Aawaj Nepal
Aawaj Nepal

वाह ! वडा अध्यक्ष ज्यू


आवाज नेपाल, २०७४ चैत २२ बिहीबार


रामहरि श्रेष्ठ २२ चैत, ओखलढुंगा ।
ओखलढुंगामा एक वडा अध्यक्षयले मोटरसाईकल खरिदका लागी छुट्याएको बजेटले स्वास्थ केन्द्र जाने बाटो निमार्ण गरेका छन् । चम्पादेवी गाउँपालिका ७ का वडा अध्यक्ष शुरेश थापाले वडा कार्यालयलाई मोटरसाइक खरिदका लागी बिनियोजन गरेको बजेटबाट स्वास्थ्य केन्द्रसम्म जाने बाटो निर्माण गरेका हुन् ।

वडा अध्यक्षको सहजताका लागी गाउँपालिकाले मोटरसाइकल किन्न दिएको पाँच लाख रुपौया बजेटबाट उनले आफ्नो वडामा रहेको स्वास्थ्य केन्द्र सम्म पुग्ने बाटो निर्माण गरेको खनाएका हुन् । ‘मोटर साइकलभन्दा सर्वसाधारणको स्वास्थ्य ठुलो कुरा हो । स्वास्थ्य केन्द्रसम्म पुग्ने बाटो थिएन त्यसैले मोटारसाईकलको बजेट बाटोमै खर्चिए ’वडा अध्यक्ष थापाले भने ।

साविकको फुलबारी गाविस हाल दुई वटा वडा भएकाले आफ्नो वडामा स्वास्थ्य चौकी नपरेपछि स्वास्थ्य केन्द्र स्थापना गर्न समेत थापाले जग्गा व्यवस्थापन र भवन निर्माणका काममा अगुवाइ गरेका थिए । अन्य वडाले उक्त रकम सवारी साधन खरिदमा खर्च गरेका छन् ।

अख्तियार धाउँदै

यता चम्पादेवी गाउँपालिकाका प्रमुख सहित केही कर्मचारी तथा जनप्रतिधी भने भ्रष्टाचारको आरोप खेपिरहेका छन् । स्थानीय बासिन्दाले भ्रषचार गरेको अभियोगमा गाउँपालिका प्रमुख नबराज केसी सहित प्रशासकीय अधिकृत, लेखापाल तथा केही वडा अध्यक्ष विरुद्ध जिल्ला प्रशासन कार्यालय र अख्तियारमा समेत उजुरी गरेका छन् ।
केहि दिन अघि मात्रै वडा नं. ४ का वडा अध्यक्ष कृष्ण बहादुर खत्री मादक पदार्थ सेवन गरी सेवाग्राही तथा कर्मचारीलाई लागीगलौज गर्दा २४ घण्टा प्रहरी हिरासतमा बसेका थिए ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180