Aawaj Nepal
Aawaj Nepal

डडेल्धुरामा जिप दुर्घटना ३ जनाको मृत्यु, ८ घाइते


आवाज नेपाल, २०७५ जेठ १५ मंगलबार


 

डडेल्धुरा। डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं। ३ गजरौलामा आज विहान जिप दुर्घटना हँुदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

डोटीको दिपायलबाट धनगढीतर्फ गइरहेको से १ ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप दुर्घटना ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको छ ।
घाइतेमध्ये २ जनालाई डोटी र ६ जनालाई डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको छ । जिप सडकबाट २ सय मिटर तल खसेको छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

सम्बन्धित समाचार

370X180

धेरैपटक हेरिएको

370X180
370X180