Aawaj Nepal
Aawaj Nepal

गृहमन्त्रीलाई पूर्व जनमुक्तीसेनाको खुलापत्रः बलिदानबाट जन्मेको सत्तालाई बालुवाटार लगेर गाड्ने कि बालुवाटारलाई जनसत्तामा रुपान्तरण गर्ने ?


आवाज नेपाल, २०७५ जेठ २८ सोमबार


सम्मानिय गृहमन्त्रीज्यू, नमस्ते अभिवादन !

यतिबेला तपाईंको चर्चा र परिचर्चा चलिरहेको सत्य हो । तपाईंहरुले क्रान्तिको झन्डा उठाउने बेला लाखौं मजदुर र सर्बहारा बर्गले न्याय मुक्ति र अधिकारको लडाइमा साथ दिएको पनि सत्य नै हो ।

यो संसदीय वयवस्था विरुद्ध अनेक दस्तावेज तयार पार्ने नेतृत्व मध्यमा तपाईं पनि एक हो ।
आज तपाईंको चर्चा दुई किसिमबाट हुदै छ ।एउटा खोक्रो रास्ट्रवादमा लगेर तपाईंलाई समाप्त पारी दिने ।आर्को चर्चा क्रान्तिलाई बचाएर हिजोको बाचा पूरा गर्ने ।

एका तिर क्रान्तिको झणडा फराएको छ आर्को तिर सिन्डिकेट धारी विरुद्ध तपाईंको कठोर कदम चल्दै छ ।यहीँ बिचको फाइदा लिन केहि मुठ्ठीभरका मान्छेहरु देशलाई गृहयुद्ध लग्ने अनेक कसरत देखिन्छ ।

साच्चिकै गृहमन्त्रीज्यू, यो देश केहि पात्रहरुको अपुर्व भासण केहि मुठ्ठी भरका सुकिला मुकिलाहरु देखी तस्कर र दलालहरुले स्वर्गीय सपनाहरु देख्ने गति मात्र पैदा भएको बेला । तपाईको यो कदमले सिन्डिकेट धारिहरु रुवाबासी गर्दै होलान् ।

सायद बिद्रोह क्रान्तिको मोर्चाबाट निकै होनहार नेतृत्वको जन्म भएको छ । तत्कालीन उर्जा मन्त्री जनादन दाइको नेतृत्वमा भएको लोडसेडिङको अत्य र हाल तपाईंको नेतृत्व भएको सिन्डिकेट विरुद्धको कठोर कदम ।विप्लवदाईको नेतृत्व भएको भ्रष्टाचार विरुद्धको क्रान्ति साच्चिकै नेपालको इतिहासमा सत्य र निष्ठाका साथ लाग्ने हो भन्ने सबै सम्भव रहेछ भन्ने कुरा कहिँ कतै दुई मत छैन ।

क्रान्तिको झन्डा उठाउन साहस गर्ने विप्लवदाई (सिन्डिकेट तोड्न साहस गर्ने तपाईं लोडसेडिङको सिन्डिकेट तोड्ने कुलमान घिसिङ र जनार्दन दाइ । अब यो देश सर्बहारा बर्गको अधीनमा राख्न साहस र नेतृत्वको बाताबरण पनि तपाईंहरुले नै मिलाउनुपर्छ ।

१७ हजारको बलिदानबाट जन्मेको जनसत्तालाई बालुवाटार लगेर गाड्ने कि बालुवाटारलाई जनसत्तामा रुपान्तरण गर्ने यो बहस मात्र थिएन । यो दस्तावेजमा मात्र उल्लेख हुनुहुँदैन थियो ।

चर्चा प्रतिक्रियावादीहरुले पनि गर्लान् के कसरी बदनाम गराउने भनेर । तर सत्य चर्चा त्यहाँ हुन्छ जहाँ परिवर्तनको कुरा कुरा संग बिद्रोहको झन्डा उठ्छ त्योसँगै सफल नेतृत्वको बढी चर्चा हुने गर्दछ । जनयुद्धको गर्भबाट जन्मेको तपाई नेतृत्वहरुले सामान्य सुधार मात्र होइन युग परिवर्तन गर्ने मोर्चाको नेतृत्व लिनु पर्दछ ।

जनवादी सत्ताको केन्द्रबाट धेरै अपेक्षाहरु थियो । १७ हजारको बलिदानबाट जन्मेको जनसत्तालाई बालुवाटार लगेर गाड्ने कि बालुवाटारलाई जनसत्तामा रुपान्तरण गर्ने यो बहस मात्र थिएन । यो दस्तावेजमा मात्र उल्लेख हुनुहुँदैन थियो । सहिदको बलिदान हाम्रा हातका हतियार र बर्दी संग सर्बहारा बर्गका महान सपना र बिपनाहरु थिए ।

हामीले सोच्दै थियो बालुवाटारमा। हाम्रो नेतृत्व पुग्यो भन्ने एक पटक नेपालको युग परिवर्तन हुनेछ सर्बहारा बर्गको नेतृत्वमा जनवादी गणतन्त्र नेपाल हुनेछ ।अनि हाम्रो होनहार नेतृत्व बैज्ञानिक पथमा राखिनेछ ।

अनि विश्व भरी बैज्ञानिक समाजवादको बाटो तयार हुनेछ भन्ने लागेको थियो । तर दुखको कुरा ती सुबिधा जनक ठाउँ सुकिला महल भए पुग्ने कम्युनिस्टको रुपान्तरणसंगै नेतृत्व चर्चा हुन छोड्यो । चर्चा भए पनि व्यवस्था त्यही भएपछि सर्बहारा बर्गले कुनै आसा राख्ने ठाउँ भएन । फेरि क्रान्तिको सपना देख्न थाले । क्रान्तिको चर्चासंगै विश्वको ध्यान फ़ेरि नेपालमै केन्द्रित भएको सुन्दै छु । क्रान्तिकारी अस्तित्व नै समाप्त गर्ने बहस हुदै छ रे ।

सम्मानिय गृहमन्त्रीज्यू,

प्रक्रियावादीहरुको चर्चा र परिचर्चा भन्दा पनि सर्वहारा वर्गको मुक्तिको महान बिचार लक्ष्य प्रतिको यात्रा सधैं सत्य र न्यायको पक्षमा निकै उत्साह लगन तथा साहस साथ थियो नै । माओवादी पार्टीको आगमनसंगै सिंहदरवार र साम्राज्यवादले चर्चा सुरु गरेका थिए । शासकहरुले तपाईहरुको टाउकाको मुल्य पनि गरे कै हो ।

संसदीय भ्रमजालमा राखेर क्रान्तिकारी इतिहासलाई नै धोस्त गर्ने प्रयास धेरै फेरा भएको इतिहास हाम्रो सामु छ । अहिले पनि केहि अप्रिय घटना घट्दै गरेको देखिन्छ । जनताको पक्षमा क्रान्तिकारी आवाज बोल्नेहरुलाई पक्राउ, जेलनेल भएको छ । यस्ता केहि घटना सुन्दा निकै आक्रोसित बनाउँछ । बाटो तपाईंहरु कै एजेन्डा तपाईंहरु कै त्यति बेलाका नेतृत्व तपाईहरु नै अहिले त्यही बाटो जानेलाई किन वारेन्ट जारी हुदैछ ? यो व्यवस्थाले जनतालाई विभेद गरेको छैन भनेर भन्न सक्न्नु हुन्छ ? सक्नुहुन्छ भने भन्नुस् जनताको पक्षमा अडिग रहन्छौ । होईन भने परिवर्तनलाई रोक्नुहुन्न मन्त्रीज्यू, !

हामी लाई भिभाजन गरेर बोसोका पारखीहरुले हामी बिचमा लडाइको खेती गर्दै छन् । हामीले लडेर लिएको गणतन्त्र हामीलाई नै गणतन्त्र बिरोधि गराउदै छन् । सहिद परिवार रुदै छन् । घाइतेहरु भोकै छन् । गृहमन्त्रीज्यू तपाईले देख्नुभएको छैन ?

सुकुम्बासी माथि दमन पन्चायत कालको झल्को दिने गरि जबरजस्त आफ्नो लुटको शासन थोप्न झुपडीमा किन अँखा लाग्दै छ । महल भत्काउने दस्तावेज झुपडीमा आगो लगाउनु नाम चै कम्युनिस्ट

क्रान्ति गर्ने योद्धाहरु नाङ्गै छन् । मजदुरहरु दाम बिहिन छन् ।किसानहरु काम बिहिन छन् ।युवा युवतीहरु बेरोजगार छन् ।विद्यार्थी कलम विहीन हुँदैछन् । दिदिबहिनी माथि बलात्कार भइरहेको छ र यसको दर झन बढ्दैछ । गरिबका आँखाबाट धेरै आँसु बगिसकेका छन र बगाउदै पनि छन् । दैनिक हजारौ युवाले बिदेशी जाने लाइनमा छन् ।
यो कस्तो खालको कम्युनिस्टहरुको गणतन्त्र हो ? समानिय गृहमन्त्री ज्यू, मलाई प्रश्न सोध्न मन लाग्यो ।

संघीयता गणतन्त्रको अपहास गर्ने गरि भएको सुकुम्बासी माथि दमन पन्चायत कालको झल्को दिने गरि जबरजस्त आफ्नो लुटको शासन थोप्न झुपडीमा किन अँखा लाग्दै छ । महल भत्काउने दस्तावेज झुपडीमा आगो लगाउनु नाम चै कम्युनिस्ट राख्नु कहाँसम्मको सत्य छ गृहमन्त्रीज्यू ?
जनताको परिबर्तनको चाहना पूरा गर्न पहिलो कुरा राजनीतिक सिन्डिकेट तोड्ने आट गर्नुस् ।अनि सरकार सन्चालनको सिन्डिकेट जनताको झुपडीमा पुग्ने गरि तोड्नुस । अनि थवाङ देखी चुनवाङसम्मको बाचा र दस्तावेज सम्झिनुस् ।

उहीँ तपाईका पूर्व जनसिपाही टिकाराम वली

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180