँगर हेर्दा कुनै तन्नेरीभन्दा कम छैन । बिहानै क्याम्पस जान्छन् ।
क्याम्पस सकिएपछि १० बजेदेखि स्कुलमा जान्छन् ।

स्कुल सकिएपछि दुई घण्टा क्याम्पसको कोर्स पढ्छन् । यति व्यस्त दैनिकी एउटा युवाको पनि हुँदैन तर रामनारायणको दिनचर्या यसरी नै वितिरहेको छ ।

पोलिटिकल साइन्समा एमए पढेका उनी उनी कानुनको पनि औपचारिक शिक्षा लिएका छन् ।

यतिखेर रामनारायण जनकपुरमा गुरुकुल अङ्ग्रेजी माध्यमका विद्यालय खोलेर ससाना बालबालिकाहरूलाई शिक्षादीक्षा दिनुको साथै बाँकी समय आफू पनि अध्ययनका लागि व्यस्त रहने गर्नुभएको छ ।

पत्रकारसमेत रहेका उनका भतिजा नित्यानन्द मण्डल भन्छन्, ‘कञ्चनपुरमा वरिष्ठ साहित्यकार पं। सुन्दर झा शास्त्री जिल्ला शिक्षा अधिकारी रहेको बेला मेरो काका सहायक शिक्षा अधिकारी हुनुहुन्थ्यो । पछि अञ्चल शिक्षा अधिकारीसमेत हुनुभएको थियो । सोही समयमा युनेस्कोको सहयोगमा उहाँ श्रीलङ्का, सिङ्गापुर, बङ्गलादेश, भारतलगायत १४ वटा देश शैक्षिक भ्रमण तथा अवलोकन गर्ने मौका पाउनुभएको थियो । उहाँले शिक्षा अधिकारीको रूपमा ६३–६४ जिल्लामा काम गरिसक्नुभएको छ ।’

अङ्ग्रेजी विषयमा सेवा पु¥याउँदै आएका उनी ‘हिन्दु’, ‘परिक्रमा’लगायत पुस्तकसमेत प्रकाशन गरेका छन् ।

पत्रकार नित्यानन्द मण्डल भन्छन्, ‘उहाँ २०४३ सालमा राष्ट्रिय पञ्चायतको चुनावमा शेरे धनुषा भनिने हेमबहादुर मल्लका विरुद्धमा पुल छापबाट उम्मेदवारी दिनुभएको थियो । तर जित्नसक्नु भएन ।’

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180