Aawaj Nepal
Aawaj Nepal

नेपालीलाई ‘रेस ३’ हेर्न सलमानको आग्रह


आवाज नेपाल, २०७५ जेठ २८ सोमबार


बलिउड सुपरस्टार सलमान खानले आफू अभिनीत नयाँ फिल्म ‘रेस ३’ हेर्न नेपाली दर्शकलाई आग्रह गरेका छन् । एक भिडियोमार्फत् ईदमा रिलिज हुन लागेका यो फिल्म हेर्न उनले नेपालीसँग आग्रह गरेका हुन् । सयभन्दा बढी हलमा रिलिज हुन लागेको ‘रेस ३’ को नेपाल प्रदर्शन अधिकार गोपीकृष्ण मुभिजले खरिद गरेको छ । भिडियोबाट सलमानले नेपालीलाई ईदको पनि शुभकामना दिएका छन् । उनको भारतसँगै नेपालमा पनि लोभलाग्दो फ्यान फलोइंग छ ।

नेपालबाट उनका हरेक फिल्मले करोडौंको कलेक्सन गर्दै आइरहेका छन् । उनका फिल्मले नेपालका मल्टिप्लेक्स र सिंगल स्कृन दुवैमा राम्रो कलेक्सन गर्ने गरेका छन् । १५ जूनबाट ‘रेस ३’ संसारभर प्रदर्शनमा आउँदैछ ।

रेमो डिसूजा निर्देशित यो फिल्ममा सलमानसँगै ज्याकलीन फर्नान्डिज, बबी देओल, अनिल कपूर, डेजी शाहलगायतको लिड रोल छ । रमेश तौरानी यस फिल्मका निर्माता हुन् ।


यो फिल्मसँग जुध्न यसपटक पनि नेपाली कुनै पनि फिल्म प्रदर्शनमा नआउने भएका छन् । बलिउडका तीन खान ९सलमान, शाहरुख र आमिर का फिल्म रिलिज हुँदा नेपाली निर्माताहरु असुरक्षित महशुस गर्दै कुना पस्ने परम्परा वर्षौदेखि चल्दै आइरहेको छ ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180