Aawaj Nepal
Aawaj Nepal

ओखलढुंगाका जनप्रतिनिधि नेपाल टेलिकमको सेवाप्रती फायर


आवाजनेपाल, २०७५ वैशाख २० बिहीबार


रामहरि श्रेष्ठ , ओखलढुंगा
ओखलढुंगामा नेपाल टेलिकमको सेवाप्रती जनप्रतिनिधिहरुले आक्रोश ब्यक्त गरेका छन् । बिहिबार भएको उपभोक्ता शिक्षा कार्यक्रममा बिभिन्न गाँउपालिकाका जनप्रतिनिधीहरुले टेलिकमको सेवा प्रती आक्रोश ब्यक्त गरेका हुन् । नेपाल टेलिकमले ओखलढुंगामा बितरण गरेको मोवाईल सेवा प्रभावकारी नभएको जनप्रतिनिधीको भनाई छ। चिसंखुगढी गाउपालिकामा नेपाल टेलिकमले बितरण गरेको मोवाईल सेवा साझ परेसंगै अस्ताउने गरेको गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताए ।

दिउसोपख मोवाईल फोन राम्रै चल्ने भएपनि साझँ पर्दैगएपछि सेवा नै अवरुद्ध हुने उनको भनाई छ । मोवाईल सेवा अबद्धरु हुदाँ आगलागी,बाढीपहिरो जस्ता बिपत्तको समयमा समेत आतिआवश्य सुचना प्रभाव गर्न समस्या हुने उनले बताए ।‘जब साँझ पर्दै जान्छ तब मोवाई सेवा बन्द हुन्छ यस्तो अवस्थामा आपतकालीन समयमा कसलाई कसरी सम्पर्क समन्वय गर्ने,टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ’ उनले भने । त्यस्तै खिजिदेम्बा गाउँपालिका अध्यक्ष बेदबहादुर रोकाले जिल्लाको पश्चिमी भेगमा समेत सेवा दिन टेलिकमलाई आग्रह गरे । उनले सेवा बिस्तारमा टेलिकमलाई पटकपटक जनकारी गराउदाँ समेत ब्यवास्था गरेको आरोप लगाए । ‘टेलिकमका मान्छेहरु एउटा डाडोँमा नापजाँच गर्ने बारम्बार गए रे भन्ने सुनियो तर न पालिका अध्यक्षलाई थाहा छ न वडा अध्यक्षलाई । अनि हामीले कसरी समन्वय गर्ने ? हामीले टेलिकममा बारम्बार पत्राचार गरेका छौ । सेवा चाहियो भनेर तर खै सुनुवाईनै भएन ’।

सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्ध प्रसाद अधिकारीले गाउँपालिका केन्द्र नै सञ्चार सम्पर्कबाट टाढा रहेको बताए । हालको गाउँपालिका केन्द्र रहेको स्थानमा टेलिकमको सेवा नभएको भन्दै त्यसतर्फ ध्यान दिन टेलिकमलाई आग्रह गरे । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा रहेको टेलिफोन टावरले लामो समयदेखी काम नगर्दा त्यसक्षेत्रका नागरीक मर्कामा परेका छन् । त्यसतर्फ पनि ध्यान दिन जनप्रतिनिधिले टेलिकमको ध्यानाकषर्ण गराएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समतीका सभापती जय बहादुर श्रेष्ठले ओखलढुंगामा टेलिकमका हाकिम जागीर खान मात्र आएको भन्दै आक्रोश ब्यक्त गरे । उनले टेलिकमका प्रमुख राजकिशोर शाहालाई कुर्सीका लागी मात्र नभई जनताको सेवामा समेत ध्यान दिन आग्रह गरे । यस बिषयमा नेपाल टेलिकम शाखा ओखलढुंगाका प्रमुख राजकिशोर शाहाले जिल्लाका बिभिन्न स्थानमा थप टावर बिस्तार हुने क्रममा रहेको बताए । उनले जनप्रतिनिधिहरुलाई टेलिफोन सेवा बिस्तार गर्नुपर्ने स्थान छनोट गरी जानकारी गराउन आग्रह गरे ।

त्यसपछि आफुले केन्द्रिय तहमा जानकारी गराउने बताए । ‘पहिलो कहाँ कहाँ सेवा बिस्तार गर्नुपर्ने हो पहिचार गरी खबर गर्नुस अनि म माथिल्लो तरमा फोन गर्छु ’। टेलिकमले ओखलढुंगामा सेवाको नाममा बम्हलुट गरिरहेको उपभोक्ताको भनाई छ । टेलिकमले बितरण गरेको ल्यानलाईन तथा एडिएसएल ईन्टरनेट सेवा समेत प्रभावकारी नभएको उनिहरुको भनाई छ । टेलिकमको सेवाप्रती जिल्लाका उपभोक्ताहरु यसअघिपनि पटकपटक डेलिगेशन समेत गैसकेका छन्। तर टेलिकमले भने कुनै सुनुवाई गरेको छैन ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180