Aawaj Nepal
Aawaj Nepal

फुटबल ‘खेलाडीसँग सेक्स’ अफरका लागी बर्गर किंगले माग्यो माफि


आवाज नेपाल, २०७५ असार ८ शुक्रबार


मस्को । रसियाको फास्ट फुड कम्पनी बर्गर किंगले आफ्नो विवादित विज्ञापनका लागि माफी माग्नुपरेको छ । उक्त विज्ञापनमा रसियाली महिलालाई विश्व कपमा खेलिरहेका खेलाडीमार्फत गर्भवती भए ४७ हजार डलर जित्ने अवसर र आजिवन वूपर्स बर्गरको अफर दिइएको थियो ।

यसको घोषणा रसियामा सोसल मिडिया वेबसाइट ‘विके’ मार्फत जून १९ तारिखमा गरिएको थियो ।

यो सोसल मिडिया रसियामा फेसबुकजस्तै काम गर्छ । यसबारे भिडियो सार्वजनिक भएपछि यसको अत्यधिक आलोचना गरियो । बर्गर किंग कम्पनीले पहिले भनेको थियो, ‘एक अभियानको हिस्सा भएकाले कम्पनीले ती महिलालाई इनाम दिनेछ जो कोही फुटबल स्टारबाट गर्भवती हुन्छिन् । यस्ता हरेक महिलालाई तीन मिलियन रुबेल र आजिवन वूपर्स बर्गर दिइनेछ ।’

यो पोष्टमा अन्तमा लेखिएको थियो, ‘जानुहोस्, हामीलाई तपाईंमाथि विश्वास छ १’ उक्त विज्ञापनमा अन्तर्राष्ट्रिय मिडिया र सोसल मिडियामा विवाद भएपछि बर्गर किंगले अब उक्त विज्ञापनलाई हटाएको छ र माफीसमेत मागेको छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180