रामहरि श्रेष्ठ, ओखलढुंगा ।
आईतबारदेखी देशभरी कक्षा ११ को परिक्षा सञ्चालन भैरहेको छ । कक्षा ११ को यस बर्षकोे परिक्षामा ओखलढुंगाबाट १ हजार ३ सय ३२ जना परिक्षार्थी सहभागी छन् । ति मध्ये ५ सय २४ जना छात्र र ८ सय ८ जना छात्रा रहेका छन् ।
जिल्ला शिक्षा कार्यलयका अनुसार परिक्षामा यसबर्ष छात्र भन्दा छात्राको संख्या धेरै छ । ४ परिक्षा केन्द्र मार्फत सञ्चालन भैरहेको परिक्षाको पहिलो आईतबार अनिवार्य अग्रेजी बिषयको परिक्षा सम्पन्न भएको छ । परिक्षाको पहिलो दिन आईतबार सबैतिर परिक्षा सान्तीपुर्ण रुपमा सम्पन्न भएको कार्यलयले जनाएको छ ।