भक्तपुर । सूर्यविनायक नगरपालिका २ बालकोट रोज भिलेज नजिक करिब ७ : २५ बजे बम बिस्फोट भएको छ । नेपाली काँग्रेसबाट भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार एवं पूर्वसभामुख दमननाथ ढुङ्गाना बस्दै आउनु भएको बालकोटको रोज भिलेजबाट करिब १०० मिटर पर बम बिस्फोट भएको हो ।
महानगरीय प्रहरी बृत्त थिमीका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले भन्नुभयो—“बालकोटको रोज भिलेज भन्दा एक डेढ सय मिटर वर जग्गा प्लानिङ्ग भएको क्षेत्रमा बम फिस्फोट भएको छ, बिस्फोट लगत्तै घट्नाको अनुसन्धान सुरु गरेर बम बिस्फोट गराउने व्यक्तिको चारैतिर खोजी कार्य भईरहेको छ ।
बिस्फोटबाट कुनै मानवीय एवं भौतिक क्षति नभएको प्रहरीको भनाई छ । क्षेत्र नं. २ को प्रतिनिधीसभा सदस्यको उम्मेदवारी दिएपछि ढुङ्गाना रोज भिलेजमा घर भाडामा लिएर बस्दै आउनु भएको छ ।
प्रहरीले विस्फोट भएको प्रेशर कुकर बम वा पाईम बम हुनसक्ने भन्दै अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।