मनाङबाट चुनाव जितेपछि दीपक मनाङेले मनाङको कायापलट गर्ने बताएका छन् । हिमाली जिल्ला मनाङमा एमालेबाट प्रदेश क्षेत्र नं २ मा प्रत्यक्षतर्फ टिकट पाएका मनाङेले निर्बाचन जिते मनाङमा विकास निर्माणलाई तिब्रता दिने बताएका छन् ।
आवाजनेपालसँगको कुराकानीमा मनाङेले मनाङ जिल्ला पर्यटनमा धनी भएकोले पर्यटन क्षेत्रको विकासका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । उनले तिलिचो तालसम्म पुग्ने बाटो, थोराङ भञ्ज्याङसम्म पुग्ने बाटोलाई स्तरोन्न्तीमा ध्यान दिने बताएका छन् । ‘मनाङका जनताले मेरो उम्मेदवारीलाई स्विकारेका छन् ।’ उनले भने, ‘चुनाव जितेर आफ्नो जिल्लाको विकासमा लाग्नेछु ।’
जिल्लामा विद्युत, खानेपानी, संचार क्षेत्रको विकासमा लाग्नुपर्ने भन्दै मनाङेले यसैका लागि आफ्नो उम्मेदवारी भएको बताए । मनाङसम्म मोटर पुगेकोले बैकल्पिक पदमार्गको खोजी गरी पर्यटन क्षेत्रको थप विकास गर्ने सोच आफूमा रहेको बताउँदै उनले यसमा सहयोग गर्न जिल्लाबासीसँग आग्रह गरेका छन् ।
उनले मनाङको हुम्दे विमानस्थलमा हप्ताको एकपटक विमान ल्याउने, तिलिचो ताललाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने र नारफू लाई सुगम क्षेत्रको रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताएका छन् । उनले जिल्लामा आफ्नो माहोल राम्रो भएकोले चुनाव सजिलै जित्ने दाबी गरेका छन् । बन्छ