Aawaj Nepal

चुनाव लगत्तै एमाले र माओवादी मिलेर सरकार बनाउँछौ : ओली


-

आवाजनेपाल, २०७४ मंसिर २१ बिहीबार


चुनाव लगत्तै एमाले र माओवादी मिलेर सरकार बनाउँछौ : ओली
Want create site? Find Free WordPress Themes and plugins.

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बेलुकी ४ बजेपछि मात्रै मतदान गर्नुभएको छ । अरु सबै शीर्ष नेताहरुले बिहान मतदान गरेपनि ओलीले ढिलो मात्रै मतदान गर्नुभएको हो ।

उहाँले भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोट स्थित महेन्द्र शान्ति माध्यामिक विद्यालयको केन्द्रबाट मतदान गर्नुभएको हो । मतदान गरिसकेपछि ओलीले यो चुनावपछि देशमा स्थायित्व र विकास हुने विश्वास व्यक्त गर्नुभयो । सरकारले चुनाव टार्न अनेकौं बहाना गरेपनि सफल हुन नसकेको उहाँको दावी थियो ।

‘दिनहुँ बम पड्किरहँदा पनि सरकारले बम कसले पड्कायो भनेर भन्न सकेन’ ओलीले भन्नुभयो । उहाँले चुनाव लगत्तै एमाले र माओवादी मिलेर सरकार बनाउने दावी पनि गर्नुभयो । पत्रकारले किन मतदान गर्न आएको भन्ने प्रश्न गर्दा ओलीले किन हतार गर्नु भनेर ढिलै आएको प्रतिक्रिया दिनुभयो ।
उहाँ झापा ५ का उम्मेदवार हुनुहुन्छ । झापाबाट उम्मेदवारी दिएकाले उहाँले आफूलाई मतदान गर्न भने पाउनुभएन । पहिले पनि आफूले आफैंलाई मतदान नगरेकाले यो ठूलो कुरा नभएको उहाँको भनाई थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

प्रतिकृया

प्रतिकृया

Aawaj Nepal
370X180
370X180
370X180
370X180

धेरैपटक हेरिएको

370X180
370X180
370X180
370X180
370X180