काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएर आइतबार बिहानपख निधन भएका छोरा प्रकाशलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य समेत रहेका प्रकाश दाहाल “साकार”लाई पार्टीको झण्डा ओढाएर प्रचण्डले अन्तिम श्रद्धाञ्जली दिए ।
आँखाभरी आँशु लिएका प्रचण्डले छोरा प्रकाशको पार्थिव शरीरमाथि पार्टीको झण्डा ओढाएका थिए ।
२०५७ देखि नै नेकपा माओवादीमा पूर्णकालिन भएर सचिवालयमा काम गरेका प्रकाशको ३६ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । प्रचण्ड दुईपटक प्रधानमन्त्री हुँदा पनि प्रकाशले नै सचिवालयको जिम्मेवारी निर्वाह गरेका थिए ।
प्रकाश प्रचण्डको विश्वाशिलो अंग रक्षक पनि हुन् । युद्धकालमा उनले प्रचण्डको सुरक्षा गरेका थिए । प्रकाशका २ श्रीमति र २ छोरा छन् ।
“प्रकाशको पार्थिव शरीरमा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, वर्षमान पुन, कांग्रेस नेता एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठ लगायतका नेताहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।”