Aawaj Nepal
Aawaj Nepal

दोलखाको लादुकमा जीप दुर्घटना, २ को मृत्यु, ८ घाइते


आवाज नेपाल, २०७५ जेठ २८ सोमबार


दोलखाको लादुकमा आइतबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित अन्य आठ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिए ।

बा १४ च १६८१ नम्बरको बोलेरो सिङटीबाट लादुक हुँदै बुलुङ जाने क्रममा लादुकको खहरे भन्ने स्थानमा आइतवार साँझ भएको सो दुर्घटनामा चालकसहित आठ जना घाइते भएका छन् ।

घाइतेको सिङटीको अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

सम्बन्धित समाचार

370X180

धेरैपटक हेरिएको

370X180
370X180